एनआरएनए इजरायलको अध्यक्ष उम्मेदार छिरिङ लामा शेर्पा प्यानलको घोषणपत्र सार्वजनिक

१४ अगस्ट २०१७ , तेलअविव | गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद इजरायलको ८ वटा पदको लागि आगामी २६ अगस्ट २०१७ मा निर्वाचन हुदैछ | यसै क्रममा अध्यक्षको उम्मेदार छिरिङ लामा शेर्पाको प्यानलले आफ्नो चुनाबी घोषण पत्र सार्वजनिक गरेको छ | ८ पदमा दोहोरि उम्मेदारी नपरेको निर्बिरोध निर्वाचित भई सकेका छन् | आगामी कार्यकाल २०१७ – २०१९ को लागि १५ सदस्यीय कार्यसमिति र १ जना आईसीसी चयन गर्नु पर्ने भएको छ |
घोषण पत्रको पूर्ण अंश
आदरणिय इजरायलवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार !
“नेपालीका लागि नेपाली ” भन्ने मूल नाराका साथ बिश्वभर स्थापना भएको नेपाल सरकारद्वारा मान्यता प्राप्त एक मात्रै अन्तर्राष्ट्रिय संस्था गैर आवाशीय नेपाली संघ { NRNA } ले संसारका कुना-कुनामा रहेका नेपालीहरुलाई संगठनात्मक र भावनात्मक रुपमा एकत्रित मात्र गरेको छैन नेपालको सर्वाङ्गिन बिकास र प्रबर्द्धनमा समेत बिशेष सह्रानीय भुमिका निर्वाह गर्दै आएकोछ । यो गौरवमय संस्थालाई गतिशील राख्न र अझ मजबुत बनाउन अहिले विश्वका बिभिन्न देशहरुमा निर्वाचनको प्रकियाबाट नयाँ नेतृत्व चयन गर्ने क्रम अघि बढी रहेको छ । यसै सन्दर्भमा इजरायलमापनि 26 अगस्त 2017 शनिवारका दिन गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद {NRNA} इजरायलको निर्वाचन सम्पन्न हुँदैछ ।
पाँचौ अधिवेशनबाट 2017 देखि 2019 सम्मको कार्यकालकोलागि सम्पन्न हुन लागेको एनआरएनए इजरायलको नयाँ नेतृत्व अझ सशक्त,परोपकारी र सेवामुखी हुन सकोस् भन्ने उद्देश्यले यस अघि एनआरएनए इजरायलको नेत्रत्व र कार्यसमितिमा रहेर महत्वपूर्ण योगदान पुर्याएका र अन्य संघसंस्थामा नेतृत्व गर्दै समाजसेवामा अघि बढेका तथा एनआरएनए इजरायललाई समेत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउंदै आएका व्यक्तिहरुलाई समेट्दै तपाइहरु सबैको साथ सहयोग सहित तपाइको अमूल्य मत पाउने अपेक्षाका साथ हामीले तपसिल अनुसारको सामुहिक उम्मेद्वारी घोषणा गरेको कुरा सम्बन्धित सबैको जानकारीकोलागि सार्वजनिक गरेका छौं । एनआरएनए इजरायलको निवर्तमान अध्यक्ष दीपक प्रसाद ओलीको आईसीसी पदको उम्मेदवारी र निवर्तमान उपाध्यक्ष छिरिङ लामा शेर्पाको अध्यक्ष पदको उम्मेद्वारी रहेको यो प्यानलका सम्पूर्ण उम्मेदवारहरुलाई यहाँहरुले आफ्नो अमूल्य मत दिएर अत्यधिक बहुमतका साथ बिजय गराउन हुन एनआरएनए इजरायलका सबै मतदाताज्यूहरुसंग हार्दिक अपिल सहित अनुरोध गर्दछौं । सार्वजनिक स्थल र मिडियाहरुमा मिठो भाषण गरेर भन्दापनि दुख,मर्का र अन्यायमा परेका नेपालीहरुलाई व्यबहारिक रुपमै सेवा गर्ने हाम्रो पहिलो उदेश्य र प्राथमिकता रहेको छ । जुन उद्देश्यहरु पूरा गर्न हामीले निम्नानुसारको उम्मेद्वारी र घोषणापत्र सार्वजनिक गरेका छौं ।
उम्मेद्वारहरु ——————
आई सि सि ————-दीपक प्रसाद ओली
अध्यक्ष ——————-छिरिङ लामा शेर्पा
वरिष्ठ उपाध्यक्ष——–शान्ति अधिकारी ज्ञवाली
उपाध्यक्ष —– गोपी गुरुङ (उमा)
महिला उपाध्यक्ष ——सुजाता गौतम (निर्बिरोध)
महासचिव ————–तेन्जिङ शेर्पा
सचिव ————–निर्मला गुरुङ
सह-सचिव ——–रुकमाया रेग्मी (माया खनाल)
कोषाध्यक्ष ———–दाना कादम्वरी श्रेष्ठ (निर्बिरोध)
सह-कोषाध्यक्ष——-सबित्रा लुइटेल घिमिरे
युवा प्रतिनिधि ———-नारायण थापा (निर्बिरोध)
महिला प्रतिनिधि ——- लीला कुमारी थापा मगर (निर्बिरोध)
सदस्य ———निलम गिरी (निर्बिरोध)
सदस्य —— सकुन्तला खतिवडा (सानु) / (निर्बिरोध)
सदस्य —— सुस्मा शाही (सुमि) / (निर्बिरोध)
सदस्य —— सबित्रा खड्का (निर्बिरोध)
घोषणा-पत्र
१} गैर आवशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायललाई जात,भाषा,,धर्म,लिंग र दलिय राजनितिबाट टाढा राख्दै सबै नेपालीहरुको साझा र विश्वासिलो उत्कृष्ट छाता संगठनको रुपमा स्थापित गराउने ।
२} इजरायलमा खोलिएका विभिन्न संघ संस्थाहरुसँग मेलमिलाप र मित्रभाव कायम राख्दै समन्वयकारी र नेतृत्वदायी भूमिका निर्बाह गर्ने ।
३} निवर्तमान एनआरएन इजरायलले मासिक रुपमा आर्थिक सहयोग गर्दै आएको जटिल खालका रोगबाट ग्रसित बिरामीहरुलाई सहयोगको निरन्तरता दिदै अन्य रोगीपिडितहरुको पहिचान गरी आर्थिक सहयोग गर्नु पर्ने अवस्था भएमा सहयोग पुर्याउने ।
४} कामदारहरुको भिसा र स्वास्थ्य बिमा नहुँदा बिभिन्न स्वास्थ्य समस्याहरु झेल्न परिरहेको कुराहरुलाई मध्येनजर गर्दै बिमा कम्पनीहरु सँग समन्वय गरि उनीहरूलाई स्वास्थ्य बिमा उपलब्ध गराइनेछ ।
५} एनआरएनए इजरायलले चाल्ने हरेक गतिविधि र सेवाहरुहरुलाई आम इजरायलवासी नेपालीहरुसम्म पुर्याउन हटलाइनको साथै अनलाइन सेवा व्यवस्थित तवरले सञ्चालन गर्ने।
६} इजरायलमा कार्यरत कुनैपनि नेपालीहरु आफ्नो रोजगारदाताबाट अन्ययामा परेको अबस्थामा वा इजरायली लेभर ल अनुसार पाउनु पर्ने सेवासुविधाहरु नपाएको र समस्याहरु झेली रहेको भए त्यस्ता व्यक्तिहरुलाई कानुन अनुसारको सुबिधाहरु उपलव्ध गराउन सम्बन्धित निकायको ध्यानकर्षण गराउंदै सहयोग गर्ने ।
७} मासिक रुपमा इजरायलमा रहेका नेपालीहरुको समस्याहरु र सुझाव संकलन गर्ने ,बिदा र समय अभावको कारण अफिस टाइममा नेपाली राजदूतावासमा गएर सेवा लिन कठिनाई परेको गुनासो आएमा शनिवारको दिन महिनाको एक पटक तेलभिव वा अन्य कुनै उपयुक्त स्थानबाट नेपालीहरुलाई सेवा प्रदान गर्न नेपाली दूतावासलाई आग्रह गर्दै विषेश पहल गर्ने ।
८} इजरायलले नेपाली कामदार ल्याउन धेरै बर्षदेखि बन्द गरेको स्थितिमा हाल नगन्य रुपमा जी टु जी प्रकृयाबाट ल्याउन शुरु गरेपनि त्यो अपर्याप्त रहेकोले इजरायलमा नेपालीहरुको लागि नयाँ भिसामा वृद्धि गर्नको लागि इजरायल सरकारसंग पहल गर्न नेपाली राजदूतावास मार्फत नेपाल सरकारको ध्यानकर्षण गराउने साथै एनआरएनए केन्द्रलाई पनि यस बिषयमा जानकारी गराई सम्बन्धित नेपाल सरकारसँग आवाज पुर्याइ दिन अपिल गर्ने ।
९) भिसा नभएर जेल परेका नेपालीकामदारहरुलाई इजरायलको कानुन अनुसार छुटाउन सक्ने स्थिति भए सम्बन्धित व्यक्तिबाट पछि फिर्ता लिने गरी एनआरएनएले धरौटी राखेर छुटाउने । भिसा बिना काम गरी रहेका र रिलिभर काम गर्न चाहनेहरुको विवरण संकलन गर्ने त्यसै गरी बिदामा घर जान चाहने र रिलिभर आवश्यक परेकाहरुको हरेक महिना आवेदन लिने प्रक्रिया शुरु गरी यो समस्यालाई व्यवस्थित रुपमा समाधान गर्ने।
१०} सम्भावित उपायहरुको अवलम्वन गरी बिभिन्न गतिविधिहरु गरी एनआरएनए इजरायलको आर्थिक आम्दानीमा वृद्धि गर्ने र नेपालमा गरिबीको रेखामुनि रहेका पिछडिएका वर्ग,समुदाय, अनाथ, असाह्य बालबालिकाहरुको साथै रोगी र पीडितहरुलाई यथासक्य आर्थिक सहयोग गर्ने ।
११} मातृभूमी नेपालको उत्थान र बिकासमा टेवा पुर्याउन साथै लगानी कर्ताको समेत आर्थिक स्तर माथि उठाउन नेपाली राजदूतावास इजरायलसँगको परामर्श र सहकार्यमा जलबिधुत वा अन्य लगानीको क्षेत्र पहिचान गरी इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित शेयर लगानीको अवसर दिने र प्रोत्साहित गर्ने ।
१२} बैदेशिक रोजगारी लगायतका अन्य पेशामा इजरायलमा रहेका बिभिन्न जाति,भाषा र धर्मका नेपालीहरुको विचमा सद्भाव र मेलमिलाप कायम राख्दै एकताको शुत्रमा बाँध्न खेलकुद,विचार गोष्टि र अवलोकन भ्रमणको साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना गर्ने ।
१३} प्रवासी भूमी इजरायलबाट जन्मभूमी नेपाल र नेपालीको हित बिपरित देशलाई घाटा पुग्ने कुनै पनि कार्य र गतिविधिहरुलाई निरुत्साहित गर्ने तथा गराउन पहल गर्ने साथै अप्रत्यासित रुपमा आईलाग्ने बाढीपहिरो,आगलागी,दूर्घटना,भूकम्प लगायतका राष्ट्रिय बिपत्तिहरुमा यथासक्य सहयोग जुटाउन र पुर्याउन पहलकदमी लिने ।
१४} गैर आवशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले केन्द्रसँग समन्वय गर्दै केन्द्रको निर्देशन र निर्णयहरु पालना गर्न अग्रसर हुने । एनआरएन केन्द्रका अध्यक्ष लगायतका अन्य पदाधिकारीहरुलाई बेलाबखत निमन्त्रणा गरि इजरायलमा विभिन्न गोष्टी,अन्तरक्रिया जस्ता कार्यक्रम गर्ने।
१५ } इजरायलमा रहेका नेपाली समुदायलाई नेपाल र नेपालीको ईज्जत ,इमान्दारीता,पहिचान र स्वाभिमानमा दाग लाग्ने गरी कुनै किसिमको खराव क्रियाकलाप र आचरण प्रदर्शन नगर्नको लागि हार्दिक अपिल गर्ने । यदी कसैले गरेमा नेपाली राजदूतावास इजरायलको ध्यानाकर्षण गराउने र कार्वाहीकाे दायरामा ल्याउने ।
१६} बिदेशमा भएपनि विविध नेपाली भेषभुषा ,संस्कृति र परम्पराको जगेर्ना र सम्बर्द्धन गर्न नेपालीहरुमा अपिल गर्ने । नेपालको मनोरम प्राकृतिक सम्पदा लगायत ऐतिहाँसिक,धार्मिक र साँस्कृतिक सम्पदाहरुको इजरायलमा सम्भव भएसम्म प्रचारप्रसार गरी नेपालमा इजरायली पर्यटकहरु भित्र्याउन सहयोग पुर्याउने ।
तपाईहरुले अमूल्य मत दिएर माथि उल्लेखित हाम्रा प्रतिबद्धताहरु पूरा गर्ने अवशर दिनु हुनेछ भन्ने पूर्ण अपेक्षा राखेका छौं, धन्यवाद !
14 अगस्ट 2017 तेलअविव ,इजरायल ।