जापानमा तामाङ घेदुङ गठन हुदैं

जापान नागोयाः तामाङ भाषा लिपि,कला संस्कृति र धर्मलाई संरक्षण , प्रवर्द्धन र बिकाशको टेवामा जोड दिने र तामाङ जतिको आर्थिक शैक्षिक र सामाजिक स्तरमा बृद्धी सु-सभ्य समाजको निर्माण गर्ने उद्धेश्यले नेपाल तामाङ घेदुङ जापान गठन हुने भएको छ |
नेपाल तामाङ घेदुङ जापान गैरसरकारी संस्थाको प्रथम परिचयत्माक भेटघाट र नेपाल तामाङ घेदुङ जापान नामक संस्थाको स्थापना यहि छलफलबाट राय सुझाव लिदै निर्माण गरिने भएको छ |
बिभिन्न पेशामा आवाद्ध रही जापानमा बसोबास गर्दै आउनु भएको तामाङ दाजुभाइ तथा दिदीवहिनीहरूमा २ सेप्टेम्बर २०१७ (शनिवार) सनलाइट इण्डियन एण्ड नेपाली रेष्टुरा नागोया जापान,अोसु कोनान स्टेशन गेट नम्बर २ ☎०५२-२३२-११३७ मा सम्पर्क गरि दिउँसो ठिक १:०० वजे गरिममय उपस्थितिको लागि सबैमा हार्दिक अनुरोध गरेको छ |