इजरायलमा २३ औ विश्व आदिवासी दिवस भव्यताको साथ सम्पन्न (भिडियो सहित)

तेलअविव: नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा “बिश्वका आदिवासी जनजाती एक होऔ !आफ्नो भेषभुषा , भाषा , धर्म लिपी कला संस्कृतीको संरक्षण र सम्बर्धन गरौं !!”अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि अादिवासी जनजातीको अडान पहिचान सहितको संघीयताका लागि संविधान संसाेधन हाम्राे साझा अभियान” भन्ने मूल नारा सहित आगामी ११ अगस्ट २०१७ (शुक्रबार) तेलअविव स्थित लेवण्डा ३२ तेस्राे तलामा रहेको हलमा २३ औं विश्व आदिवासी दिवस भब्यताको साथ सम्पन्न गरेको छ |
महासंघको अध्यक्ष नयन इमासोङ लिम्बुको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका राजदुत निरन्जन कुमार थापा,विशिष्ट अथितिहरुमा नेपालबाट आउनुभएका नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष एबं प्रवक्ताका साथै नेपाल मगर संघ केन्द्रीय अध्यक्ष नविन रोका मगर र नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय महासचिव नित्यानन्द ताजपुरीया ,बिशेष अथितिहरुमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलका संस्थापक अध्यक्ष तेन्जिङ शेर्पा , संस्थापक महासचिव एबं वर्तमान प्रमुख संरक्षक सुन्दर सिंह योन्जन तामाङ , पुर्बअध्यक्ष सुबास राई , बर्तमान संरक्षक डोमा शेर्पा ,निबर्तमान अध्यक्ष एबं बर्तमान प्रमुख सल्लाहकार निर्मला गुरुङ, अथितिहरुमा ८ वटा जातीय संस्थाका अध्यक्ष लगायत इजरायल स्थित सामाजिक ,धार्मिक र राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरु रहेका थिए |
विश्व आदिवासी दिवस हरेक बर्ष अगष्ट ९ तारिख परेता पनि परदेशको काम र छुट्टीको परिस्थितिलाई मध्यनजर गर्दै अगष्ट ११ तारीख शुक्रबार मनाएको हो ।
उक्त कार्यक्रममा महासंघमा आवाद्ध जातीय संस्थाहरुले आ-आफ्नो जातीय सांस्कृतिक पहिचान झल्किने नृत्यहरु प्रस्तुत गरेका थिए ।नेपालबाट पाल्नु भएका विशिष्ट अथिति नविन रोका मगर र नित्यानन्द ताजपुरीयालाई सम्मान पत्र प्रदान गरी सम्मानित गरेका थिए |
साथै नेपाल आदिवासी जनजाती महासंघ इजरायलको कार्यसमितिमा रहनु भएर महासंघलाई योगदान पुर्याउनु भएका महानुभावहरु र कार्यक्रममा सांस्कृतिक निर्त्य प्रस्तुत गर्नु भएका कलाकारहरुलाई सम्मान गरिएको थियो |
कार्यक्रम महासंघका महासचिब नानीमाया योन्जन तामाङ र सचिव समीर स्याङ्बा ह्योल्मोले कुशलतापुर्वक संचालन गरेका थिए |
नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष एबं प्रवक्ताका साथै नेपाल मगर संघ केन्द्रीय अध्यक्ष नविन रोका मगर आफ्नो मन्तव्य राख्नु हुदै ….
नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय महासचिव नित्यानन्द ताजपुरीया आफ्नो मन्तव्य राख्नु हुदै …. ….