हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बौद्ध महायानीहरुको पवित्र सँगालो “स्युङ दुय्‌”को नेपालीमा अनुवाद सम्पन्न


काठमाडौं, साउन २९ । विशेष गरी महायानी बौद्धहरुले आफ्नो प्रमुख धार्मिक ग्रन्थको रुपमा लिने भगवान बुद्धले विभिन्न स्थानहरुमा तन्त्र र सूत्रको रुपमा देशना गर्नुर्भको बचनको संगालो पवित्र ग्रन्थ स्युङ दुय् वा धोमाङको अन्ततः नेपालीमा अनुवाद भएको छ । सबैले पढ्नका लागि उपलब्ध नभएको भएपनि कम्ति वर्षको एकपल्ट लामाहरुलाई बोलाएर पढ्न लगाएर पूजा गरिने यस ग्रन्थको भाषा र लिपी भोट तिब्बती भएकोले यो उपलब्ध हुँदा पनि पढेर व्याख्या विश्लेषण गर्नसक्ने व्यक्ति दुर्लभ थियो ।

आज यस ग्रन्थको नेपाली भाषामा भएका अनुवादको साक्य परम्पराका ४२औ साक्य ठ्रिजिन रत्न वज्र रिम्पोछेले विमोचन गर्नुभयो ।
उक्त ग्रन्थको मौलिक रुप १२०० पेज भएपनि यस संस्करणमा भोट लिपि, त्यसको नेपाली लिप्यन्तर तथा नेपाली अनुवाद सहित भएकोले यसमा कुल २५०० पृष्ठ भएको र यसको तौल मात्रै पनि ९ केजी भएको आयोजकहरुले बताए ।

भगवान बुद्धले प्राणी मात्रको हित र सुख प्रदानको लागि २६०० वर्ष अगाडि विभिन्न स्थानहरुमो तन्त्र र सूत्रको रुपमा देशना गर्नुभएको सँगालो नै यो ग्रन्थ हो । यस सँगालोलाइै १६औं शताब्दीमा तिब्बतमा जन्मनुभएका पण्डित तारानाथज्यूले जीवन निर्वाहको लागि आवश्यक पर्ने सबै पक्षहरुलाई समेटिने गरी संकलन गर्नु भएको छ । तन्त्र, सूत्र तथा विविधमा गरी तीन खण्डमा विभाजित यो धारणी संग्रहमा नामसंगीतिबाट शुरु गरेर मंगल सूत्रहरु सहित ११७ परिच्छेदमा राखिएका छन् ।

यस ग्रन्थलाई त्रियान धर्म संघका अध्यक्ष बागिन्द्र शीलको प्रोत्साहनमा ८४ वर्षीय इ गुह्येश्वरी राज मानन्धरले धेरै वर्ष लगाएर गर्नुभएको थियो ।
कार्यक्रममा रिम्पोछेले भगवान बुद्धको प्रत्येक वचन अर्थपूर्ण र मार्ग दर्शन हुने भएकोले यसलाई जस्ताको तस्तै मात्र पढ्ने भन्दा पनि यसलाई जीवनमा अभ्यास गर्नुपर्ने तथा सम्पूर्ण प्राणीको हितको लागि बुद्धज्ञानको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

“ती बुद्ध वचनहरुको सँगालो भगवान बुद्धका तर्फबाट सम्पूर्ण विश्वका लागि अमूल्य उपहार भएकोले सबै नेपालीहरुले आफ्नो घरमा राखेर पाठ गर्ने मात्र होइन यसको मर्म बुझेर जीवनमा समेत उतार्न सक्नु पर्छ,” उहाँले भन्नुभयो ।

यस अमूल्य ग्रन्थमा नेपाल तथा तिब्बतका थुप्रै विद्वानरुको योगदान रहेकोले उहाँहरुको योगदान प्रति कृतज्ञ रहनु पनि उहाँले आग्रह गर्नुभयो ।

उहाँको भनाइमा पहिले यो सबै भोट भाषा र लिपिमा लेखेका हुन्थे त्यसकारण सबैलाई बुझ्न कठिन थियो । अहिले सबैले बुझ्न सकिने भएको छ । यो बुझेपछि मात्र बुद्ध धर्म के हो भन्ने बुझ्न सम्भव छ जुन आज अत्यन्त आवश्यक पनि भएको छ ।

बौद्ध विद्वान खेन्पो नावाङ जोर्देनले आफ्ना गुरुको भनाइ उदृढ गर्दै बुद्ध धर्ममा ग्रन्थहरु भनेको बुद्ध प्रतिमा भन्दा पनि महत्वपूर्ण हुन् किन भने ग्रन्थहरुले हामीसँग कुरा गर्न सक्छ र त्यसैले सच्चा अर्थमा बुद्धका प्रतिनिधिहरु हुन् भन्नुभयो ।


उहाँले यो अनुवाद नेपालका बौद्धहरुका लागि निकै लाभदायक भएको भन्दै अनुवादकहरुको मिहेनतको सराहना गर्नुभयो ।
अनुवादक मानन्धरले अहिलेसम्म यो ग्रन्थ तिब्बती अक्षर जान्नेहरु विशेष गरेर भिक्षुहरु र आनीहरुले मात्रै पढ्न पाउने भइरहेकोमा सबै नपालीहरुले पढ्न सकोस्, बुद्धको उपदेशलाई सबैले आफैले सिकेर प्राण्ीमात्रको हित र सुखको लागि उपयोग गर्न सकुन् भन्ने उद्देश्यले अनुवाद गरेको बताउनुभयो ।

“छोटकरीमा भन्नु पर्दा यो जीवनमा आइपर्ने सम्पूर्ण दुःख, बाधा, व्यवधान, ग्रह दशा, रोग व्याधि, अनिकाल, वायु, अग्नि, जल, भूकम्पको भय आदिको समाधान गर्ने मन्त्र तथा विधिहरुको सँगालो हो,” उहाँले भन्नुभयो ।

उक्त कार्यक्रममा अनुवाद कार्यमा योगदान दिने र प्रकाशनका लागि आर्थिक सहयोग गर्नेहरुलाई सम्मान पत्र पनि प्रदान गरिएको थियो ।
उक्त संगालो यसै कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले पनि अलग्गै विमोचन गरेका थिए । उहाँले आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा आफु हिन्दु भएर पनि बुद्धधर्मको सम्मान गरेको र बौद्ध समुदायलाई आवश्यकता पर्नेबेलमा आफुले सहयोग गर्ने बचनवद्धता दिएर जानुभएको थियो । @ बोधी  |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution