हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ जातिको मृत्यु संस्कार घेवामा मापसे निषेध !

२६ साउन २०७४ , नुवाकोट – तपाईहरुलाई लाग्न सक्छ तामाङ जातिको मृत्यु संस्कार घेवामा मापसे निषेध कतै नेपाल सरकार वा प्रशासन, ऐन, कानुनले पो ग¥यो कि भन्ने तर होइन । यो त हालै ९५ बर्षेे आफ्नो आमा सुमित्रादेवी तामाङको २०७४ साल असार ६ गते स्वर्गरोहन भए पश्चात २०७४ साल श्रवन २२–२४ गतेसम्म ४९ दिनभित्र मृत्युदेखि घेवासम्मको मृत्यु संस्कारमा उहाँका छोराद्घय जेठो प्रेम बहादुर तामाङ र कान्छो गौसिंङ तामाङले नुवाकोट जिल्लाको साविक महाकाली गाविस वडा नं. १ भद्रुटार, हालको सिवपुरी गाउँपालिका भद्रुटारमा भएको घेवामा गरेको सत्य घटना हो ।

दुई छोरा मध्ये जेठोले मापसे गर्न धेरै वर्ष पहिले नै छाडिसकेको र कान्छोले अझै मापसे गर्ने गरेको रहेछन् । तर पनि उहाँहरुले आफ्नो आमाको मृत्यु संस्कारको कुनैपनि क्रियाकलापमा मापसे प्रयोग गरेनन् । अझ घेवामा त झन् निषेध नै ग¥यो । मापसे निषेध मात्रै होइनन् कि मादक पदार्थको सगुन कोसेलीलाई र सेवन गर्ने आफन्तजन, निम्तालु र श्रद्घालुजनलाई समेत निषेध गरेका थिए । यद्यपी घेवाको दिन कोहिपनि आफन्तजन, निम्तालु र श्रद्घालुजनहरु मापसे गरेको भेटिएनन् र देखिएनन् ।

तामाङ जातिको धार्मिक मृत्यु संस्कार संस्कृति अनुसार कुनैपनि मान्छेको मृत्यु भई सकेपछि मृतकलाई दाहसंस्कार गर्ने दिन देखि ४९ औ दिनसम्ममा मृत्यु संस्कारका सबै क्रियाकलापहरु सकाउने चलन छ । ४९ दिनभित्र वा ४९ दिनका दिन मृत्यु संस्कारको अन्तिम क्रियाकलाप घेवा गर्ने प्रचलन हुन्छ तामाङ जातिमा । सोही बमोजिम मृतकको दाहसंस्कार गर्ने दिनदेखि कुनै पनि मृत्यु संस्कारमा मापासे र मादक पदार्थलाई नै निषेध गरेको थियो । यति सम्म कि यदि कोही निम्तालु श्रद्घालुहरुले अन्य कुनै ठाउँबाट सेवन गरेर आएको छ भने पनि उनीहरुलाई घेवामा निषेध गरेका थिए । आफन्तजन निम्तालु श्रद्घालु सबैलाई अग्रिम जानकारी भने गरिसकेको थियो । कि घेवामा आउदा मादक पदार्थ खाएर नआउने, सगुन कोसेली ल्याउदा मादक पदार्थको सगुन कोसेली लिएर नआउने भनेर । तैपनि यो अग्रिम जानकारी थहा नपाईएका एका दुई जना आफन्तजन निम्तालु श्रद्घालुजनहरुले मादक पदार्थको सगुन कोसेली ल्याएका भेटिए । तर सो सगुन कोसेलीलाई  ईज्जतका साथ फिर्ता गरेको थियो ।

सायद यो तामाङ जातिको मृत्यु संस्कार घेवामा मापसे निषेध अनि मादक पदार्थको सगुन कोसेलीलाई र सेवन गर्ने आफन्तजन, निम्तालु र श्रद्घालुजन समेतलाई निषेध गरेको नुवाकोट जिल्लाको तामाङ जातिमा पहिलो घटना वा रेकर्ड हुनसक्छ । नुवाकोट जिल्लामा मात्रै होइन यो समग्र नेपालकै तामाङ जातिको ईतिहासमा पहिलो घटना हुनसक्छ । यस्तो किन गरेको ? भन्ने एक प्रश्नमा मृतकको जेठो छोरा प्रेम बहादुर तामाङको जवाफ यस्तो थियो – “तामाङ जाति हरेक ठाउँमा पछि परेको मुख्य कारण नै मादक पदार्थ सेवन (मापसे) र प्रयोग नै रहेछ, मापसे गरिसकेपछि योजना नबन्ने बनाउन नसक्ने, समय खेरा जाने, ठोस र परिणामयुक्त काम नहुने, हल्लाखल्ला झैझगडा मात्रै हुने, काम थोरै कुरा धेरै हुने हुनाले मैले यो कदम चाले सबै तामाङहरुले यस्तै गरोस् भन्ने मेरो चहान छ ।”

यो कार्यमा उहाँलाई साथ दिने गाउँका मापसे नगर्नेहरु सबै, शिक्षक र शिक्षित वर्गहरु अनि लामा पुरेत गुरुहरु पनि थिए ।

उहाँले घेवा सम्पन्न भएपछि भन्नुभयो कि “गाउँका मापसे गर्नेहरुले त भित्रभित्रै घेवामा जानुनै हुन्न भनेर असफल अभियान नै संचालन गरेका रहेछन्, ‘त्यसको आमाको घेवाको काम गर्न हामी नगएसी अब कसरी घेवा सम्पन्न गर्दोरहेछ हेरुला’ भनेर तर्साउने विभिन्न धम्कीहरु दिएका रहेछन् मेरा आफन्तहरु मार्फत, त्यी कुराहरु मेरो कानमा घेवा अगाबै आएका थिए तर मैले मेरो निर्णय परिवर्तन गरेन । जोखिम मोले । आज सफल पनि भए” |

– सरोज मोहन लामा तामाङ
९८४१५६२९२१
[email protected]

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution