जनसम्पर्क समिति जर्मनीबाट एनआरएन उम्मेदवारमा बिजय मोक्तान

श्रावण २५, २०७४- नेपाली जनसम्पर्क समिति जर्मनीले एनआरएनए जर्मनीको उम्मेदवार तय गरेको छ ।समितिको बैठकले निवर्तमान सभापति विजय मोक्तानलाई आगामी कार्यकालका लागि एनआरएन जर्मनीको अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको सभापति शिखर खड्काले जानकारी दिए । खड्काले एनआरएन जर्मनीको नेतृत्व सर्वसम्मत गर्न पहल गर्ने बताए ।
कार्यक्षमता, योगदानको मूल्यांकन, वरिष्ठतालगायतको आधारमा मोक्तानलाई उम्मेदवार बनाइएको उनले बताए । बैठकले संगठनका उम्मेदवारलाई सहयोग गर्न अपिल पनि गरेको छ ।