हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

आज २३ औ विश्व आदिवासी दिवस

२५ साउन २०७४  – ‘आदि’ भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमीको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समूदायलाई आदिवासी भनिन्छ ।

हरेक वर्षको अगस्त महिनाको ९ गते विश्व आदिवासी दिवस मनाइन्छ र गतबर्ष सन् २०१६ को विश्व आदिवासी दिवस “आदिवासीहरुको शिक्षा प्रतिको अधिकार” भन्ने नाराका साथ मनाइएको हो भने सन् २०१७ को नारा “आदिवासीहरुको अधिकारका लागि संयूक्त राष्ट्र संघको घोषणको एक दशक” भन्ने रहेको छ । यस बर्षको नारामा विषय अलिक फरक छ । १० बर्षअघि १० सेप्टेम्बर २००७ मा आदिवासीहरुको अधिकार, मर्यादा र आत्मसम्मानको रक्षार्थ संयूक्त राष्ट्रसंघको घोषणा र त्यसको उपलब्धिहरूको सन्दर्भमा व्याख्या गरिएकोछ ।

२३ डसेम्बर १९९४ को संयूक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडी बढाएको हो । संयूक्त राष्ट्रसघंले यसअघि नै सन् १९९४ देखि २००४ सम्म ‘आदिवासी दशक समेत कर्म र मर्यादाकालागि दशक’ भन्ने नाराका साथ आव्हान गरेको थियो । यस दिवसकालागि संयूक्त राष्ट्रसंघको लोगोलार्इ बङ्गलादेशका कलाकार रेबन देवानले तयार पारेका हुन् । यो लोगोमा हरियो पातका दुईवटा कान जस्तो अाकृतिले पृथ्वीलाई दुईपटिबाट घेरेको देखिन्छ ।

मानव सभ्यताको विकाससंगै बसार्इ-सराइको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्न गई उनिहरुको पहिचान, अस्तित्व, फरक गुण अनि रितीहरुमा कमी आउन थालेको छ । विश्वको कूल जनसंख्याको ५ प्रतिशत रहेका आदिवासीहरुले विश्वको कूल गरिब जनसंख्याको १५ प्रतिशत भाग ओगटेका छन । पृथ्वीको ध्रुविय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरुको पहिचान र उपस्थिती घट्दो क्रममा छ किनकि पछि बसोवास गरेर आएका आप्रवासी समूदायहरु पेशा, पहिचान, बसाई लगायतका विविध कारणहरूले हावी हुँदै आएका छन् ।

संयूक्त राष्ट्रसंघको आदिवासी समूदायको अधिकारसम्बन्धि घोषणपत्रको आर्टिकल १४ मा आदिवासी समूदायले आफ्नो संस्कृती, भाषा, रितीरिवाज र चलनअनुरुप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरु स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । बिभिन्न अध्यनहरुले स्पष्टसंग आदिवासी र गैर आदिवासी समूदायबिच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानवअधिकारका सुबिधाहरुमा भएको ठूलो असमानता देखाउँदछ । आफ्नो पहिचान र थलोकालागि पुस्ताैंदेखि एकैठाउँमा खनि-खोस्री, प्रकृतीसंग पैंठेजोरी खेल्दै आएका आदिवासी समूदाय विश्वकोलागि प्राचिन सम्पत्ति हो र उनिहरुको पहिचानलाई कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समूदायको प्रमुख चुनौती भएको छ ।

यस बर्ष सन् २०१७ को संयूक्त राष्ट्रसंघको महासभामा पपुवा न्यूगेनी नामक एउटा टापुका प्रतिनीधीले लगाएर गएको पारम्परीक आदिवासी पहिरनले विश्व समूदायको ध्यान तानेको थियो । न्यूयोर्क अमेरिकामा भएको उक्त सभामा उनले आफ्नो भुवादार मुकुट, सानो कछाड र केही जनावरका सुँडजस्तो देखिने श्रृंगारसहितका पहिरन लगाएका थिए । उनको यो उपस्थितीलाई खिस्सीट्यूरा गर्ने मान्छेहरु नभएका त हैनन तथापि विश्व समूदायले उनको यो पहिरन र पहिचान प्रतिको मोहलाई सम्मान भने अवश्य गरेको छ । आदिवासी समूदायको मर्यादा र सम्मान पनि उनिहरुले जोगाउन सकेका छन् । परम्परा र संस्कारमा समेटिएका विविध माैलिक पहिचान लगायतका विषयहरूलार्इ त्यससंग जुटेका कुराहरूको अधिक्तम प्रयोग र प्रस्तुतीमा उनिहरुको क्रियाशीलतामा पनि नयाँ पुस्ताले बुझ्ने वा नबुझ्ने भन्ने कुरामा निर्भर गर्दछ ।

बहु-जाती बहु-धर्म र बहु-संस्कृती भएको हाम्रो देश नेपालका अधिकांश भू-भागमा आदिवासी समूदायहरु छन् र तिब्र रुपमा उनिहरुले आफ्नो पहिचान, रिती अनि मौलिकतालार्इ जीवित राख्ने भरमग्दूर कोशिस गर्दैगरेको उदाहरण एउटा छ भने अर्को तर्फ त्यहि माैलिकता नयाँ पुस्ताले भुल्दै गएको, पुराना कुराहरुलाई निरन्तरता दिन नसकेको र आफ्नो मौलिक थर समेत परिवर्तन गरेर पहिचान हराउँदै गएको कुराहरू अत्यासलाग्दो छ ।

तितोसत्य के हो भनें आदिवासीहरुको बसोवासलाई बिगार्दै अनि उनिहरुलाई बिस्थापित गर्दै बनाइएका शहर, बसाइएका सभ्यता र जोडीएका कारखाना भन्दा उनिहरुको अाफ्नो ठाउँमा हुने माैलिक उपस्थिती नै संसार र समूदायकालागि फाइदाकारक हुनेछ ।

आदिवासी समूदायकालागि सहज, सरल र विकसित समाज हामी सबैको दायित्व हो । चाहे हामी गैर आदिवासी हौं या आदिवासी समूदाय हौं, आउँदो पुस्तालाई समाजको यथार्थ चित्र र विकासको उदगमबिन्दुको प्रतिबिम्ब देखाउन जरुरी छ | आदिवासी दिवसको सबैलाई दायित्वबोध होस्, शुभकामना !

@ हाम्रो पात्रो |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution