काभ्रेको डाँडा पारि मेरो गाउँ – तामाङ हिपपप गीत,शुष्माको बबाल डान्स(भिडियो)

‘काभ्रेको डाँडा पारि’ बोलको तामाङ सेलो गीत युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । हाल रोजगारीको सिलसिलामा मलेसियामा रहेका जेम्स तामाङको शब्द र र्याप रहेको उक्त गीतलाई गायक जेबी जिम्बा तामाङले निर्देशन गरेका हुन् ।
साथै गीतमा तामाङ फिल्मका नायिका तथा अहिलेको चर्चित मोडेल सुष्मा मोक्तानको अभिनय रहेको छ । उनलाई बिबेक अधिकारीले साथ दिएका छन । गायक कोष बम्जन तामाङले स्वर दिएको उक्त गीतलाई आर बि लामाले सङ्गीत दिएका छन्।