हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपालमा भारतले स्वैच्छिक खर्च गर्न पाउने सम्झौता अन्त्य

नेपालमा भारत सरकारले प्रति योजना अधिकतम पाँच करोड रुपियाँ सम्मका स-साना आयोजनालाई स्वैच्छिक र सोझै सहयोग दिने गरेको सम्झौता अन्त्य भएको छ।साना विकास कार्यक्रम सम्बन्धी उक्त सम्झौता नेपालले नवीकरण नगरेको अधिकारीहरुले बताएका छन्।
गएको १४ वर्षदेखि भारतले उक्त कार्यक्रम अन्तर्गत स्कूल, खानेपानी, स्वास्थ्य चौकी, ग्रामीण सडकजस्ता पाँच सय भन्दा धेरै आयोजनाहरुमा अर्बौं रुपियाँको सहायता दिएको जनाइएको छ।

तर अब नयाँ संविधान अन्तर्गतका नयाँ संघीय, प्रादेशिक तथा स्थानीय निकाय बनेकाले तिनको काम कर्तव्यबारे प्रस्ट कानून बनेपछि मात्रै नयाँ ढंगले त्यस्तो सम्झौता गर्न सकिने नेपाली अधिकारीहरुले बताएका छन्।

तीन-तीन वर्षमा नवीकरण हुँदै आएको उक्त सम्झौता यसपटक भने नेपालले नवीकरण गरेन।शनिबार उक्त सम्झौताको पछिल्लो कार्यावधि सकिनु केही दिन अगाडी अर्थ मन्त्रालयले यही स्वरुपमा नवीकरण गर्न नसकिने आशयका साथ भारतलाई पत्राचार गरेको छ।खासगरि नयाँ संविधान अनुसार बनेका र बन्ने स्थानीय अनि प्रादेशिक सरकारसम्बन्धी कानूनहरु प्रस्ट नभएसम्म हालको सम्झौता लागू गराउन अप्ठेरो रहेको कारण खुलाएर पत्राचार गरिएको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव बैकुण्ठ अर्यालले बताएका छन्।

“कुन तहका सरकारहरुले कसरी यस्ता कार्यक्रम कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा स्पष्टता आइसकेपछि यसमा नयाँ खालको सम्झौता गर्नुपर्छ भन्ने सोचाइ रह्यो। हामीले वहाँहरुलाई पनि त्यही भनेका छौं। यसमा छलफल गरौं भनेका छौं,” अर्यालले बताए।

नेपाल सरकारको पत्रको औपचारिक जवाफ भारतले अझैसम्म दिइसकेको छैन।यसबारे भारतीय अधिकारीहरुले चाहिं नेपालको पत्रले यस्ता सम्झौता अब हुनै सक्दैन नभनेको र यसमा थप कुराकानी हुने अपेक्षा गरेको बताएका छन्।सन् २००३ मा प्रधानमन्त्री सूर्यबहादुर थापाको पालामा पहिलो पटक भएको त्यस्तो सम्झौता बमोजिम भारतले शुरुमा सीधै र पछि जिल्ला विकास समिति जस्ता स्थानीय इकाइमार्फत आफैंले रोजेको योजनामा सहयोग दिंदै आएको थियो।बेलाबखत भारतको यो सम्झौता विवादित बन्दै आएको छ। रकमको सदुपयोग र प्रभावकारिता बारे दुवै तर्फ प्रश्न उठेका पनि थिए।

विदेशी सरकारले सोझै यसरी सहायता दिंदा एक त शोभनीय नहुने अर्को त्यसको प्रभावकारिता समेत कम हुने पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको अनुभव छ।उनी भन्छन्, त्यसको साटो भारतले हाल साना विकास कार्यक्रममार्फत खर्च गर्ने पैसा नेपाल सरकारलाई नै अनुदानको रुपमा दिने सहायतामा थपिदिए उसले रोजेकै आयोजनाहरुमै प्रणालीभित्र रहेर सहयोग गर्न सकिन्छ।आजसम्मको अनुभवको आधारमा सरकारको बजेट प्रणालीभित्रै रहेर सहायता प्रदान गर्न सकेमा बढ्ता प्रभावकारी हुन्छ। बरु अनुदान आउँदा दिनेको रुची भएका क्षेत्रमा समेत दुई पक्षले सहमति गरि रकम दिन सकिन्छ,” पाण्डेले भने।

कारण जे भए पनि लामो समयदेखि भारतले दिंदै आएको साना विकास कार्यक्रम अन्तर्गतको सहायता अब आउने दिनमा उही स्वरुपमा स्वीकार्न नसकिने संकेत नेपालले दिएको छ।यसबारे यसै साता बीमस्टेक समूहको बैठकमा सहभागी हुन काठमाण्डौं आउन लागेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका बेला समेत छलफल हुन सक्ने ठानिएको छ। @ बीबीसी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution