हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ गोलेले तोडे गोसाँइकुण्ड नजाने परम्परा

रसुवा, २४ साउन । गोलेथरका मानिसले गोसाँईथान जान हुँदैन भन्ने पुरानो परम्परा तोड्दै एक राष्ट्रसेवकले गोसाइँकुण्डको यात्रा सफलतासाथ सम्पन्न गरेका छन् ।

गोसाइँकुण्ड गाउँपालिकामा नायब सुब्बास्तरको सचिव पदमा कार्यरत कृष्णबहादुर गोलेले श्रावण शुक्ल पूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डको नीलकण्ठ दहमा स्नान गरी फर्कनुभएको हो ।

सिन्धुपाल्चोक जिल्ला साविक गुम्बा गाविसमा जन्म भई हाल मकवानपुर जिल्ला हेटौँडा नगरपालिका वडा नं ६, चौघडा स्थायी घर भएका कृष्णबहादुर गोलेले यात्राको बारेमा भन्नुभयो, “धार्मिक आस्थाभन्दा पनि प्राकृतिक सौन्दर्यको छटा अवलोकन गर्ने प्रवल इच्छा पूरा गर्न श्रावण शुक्ल पूर्णिमाको अवसर पारी छजना साथीसँग गोसाइँकुण्ड पुगेँ । मेरा पिता ज्ञानबहादुर गोलेले भन्नुभएको थियो – ए छोरा, तिमी गोसाइँकुण्ड नजाऊ है, हामी गोले थरका सन्तान कोही पनि जानु हुँदैन, उपदेश यस्तो पहिल्यैदेखिको हो ।”

“धेरै टाढाटाढाका मानिस आउँछन्, म गोसाइँकुण्ड गाउँपालिकाकै सचिव भएर काम गरिरहेको मान्छे, गोसाइँकुण्ड जाने इच्छा बहुतै थियो, घरमा पिताजीलाई कुनै जानकारी नदिई आफ्नै शुरले आरामपूर्वक पुगेर आएँ, तर हेर्नै हुँदैन भनेको भैरवकुण्ड जाँदाजाँदै बाटोबाटै नजर पुगिहाल्यो,” उहाँले भन्नुभयो ।

सत्ययुगदेखि नै गोले थरका मान्छेले भैरवकुण्ड हेर्न नहुने भनाइ थियो, आफूले पनि गोसाइँकुण्डतर्फ जाँदै गरेका गोले थरका व्यक्ति नभेटेको बताउँदै रसुवा जिल्लाका वरिष्ठ समाजसेवी दावाफिन्जो तामाङले कृष्णबहादुर गोलेको गोसाइँथान सफल यात्राले गोले थरका मानिसमा परेको पुरानो अन्धविश्वास हटेको बताउनुभयो ।

यस्तै, गोले थरका मानिसलाई भैरवकुण्डको मात्र डर हो, जाँदाजाँदै बाटोबाटै देखिने र ककरो भिरमा हिँड्दा जतिखेर पनि देखिने भएकाले गोले थरका व्यक्ति गोसाइँकुण्डको यात्रामा कुनै पनि नभेटिएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ र पुरोहित टंकप्रसाद ढकालले बताउनुभयो ।

गोले थरी गोसाइँकुण्ड नजानुको कारण

गोसाइँकुण्ड र भैरवकुण्ड दुई तीनसय मिटरको मात्र दूरीमा तल माथि पर्ने र किंवदन्तीअनुसार सत्ययुगमा आफ्नी श्रीमतीसमेत साथमा लिई तान्त्रिक विधिका साथ भैरवकुण्डको अधिपति जमाउन ढ्यांग्रो बजाउँदै कुण्डको डिलमा गोलेझाँक्री पुगी श्रीमतीलाई भने, “तिमीले आँखा चिम्म गरेर यो डिलमा बसी नछोडीकन ढ्यांग्रो बजाइराख र म बाहिर निस्किएपछि अक्षताले मेरो शरीरमा हिर्काउनु ।”

यति भनेर कुण्डभित्र पसेर केहीबेरको भीषण लडाइँपश्चात् गोले र भैरव दुई सर्पको रुपमा बाहिर पछारिन आउँदा झाँक्रीनीले डराई ढ्यांग्रो छोडेर भाग्दा भैरवको विजय भई भैरवकुण्डभित्र गोले झाँक्रीको देहावसान भएकाले गोले थरका व्यक्त गोसाँइकुण्ड तीर्थ नजाने गरेको बताइन्छ ।

@ ज्ञानेन्द्रनाथ न्यौपाने / रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution