कतारमा तामाङ म्हेन्दोमाया साँझ २०१७ को आयोजन हुदै

नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापना भएको म्हेन्दोमाया समाज दोहा कतारले संस्थाको बार्षिक उत्सब तथा ईस्लामिकहरुको महान चाड बक्र इदको अवसर पारेर आउँदो सेप्टेम्बर १ तारीख शुक्रबारको दिन नेपालबाट चर्चित ख्यातिप्राप्त म्हेन्दोमाया,सेलो कलाकारहरुको साथमा प्रथम ऐतिहासिक म्हेन्दोमाया साँझ-२०१७ कार्यक्रम गल्फ प्याराडाइज होटेल( जैद्दा ब्रीज संगै)मा बिहान १० बजे देखि आयोजना गर्ने भएको छ |
नेपाल देखि निमन्त्रित अतिथि कलाकारहरु चर्चित म्हेन्दोमाया किङ सगर एस वाईबा,चर्चित सेलो गायक तथा संगीतकार बिशाल काल्तान,चर्चित म्हेन्दोमाया गायक सुमन घले डिन्डुब,चर्चित नृत्य निर्देशक तथा डन्सर राज किङ वाईबा,चर्चित तामाङ नायिका,डन्सर तथा गायिका रुपा एस घले तामाङको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछन् ।
दोहा कतार बासी सम्पुर्ण तामाङ तथा गैरतामाङ दाजु भाइ दिदी बहिनिहरुमा आयोजकले हार्दिक अनुरोध गरेको छ |