रेखा थापाले रोजिन् राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक

काठमाडौं । नायिका रेखा थापाले कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेकी छन् । उनी पशुपति शम्शेर राणा नेतृत्वको नयाँ पार्टीमा लागेकी छन् ।
अहिले राणा पक्षमा जानुको कारणबारे रेखा थापाले भनिन्, ‘आफ्नो लाइन मिलेकाले राप्रपा प्रजातान्त्रिकलाई रोजेकी हुँ ।’ राप्रपा प्रवेश गर्दा आफूले कहिल्यै राजतन्त्रको वकालत नगरेको पनि उनले बताइन् ।