हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सोलार ठेकेदारलाई सुटुक्क ४५ करोड भुक्तानी

 

काठमाडौं । २५ मेगावाट क्षमताको सोलार विद्युत् उत्पादनको लागि ठेकेदार चयन गर्ने कार्यमा अनियमितता भएको भन्दै व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले कामकारबाही रोक्न दिर्नेशन दिएपछि नेपाल विद्युत् प्राधिकरणले त्यसलाई बेवास्ता गरी मोबिलाइजेसनबापत झण्डै ४५ करोड रुपैयाँ भुक्तानी दिएको छ । लेखा समितिले असार ३० गते कारबाही रोक्न भनेपछि साउन ६ गते ठेकेदारलाई भुक्तानी दिएको स्रोतले जानकारी दिएको छ ।

लेखा समितिले कामकारबाही रोक्नु भने पनि बेवास्ता गर्दै प्राधिकरणले भित्रभित्र काम अगाडि बढाउँदै उक्त रकम भुक्तानी दिएको हो । समितिले पहिला काम रोक्नु भनेर दिएको निर्देशनलाई निरन्तरता नदिएको भए भुक्तानी दिँदा पनि खासै समस्या आउने थिएन । तर, साउन १७ गते बसेको समिति बैठकले उक्त टेन्डर नै रद्द गर्न ऊर्जा मन्त्रालय र प्राधिकरणलाई नै निर्देशन दिएपछि भुक्तानी विवादमा परेको छ ।

संसदीय समितिलाई संसद्पछिको मिनि संसद्को रुपमा लिइन्छ । त्यसको निर्देशन अवज्ञा गर्नु भनेको संसद्कै अवज्ञा गर्नु हो । संसदीय व्यवस्थामा संसद् नै सर्वोपरी हुन्छ ।

लेखा समितिले काम रोक्न निर्देशन दिएपछि त्यसलाई अवज्ञा गरी भुक्तानी दिएको कारण प्राधिकरण र ऊर्जा मन्त्रालयको ‘सेटिङ’मा सोलार प्रकरणमा करोडौं भ्रष्टाचार भएको पुष्टि गर्ने काम भएको छ । सोलारको ठेकेदार छनोट गर्ने काममा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले भ्रष्टाचारजन्य निर्णय गरेको ठहर गर्दै उक्त निर्णय रद्द गरेर नयाँ प्रक्रियामा जान ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई साउन १७ गते निर्देशन दिएको थियो ।

तत्कालीन ऊर्जामन्त्री शर्माले सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै गैरकानुनी तरिकाले पहिला छनोट गरेको ठेकेदारलाई हटाएर भ्रष्टाचारजन्य काम गरी अर्को ठेकेदार छनोट गर्ने काम गरेको भन्दै सांसद्हरुले आपत्ति जनाउँदै उक्त ठेक्का रद्द गर्न माग गरेका थिए । सांसद्हरुको मागबमोजिम समितिको मंगलबार बसेको बैठकले सर्वसम्मत रुपमा जनार्दन शर्माको निर्देशनमा पहिला छनोट भएको ठेकेदारलाई हटाएर अर्को बढी रकम कबोल गर्ने ठेकेदारलाई छनोट गर्ने कार्य गैरकानुनी र भ्रष्टाचारजन्य ठहर गरेको थियो । प्राधिकरणको २५ मेगावाटको ग्रिड टाइड सोलार फर्म प्रोजेक्टको ठेक्का सम्झौताको लागि भएको निर्णय सार्वजनिक खरिद ऐन २०६३ बमोजिम भएको नदेखिएकाले उक्त निर्णय बदर गरी पुनः बोलपत्र आह्वान गरी आयोजना सुचारु गर्न समितिले ऊर्जा मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको थियो ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेशराज काफ्लेको पालामा पहिलो नम्बरको अर्थात् सबैभन्दा कम ठेक्का कबोल गर्ने चिनियाँ कम्पनी पिङगाओ एन्ड हेरोन जेभीलाई तीन अर्ब चार करोड २९ लाख २४ हजार रुपैयाँमा ठेक्का दिने निर्णय गरेको थियो । तर, उक्त निर्णयलाई दश महिनासम्म त्यतिकै राखेर मन्त्री शर्माको दबाबमा प्राधिरणले सो ठेक्का पिङगाओबाट खोसेर अर्को चिनियाँ कम्पनी राइजन इनर्जीलाई ६८ करोड बढी तीन अर्ब ७१ करोड ७९ लाख ७४ हजार दुई सय २५ रुपैयाँ पाँच पैसामा ठेक्का दिने निर्णय गरेको थियो । एउटालाई दिने भनेर निर्णय गरेपछि विश्व बैंकका केही अधिकारीहरुको स्वार्थअनुसार नेपालको सार्वजनिक खरिद ऐन उल्लंघन गरी अर्को बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिएपछि यो विषय विवादमा आएको हो । लेखा समितिको निर्णयको कारण अब यो सोलारको काम फेरि नयाँ टेन्डर गरेर मात्र गर्नुपर्नेछ । उक्त सोलार प्लान्ट नुवाकोटको त्रिशूलीमा प्राधिकरणको जग्गामा विश्व बैंकको आर्थिक सहयोगमा निर्माण गर्ने योजना बनाइएको थियो । यो प्रकरणमा विश्व बैंकका केही अधिकारी पनि जोडिएका छन् ।

@ आर्थिक दैनिक |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution