तामाङ समाज युएईले शिक्षाको लागि सहयोगार्थ एसएमएस धमाका कार्यक्रम सम्पन्न

युएई ।मध्यपुर्वको विकसित शहर युएईमा तामाङहरुको समाजिक संस्था तामाङ समाज युएईले शिक्षाको लागि सहयोगार्थ एसएमएस (सपोर्ट माई स्कुल) धमाका कार्यक्रम सम्पन्न गरेको छ। शिक्षा ज्ञानको ज्योति हो, तामाङ समुदाय पछि पर्नुको कारण शिक्षा पनि एक रहेको भन्दै विकट क्षेत्रका तामाङ बहुलियता भएको विद्यालयहरुमा आर्थिक सहयोग गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरेको हो।
युएईको देरा दुबई स्थित कालर्टन होटलमा सम्पन्न भएको उक्त कार्यक्रममा सभापतिको रुपमा तामाङ समाज युएईको अध्यक्ष महेश मोक्तान थियो। प्रमुख अतिथिको रुपमा युएईको लागि नेपाली कार्यबाहक महामहिम राजदूत नेत्रबहादुर टन्डन रहेको थियो, त्यस्तै अतिथिहरुमा सोसल क्लबका अध्यक्ष सालिक सुवेदी,नेपाली समाजको अध्यक्ष सिपि सापकोटा,जनजाति महासंघ युएईको अध्यक्ष डेरराज तमु, शेर्प किदुग युएईको निवर्तमान अध्यक्ष पासाङ शेर्पा,काभ्रे सेवा समाजका अध्यक्ष दिल तामाङ लगायत विभिन्न जातीय,जिल्लाका संघ संस्थाका प्रतिनिधिहरु थियो।
निर्धारित समय भन्द केही समय पछि सुरु भएको उक्त कार्यक्रममा राजदूत नेत्र बहादुर टन्डनले यहाँको नियमकानुनलाई मध्यनजर गरेर मात्रै कुनै पनि गतिविधि गर्न नेपाली समुदायलाई अनुरोध गरेको थियो। त्यस्तै कार्यक्रमका सभापति महेश मोक्तानले तामाङ समुदायलाई शिक्षामा जोड दिनु पर्ने, शिक्षा विना पहिचान र अधिकारको कुरा जति गरे पनि समुदायले नबुझ्ने बताए। सुरेन्द्र थिङ तामाङ, सालिक सुवेदी, सिपि सापकोटा,दिल तामाङ लगायतका वक्ताहरुले शुभकामना मनतव्य राखेका थिए। कार्यक्रममा तामाङ समुदायका विभिन्न क्षेत्रमा अमुल्य योगदान गर्ने व्यक्तित्वहरुलाई खादा लगाएर प्रमाणपत्र सहित सम्मान गरेको थियो।
सयौं नेपाली दर्शकहरुको भिडमा नेपालबाट अमन्त्रित सेलो गायिका सानु वाइबाले आफ्नो एल्बमहरुको आधा दर्जन भन्द बढी गितहरु गाएर बिजोड मनोरञ्जन दिएकी थिइन। प्रवासी कलाकारहरु प्रवेग दोङ, डिबि समर्पण, रोशनि सुब्बा, कमल विक, सोम तामाङ लगायतले गित नृत्य द्धारा कार्यक्रम थप रौनक थपेको थियो । कार्यक्रममा स्याप्रु नृत्य समेत देखाएको थियो ।
२००५ सालमा स्थापित तामाङ समाज युएईले स्थापनाकाल देखि आज सम्म गरेको कामकारबाही बारे प्रोजेक्टर मार्फत दर्शकहरुलाई देखाएको थियो।जसमा तामाङ समाज युएईले २०१२ मा जोगेश्वरी मा.वि. महादेवटार – ०१, काभ्रे (१००,०००/-), २०१३ मा घ्युल देवी नि.मा.वि गोल्छे – ०३, सिन्धुपाल्चोक (१११,१११/-), २०१४ मा जनहित राष्ट्रिय प्रा.वी पदमपुर – ०८, चितवन (१११,१११/-), २०१५ मा सातकन्या प्रा.वि. थाङपालकोट – ८, सिन्धुपाल्चोक (१११,१११/-) र २०१६ मा दुप्चेश्वरी नि.मा.वि. सरमथली – ०६, रसुवा (१११,१११/-) मा आर्थिक सहयोग गरेको जानकारी गराएको थियो। यो वर्ष सहयोग गर्ने विद्यालयको नाम भने कार्यक्रमको समिक्षा बैठकमा घोषणा गर्ने संस्थाका अध्यक्षले जानकारी दिएका छन।
सनिल घिसिङ र बसन्ती दोङ्ले सञ्चालन गरेको सो कार्यक्रममा तामाङ घेदुङ संघबाट आजिवन सदस्य प्राप्त गर्ने व्यक्तिहरुको नाम समेत घोषणा गरेको थियो जसमा तामाङ समाज युएईको अध्यक्ष महेश मोक्तान लगायत तामाङ समाज युएईमा सक्रिय रुपमा काम गर्दै आएका १४ जना व्यक्तिहरुको नाम घोषणा भएको थियो। कार्यक्रमको अन्तिममा सबै कलाकार,स्पोन्सर र मिडिया पार्टनरहरुलाई सम्मान स्वरूप मायाको चिनो वितरण गर्दै सभापतिले कार्यक्रम समापन भएको घोषणा गरेको थियो।
अनिस तामाङ @ प्रवासीअनलाइन |