हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

ललितपुरमा लागू औषध कारोबारी प्रवीण खत्रीको गोली लागेर मृत्यु

काठमाडौं : ललितपुरको बाक्लो बस्ती रहेको कुसुन्तीमा दुई पटक गोली चल्दा लागू औषध कारोबार गर्ने प्रवीण खत्रीको मृत्यु भएको छ। प्रहरीले क्षेत्रीले नै कन्चटमा राखेर गोली हानेको दावी गरेको छ।

‘एउटा गोली कन्चटमा लागेको छ। अर्को मिस फायर,’ महानगरीय प्रहरी परिसर ललितपुरका एसपी ईश्वर कार्कीले भने, ‘एउटा लोडेड गोली भने चाइनिज पेस्तोलमा रहेको देखियो।’

आफ्नै घरको छतबाट पद्मा कोलनी नजिकैको खाली जमिनमा उनी ढलेको प्रहरीले जनाएको छ। त्यहाँबाट उनलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याइएको थियो। त्यहीँ उनको मृत्यु भएको कार्कीले जानकारी दिए।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले प्रहरीले पछ्याएपछि प्रहरीमाथि नै गोली चलाएको बताए।

‘केही दिनदेखि खत्रीसँग लागू औषध र हतियार रहेको जानकारी आएकाले पिछा गर्ने क्रममा प्रहरी माथि गोली प्रहार गरेकाले आत्मरक्षाका लागि गोली चलाएको हो,’ एसएसपी अमात्यले भने।

प्रहरीले पिछा गरेको थाहा पाएपछि खत्री दुवै हातमा रहेका पेस्तोलबाट गोली पड्काउँदै भागेका थिए। प्रत्यक्षदर्शी नभएकाले प्रहरीले आत्महत्या भने पनि त्यसको स्वतन्त्र पुष्टि भने भएको छैन। @ पहिलोपोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution