हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

गैरआवासीय नेपाली संघ १० औं युरोप क्षेत्रीय बैठकको निर्णयहरु

फ्रेंकफर्ट (जर्मनी)— गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिका लागि कानुन निर्माण गर्न माग गर्दै गैरआवासीय नेपाली संघ १० औं युरोप क्षेत्रीय बैठक तथा महिला सम्मेलन आइतबार  फ्र्यांकफर्टमा सम्पन्न भएको छ।  जुलाई  २९ र ३० दुई दिनसम्म चलेको बैठकले यथाशीघ्र ऐन बनाइ गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने मार्गप्रशस्त गर्न माग गरिएको छ।

नेपालको संविधानले गैरआवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरे पनि कानुन निर्माण नहुँदा गैरआवासीय नागरिकता प्राप्तिको विषय कार्यान्वयन हुन सकेको छैन।

बैठकको अन्तिम दिन प्यानल छलफल र महिला सम्मेलन भएको थियो।

लगानीदेखि भाषासहित्यसम्म

आइतबारको सत्रमा भाषा साहित्य र मिडिया, नेपालमा पर्यटन प्रवद्र्धन, कल्याणकारी कार्य तथा सार्वजनिक पुस्तकालय, एनआरएनलाई नेपाली नागरिकता, विधान तथा लगानी शीर्षकमा प्यानल बनाएर छलफल गरिएको थियो।
कल्याणकारी कार्य र सार्वजनिक पुस्तकालय सत्रको अध्यक्षता गर्दै एनआरएन उपाध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीहरुको आयस्रोत बढेसँगै आफ्नो गाउँ र जन्मेहुर्केको मातृभूमिमा कल्याणकारी काम गर्ने प्रवृत्ति बढेको बताए।

गैरआवासीय नेपालीले व्यक्तिगत हैसियतमा पनि नेपालमा कल्याणकारी काम गरिरहेको उल्लेख गर्दै उनीहरुलाई एनआरएनएको दायरामा ल्याउन निश्चित संयन्त्र बनाउनुपर्नेमा जोड दिए। सोही सत्रमा बोल्दै आइसीसी सदस्य डा.विनय श्रेष्ठले एनआरएनको प्लेटफर्म प्रयोग गरी संकलन गरिने रकमको स्वामित्व एनआरएनकै हुनुपर्नेमा जोड दिए।

एनआरएन पूर्व अध्यक्ष जिवा लामिछाने अध्यक्ष रहेको लगानीसम्बन्धी सत्रमा गैरआवासीय नेपालीहरुले नेपालमा गर्नसक्ने लगानीका विषयमा छलफल भएको थियो। जलविद्युत र वित्त कम्पनीमा लगानी भइरहेको उनले जनाएका थिए। संयुक्त लगानीमा एउटा लघुवित्त कम्पनी सुरु हुन लागेको जानकारी सत्रमा दिइएको थियो। सो प्रस्तावमा सहमती जनाउँदै झन्डै एक दर्जन सहभागीले आफू सो परियोजनाको हिस्सेदार बन्न तयार भएको जनाएका थिए।

विश्वासदिप तिगेला अध्यक्ष रहेको भाषा साहित्य र मिडियासम्बन्धी सत्रमा मिडिया, भाषाका विषयमा छलफल भएको थियो। विदेशी भूमिमा हुर्कंदै गरेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउनु पर्ने र पूर्वी दर्शका नीतिकथा, पञ्चतन्त्र तथा जातक कथाहरुलाई डिजिटलाइजेसन गर्नुपर्ने विषय सहभागीले उठाएका थिए।

सोम सापकोटा अध्यक्षतामा पर्यटन प्रवद्र्धन सत्र सञ्चालन भएको थियो। नेपालमा पर्यटक भित्र्याउन निर्वाह गर्नुपर्ने भूमिकाका विषयबारे सो सत्रमा छलफल भएको थियो। युरोपमा संगठित रुपमा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिए नेपाल भित्रिने युरोपेली पर्यटकको संख्या दोब्बर हुन सक्ने सहभागीले बताएका थिए।

बैठकपछि जारी विज्ञप्तिको पूर्णपाठ

जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनाल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा। शेष घले, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, नेपालबाट आउनु भएका परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज वाग्ले, परराष्ट्र मन्त्रालयमा एनआरएन डेस्क हेर्नुहुने उपसचिव डा। डमरुबल्लभ पौडेल तथा अर्थ मन्त्रालयका अधिकृत भीमकान्त न्यौपाने, गैरआवासीय नेपाली संघका संस्थापक सदस्य रामप्रताप थापा, संरक्षक दिल गुरुंग लगायतका संघका पदाधिकारी एवं २७ देशबाट प्रतितिधित्व गर्नु हुने करिब साढे चारसय गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थितिमा यस दशौं क्षेत्रीय बैठकमा उठेका समग्र विषहरुलाई समेट्दै निम्न निर्णयहरु भएको जानकारी गराउँदै यो विज्ञप्ति प्रकाशित गरिएको छ ।

१ लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको नेपालमा नयाँ संविधानको पूर्ण कार्यान्वयन र समृद्ध नेपालको निर्माणका लागि आर्थिक विकासलाई गति दिन नेपालका प्रमुख राजनीतिक दलहरुका बीचमा सहमति र सहकार्य गर्न यो बैठक अनुरोध गर्दछ ।

२ नेपालको संविधानमा उल्लेख भएअनुसार गैरआवासीय नेपाली नागरिकताको मर्म र भावना अनुरुप गैरआवासीय नेपाली संघसंगको निकट सहकार्यमा यथाशिघ्र गैरआवासीय नेपाली संबन्धी ऐन बनाइ गैरआवासीय नेपाली नागरिकता वितरण गर्ने काम शुरु गर्न नेपाल सरकार तथा अन्य संबद्ध निकायहरुलाई अनुरोध गर्दछ।

३ विगतमा जस्तै युरोपस्थित गैरआवासीय नेपाली उद्यमीहरुले नेपालमा सामूहिक लगानी अगाडि बढाउन देखाएको तत्परताको सम्मान गर्दै अन्तर्राष्ट्रिय समन्वय परिषदलाई त्यसकालागि आवश्यक पहल गर्न अनुरोध गर्दछ।

४. गैरआवासीय नेपाली संघद्वारा संचालित लाप्राक नमुना वस्ती लगायत एनआरएन भवन, शंखमूल पार्क, “एक एनसिसि एक परियोजना” लगायतमा तन, मन, धनले सहयोग गर्नुहुने सबै गैरआवासीय मित्रहरुलाई हार्दिक धन्यवाद दिंदै थप आवश्यक सहयोग गर्न पनि यो बैठक प्रतिबद्धता व्यक्त गर्दछ।

५. गैरआवासीय नेपालीहरुको सकृयतामा नेपालका विभिन्न विद्यालयहरुमा ‘विद्युतीय पुस्तकालय’ स्थापना भैरहेको सन्दर्भमा ती पुस्तकालयहरुलाई व्यवस्थित गर्दै गैरआवासीय नेपाली संघको मातहतमा आफूले पढेको विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न सबै गैरआवासीय नेपालीहरुलाई यो बैठक आह्वान गर्दछ।

६. “भिजिट नेपाल युरोप अभियान २०१७” तथा “अतिथि देवो भवस्” अभियानलाई सफल बनाउँदै युरोप क्षेत्रबाट अत्यधिक मात्रामा पर्यटकहरु नेपाल भित्र्याउन युरोपस्थित नेपाली दूतावासहरु तथा नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधिहरुसंग समन्वय गर्दै नेपाल सरकारले आह्वान गरेको “भिजिट नेपाल इयर २०१८” लाई सफल बनाउन युरोपस्थित सबै एनसिसिहरुलाई अनुरोध गर्दछ।

७. यस बैठकका प्रायोजकहरुबाट प्राप्त रकम संघको केन्द्रीय कार्यालय भवन निर्माण कोषमा हस्तान्तरण गर्ने निर्णयको स्वागत गर्दै यो बैठक सबै प्रायोजकहरुप्रति धन्यवाद व्यक्त गर्दछ ।

८. गैरआवासीय नेपाली संघको विधानलाई अरु विस्तृत र प्रभावकारी बनाउन बैठकमा प्राप्त सुझावहरुलाई अन्तर्राष्ट्रिय समन्वय परिषदमा पठाउने यो बैठक निर्णय गर्दछ।

९. गैरआवासीय नेपाली संघ महिला फोरमले परोपकारी क्षेत्रमा उल्लेख्य कार्य गरेकोमा सिंगो महिला फोरमलाई धन्यवाद ज्ञापन गर्दै सिंगो गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय परिषदमा यथासम्भव ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गराउन आग्रह गर्दै यस क्षेत्रका यूवा तथा महिलाहरुको उद्यमशिलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने पनि यो बैठक निर्णय गर्दछ । एक युरो परियोजनालाई सबै एनसिसीहरुमा विस्तार गरी सो अभियानमा पुरुष सदस्यहरुको सहभागिता बढाउन पनि यो बैठक अनुरोध गर्दछ

१०. प्रवासमा नेपाली बालबालिकाहरुका निम्ति नेपाली भाषा, लिपि, संस्कार, संस्कृति सिकाउन भिडियो कार्टुन, ट्याबलेट गेम तथा प्रवास सापेक्ष पाठ्यसामग्री निर्माण गर्न पहल गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदलाई यो बैठक अनुरोध गर्दछ।

११. अन्तर्राष्ट्रिय मान्यता अनुसार कुनै पेशा, व्यवसाय वा अध्ययनको सिलसिलामा १८२ दिन भन्दा बढी सार्क मुलुक बाहिर बस्ने विद्यार्थी तथा वैदशिक रोजगारीमा जाने नेपालीहरुलाई पनि गैरआवासीय नेपालीको परिभाषाभित्र समेट्न अन्तर्राष्ट्रिय समन्वय परिषदलाई आवश्यक पहल गर्न यो बैठक अनुरोध गर्दछ।

१२. युरोप क्षेत्रको एघारौं बैठक लक्जेम्वर्गमा गर्ने निर्णय गर्दछ। स्पेनमा नेपाली दूतावास स्थापना गरिएकोमा नेपाल सरकारलाई धन्यवाद दिंदै पोर्चुगलमा नयाँ दूतावास खोल्न पहल गर्न पनि यो बैठक अनुरोध गर्दछ।

१३. साइप्रस निवासी ब्लड क्यान्सरबाट पीडित ५ वर्षीय छोरा सन्चल साहको उपचारकालागि झण्डै बीस हजार युरो सहयोग गर्ने यो बैठकका सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दछ।

१४. स्पेनमा बस्ने नेपालीहरुको समस्याको समाधानकालागि सम्पत्ती मूल्यांकन प्रमाणपत्रमा परराष्ट्र मन्त्रालयको छाप लगाउने व्यवस्थाकालागि पहल गर्न यो बैठक अन्तर्राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गर्दछ।

१५. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनुहुने एनसीसी जर्मनी, प्रायोजकहरु, स्वयमसेवी, पत्रकार, कलाकार लगायत सबै पक्षलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

मिति स् ३० जुलाई २०१७
फ्र्याँकफर्ट, जर्मनी

@ नागरिकन्यूज |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution