परदेशबाट घर फर्किंदा श्रीमती १९ लाख लिएर परपुरुषसंग भागेको थाह पाएपछि…..

गुल्मीको इस्मा गाउँपालिका-३, सिम्पानीका ३७ वर्षीय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो। विदेशमा काम गर्न थालेको २४ वर्ष भएपनि थापा प्रत्येक वर्ष बिदामा घर आउँछन्।
उनको विवाह भएको १३ वर्ष भयो। श्रीमती, एक छोरा र दुई छोरीका पिता बाबुराम बिदा सकेर हरेक वर्ष खुसीखुसी काममा फर्किन्थे। तर, यसपटकको उनको यो बिदा निकै पीडादायी रह्यो।
नौमहिने दुधेबालक छोडेर श्रीमतीले घर छाडेपछि बाबुरामको बिदा पीडादायी भएको हो। बाबुरामका अनुुसार श्रीमती बिना बैंकबाट चार लाख रुपैयाँ निकाल्ने भन्दै तीन दिनअघि घरबाट सदरमुकाम तम्घास गएकी थिइन्। तर आजसम्म उनको अत्तोपत्तो छैन।
बाबुरामका अनुसार बैङ्कमा भएको १९ लाख रुपैयाँ पनि खातामा छैन। बिनाले घरमा भएको लैनो भैसी, तीनवटा बाख्रा पनि बेचिसकेकी थिइन्। ‘साइन रेसुङ्कामा खाता खोलेकी छु भन्थी,’ सबै कमाई उसैलाई पठाउँथे, बैङ्कमा बुझ्दा१९ लाखमा एक रुपैयाँ छैन।’
पछि गाउँमा बुझ्दा पहिलेदेखि नै परपुरुषलाई घरमा राख्दै आएको पत्ता लागेको उनले बताए । ‘तड्पाएर गई, बाबु नानीको मुख हेर्नु शिवाय अब मसँग केहि रहेन,’ थापाले भने, ‘अर्कोतिर गाउँभरी उसैको हल्ला छ। @ नयाँ पत्रिका दैनिक |