डा. बाबुराम भट्टराईको नेपाल नै सफल शल्यक्रिया

२१ साउन । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको आज मूत्रथैलीको सफल शल्यक्रिया गरिएको छ ।शुक्रबार गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा अपराह्न भर्ना भएका पूर्वप्रधानमन्त्री डा. भट्टराईको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले विगत डेढ वर्षदेखि औषधि सेवन गरिरहनुभएको थियो, रोग निदानपछि आज शल्यक्रिया गरिएको हो ।’ अस्पतालमा चार दिनसम्म उपचार गराएपछि उनलाई घर पठाइने अस्पतालले जनाएको छ ।