प्रदेश नं. ४ तामाङ संस्कृति घेदुङका प्रमुख प्रितीमान बोमजन तामाङको निधन

याम्बु – २०७४ श्रावण १७ | नेपाल तामाङ संस्कृति घेदुङका केन्द्रिय सदस्य एवं प्रदेश नं. ४ (पश्चिमाञ्चल) संस्कृति घेदुङका प्रमुख लमजुङ जिल्ला,बेशीशहर – १० साधु स्थायी घर भएका प्रितीमान बोमजन तामाङको ब्लड क्यान्सरको कारणले ३५ बर्षको अल्पआयुमै निधन भएको छ | केहि समय अघि सिनामगल स्थित नोबेल अस्पतालमा उपचारको लागि भर्ना भएका थिए |
तामाङ समाजका अभियान्त प्रितीमान बोमजन तामाङ माइक्रोबस व्यवसायी,चलचित्रकर्मीका साथमा बेशीशहर स्थित स्थानीय देलेग डोदेन थायलिङ गुम्बाका सचिव समेत थिए | वहाँले तामाङ भाषाको चलचित्र “पहिचान” मा अभिनय गरेका थिए |
बिरामी भई उपचारको क्रममा नोबेल अस्पतालमा रहेको बेला आफन्तजन तथा शुभ-चिन्तकहरुलाई वहाँले फेसबुक मार्फत २६ जुलाई २०१७ मा यस्तो लेख्नु भएको थियो |
वहाँको चिर-आत्माले शान्ति मिलोस् – तामाङअनलाइन युनिट |