कतारबाट क्यान्सर पीडित तामाङलाई आर्थिक सहयोग

ध्रुब क्षेत्री, कतार । काभ्रेपलान्चोक सेवा समाज कतारले, काभ्रे जिल्ला तिमाल गाउँपालिका वार्ड– १ निवासी ३८ बर्षिय बुद्दिलाल तामाङलाई आर्थिक सहयोग गरेको छ । केही समयदेखि ब्लड क्यान्सरका कारण तिनकुनेस्थित एक अस्पतालमा उपचारार्थ तामाङलाई आर्थिक सहयोग गरिएको हो ।
बिरामीको पारिवारिक अवस्था नाजुक भएको र उनलाई उपचारमा समस्या भएको भन्ने समाचार बिभिन्न मिडियामा आए पश्चात काभ्रे पलान्चोक सेवा समाज कतारको पहलमा आर्थिक सहयोग अभियान सञ्चालन गरिएको थियो । सोही अभियानबाट संकलन भएको ६२,४६५ रुपैयाँ संस्थाका सल्लाहकार भरत बडाल र संस्थाका सस्थापक सदस्य सुर्य भण्डारीले तिनकुनेस्थित अस्पतालमा पुगि पिडित बुद्दिलाल तामाङलार्इ हस्तान्तरण गरेका थिए ।
यस्तै उक्त समाजका उपाअधक्ष्य नारायण बिष्ट पीडितलाइ आर्थिक रुपमा सहयोग गरि उनको उपचारमा टेवा पुर्याउने सम्पुर्ण सहयोगी मनहरुप्रति क्रितज्ञता प्रकट गर्दै काभ्रे पलान्चोक सेवा समाज कतारको तर्फबाट हार्दिक आभार व्यक्त गरे । साथै उनले आर्थिक तथा भौतिक सहयोग गरी बिरामीको जिबन रक्षा गर्न समेत अपिल गरेका छन् ।