हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

कांग्रेसका युवा नेता धनराज गुरुङको प्रश्नः नेताको घरमा तेल पुर्याएर भ्रष्टाचार गर्न मिल्छ ?

काठमाडौं। नेपाल आयल निगमले जग्गा किन्दा व्यापक अनियमितता भएको विषयमा व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिमा छलफल भएको छ। बुधबार बसेको समितिको बैठकमा आपूर्ति मन्त्री, आपूर्ति सचिव, नेपाल आयल निगमका कार्यकारी निर्देशकलगायतका पदाधिकारीलाई समितिमा बोलाइएको थियो।

बैठकको सुरुमा मन्त्री, सचिव, कार्यकारी निर्देशकलगायत निगमका पदाधिकारीले आफ्नो भनाइ राखेका थिए। उनीहरुको भनाइप्रति सांसदहरुले कडा आपत्ति जनाएका छन्।

समिति सदस्य एवं सांसद धनराज गुरुङले तीन करोड पर्ने जग्गा दश करोडमा किनेर निगमले ठूलो आर्थिक हिनामिना गरेको आरोप लगाए। उनले समितिलाई भ्रममा राखेर विचौलीमार्फत सस्तो मुल्यको जग्गालाई बढी मुल्यमा खरिद गरेको भन्दै आपत्ति जनाए। ‘तीन करोड पर्ने जग्गाा दश करोडमा किनेर भ्रष्टाचार गर्ने?,’ गुरुङले भने, ‘सरकारी पैसा बालुवामा पानी खन्याएजस्तो गर्ने अनि केही पनि भएको छैन भन्ने?’
निगमका कार्यकारी निर्देशक गोपाल खड्काप्रति लक्षित गर्दै गुरुङले विचौलियामार्फत जग्गा किनेको र सस्तो दामको जग्गालाई बढी मुल्य तिरेको भन्दै आक्रोश व्यक्त गरे। उनले नेताको घरमा तेल पुर्याएर ठूलो आर्थिक चलखेल गर्न लागेको आरोपसमेत लगाए। गुरुङले निगमले टेण्डरको नाटक गरेर कमिशनको जालझेल गरेको आरोप लगाए।

गुरूङले नेताकाे घरमा तेल पुर्याएर कराेडाैंकाे भ्रष्टाचार गर्न नपाइने बताए। तर कुन नेताकाे घरमा तेल पुर्याएकाे भन्ने कुरा भने खुलाएनन्

समितिका कार्यकारी निर्देशक खड्काले देशमा सधैं हाहाकार भइराखेस भनेर षड्यन्त्र भइरहेको र त्यसैका आधारमा भ्रष्टाचार भएको भन्ने हल्ला चलाएको बताएका थिए। त्यसको जवाफमा गुरुङले जग्गा खरिदमा ठूलो आर्थिक चलखेल गरेको आरोप लगाउँदै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति नदिन खड्कालाई चेतावनी दिएका थिए।

‘निगमले जग्गा किन्ने क्षेत्रमा जनप्रतिनिधिलाई हामीले टेलिफोनमार्फत जग्गाको मूल्य सोधका छौं,’ उनले भने, ‘हामीले पनि बुझेका छौं। चलनचल्तीको मूल्य भन्दा तेब्बर मूल्यमा खरिद गरी ठूलो आर्थिक चलखेल भएको छ।’

उनले भ्रष्टाचारीको जात, धर्म र दल नहुने भन्दै आयल निगमको जग्गा खरिद प्रकरणमा छानविन गर्नुपर्ने बताए। उनले जिम्मेवार निकायमा बस्ने व्यक्तिले नै लाचारी प्रकट गरेको भन्दै आपत्ति जनाए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution