एनआरएन इजरायलको निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक, मतदाताहरुको नामावली खै ?

गैरआवासीय नेपाली संघ इजरायलको निर्वाचन समितिले संघको पाँचौ अधिवेशन (२०१७ – २०१९) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ | मतदाताहरुको नामावली सार्वजनिक गर्नु भन्दा पहिला नै उम्मेदारी मनोनयनको तालिका सार्वजनिक भएको भनेर सामाजिक संजालमा प्रतिक्रियाहरु आएको छ |
सामाजिक संजाल मार्फत अध्यक्षको उम्मेदार घोषण गरी सकेका छिरिङ शेर्पाले प्रतिक्रिया दिदै यस्तो लेखेका छन् -निर्वाचन समितिले 4 अगस्त शुक्रवार ५ बजे भित्र एनआरएन इजरायलको नयाँ सदस्यता लिएका नविकरण गरेका व्यक्तिहरुको अधकट्टी रसिद बुझाउने समय तोकिएकोमा मतदाताहरुको नामावली रुजू गरी मतदाताहरुको नामावली प्रकाशन गर्ने,मतदाताहरुको नामावलीमाथि दावी बिरोध गर्ने ,सच्याउने र अन्तिम नामावली प्रकाशन गर्ने समय दिनु पर्नेमा ५ अगस्तमा नै उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम सार्वजनिक गर्दा साँच्चै अचम्म लाग्यो ! मतदाता नामावली नै प्रकाशन नगरी गरिने निर्वाचन यो कस्तो खालको हो ? क-कसले भोट हाल्न पाउने हो कस्तालाई उम्मेदवारलाई दावी बिरोध लाग्ने हो ? मतदाता नै हुन नपाउने व्यक्ति उम्मेद्वारी दर्ता गराउने हो कि ? निर्वाचन समितिले निर्वाचन कार्यक्रम र आचार संहिता बनाउँदा सम्बन्धित पक्षसंग छलफल गरेर सार्वजनिक गर्न किन आवश्यक ठान्दैन ?
निर्वाचन समितिले सार्वजनिक गरेको सूचना !
१. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन ) मा निर्वाचनको लागि बिभिन्न निम्न उल्लेखित पदहरुमा उम्मेदवारी हुन् चाहने व्यक्तिहरुको हकमा : मिति ११ अगष्ट सुक्रवार दिउसो ४ बजे देखि बेलुका ७ बजे सम्म आफ्नो उम्मेदवारी मनोनयन पत्र (उम्मेदवारको निबेदन पत्र ) निर्वाचन समिति समक्ष दर्ता गरि सक्नु पर्ने छः उम्मेदवारको उम्मेदवारी पत्रमा एक जना प्रस्तापक र एक जना समर्थक अनिवार्य हुनु पर्ने छ |
२.यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन ) को २६ अगष्टमा हुन् गई रहेको ऐतिहासिक निर्वाचनमा निम्न पदहरुमा उम्मेदवारी दिन सकिने छः (क) आई.सी.सी.सदस्य प्रतिनिधि -१ जना (ख ) अध्यक्ष – १ जना (ग ) बरिष्ठ उपाध्यक्ष – १ जना (घ ) महिला उपाध्यक्ष -१ जना (ङ् ) उपाध्यक्ष -१ जना (च ) महासचिव -१ जना (छ ) सचिव – १ जना (ज ) सह-सचिव -१ जना ( झ ) कोषध्यक्ष -१ जना (अ ) सह-कोषध्यक्ष – १ जना (ट ) पुरुष प्रतिनिधि – १ जना (ठ ) महिला प्रतिनिधि – १ जना (ड ) सदस्यहरु – ४ जना : माथि उल्लेखित पदहरुमा निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिहरुको हकमा उम्मेदवारी दिन वा बन्न सक्नु हुने छ |
३. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको निर्वाचनमा २०१७ ( पाचौ अधिबेसन) मा यस गैर आवासिय संघ इजरायलको अध्यक्ष पदमा उमेदवारी दिनको लागि कुनै पनि अघिल्लो गैर् आवासिय संघ इजरायलको कार्य समितिमा जुनसुकै पदमा रहेर काम गरेको व्यक्ति हुनु पर्ने छ,अन्य पदको हकमा भने यो नियम लागु हुने छैन |
४. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन ) को निर्वाचनमा अध्यक्ष पदमा उमेदवार बन्नको लागि अन्य् कुनै पनि संघ सस्था संगठनको अध्यक्ष,सभापति,संयोक पदमा रहेको (आसिन भएको) ब्यक्ती यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार हुन् गैर आवासिय नेपाली संघको बिधानले दिने छैन,उक्त कारण अहिलेको अवस्थामा उक्त अन्य संघ / सस्था /संगठनको अध्यक्ष पदमा रहेको कोही व्यक्ति भएमा उक्त पद बाट राजिनामा दिनु पर्ने छः उक्त व्यक्तिले दिएको राजिनामा पत्र आफ्नो उम्मेदवारी मनोनयन पत्र सगै निर्वाचन समिति लाई बुझाउनु पर्ने छ |
५. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन ) को निर्वाचनमा बिभिन्न पदमा उम्मेदवारी दिएर उम्मेदवार दर्ता भएका उम्मेदवारहरु प्रति कुनै कुराको बिषयको बारेमा निर्वाचन आचारसंहिता विपरीत रहेको वा अन्य बिषयमा सङका भएमा उम्मेदवार प्रति दाबी बिरोध वा उजुरी गर्नु पर्ने भएमा मिति : ११ अगष्ट सुक्रवार बेलुकी ९ बजे बाट १२ अगष्ट शनिबार बिहान ११ बजे सम्म निर्वाचन समिति समक्ष अनलाईन मार्फत दाबी, बिरोध,उजुरी गर्न पाउने समय सिमा तोकिएको छ !! उक्त तोकिएको समय सिमा समाप्त भए पछी मिति : १३ अगष्ट आईत बार बेलुकी ४ बजे देखि ५ बजे भित्रमा निर्वाचन समिति बाट अन्तिम उम्मेदवारहरुको नामावाली प्रकाशन गरिने छ |
६. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन ) को निर्वाचनमा उम्मेदवारले कुनै पदमा उम्मेदवारी दिए पछी यदि कुनै उम्मेदवार लाई उम्मेदवारी फिर्ता लिन चाहानु हुने भएमा उम्मेदवारको हकमा मिति : १२ अगष्ट शनिबार बिहान १२ बजे देखि बेलुका ५ बजे सम्म उम्मेदवारी फिर्ताको निबेदन अनलाई मार्फत निर्वाचन समिति लाई बुझाई उम्मेदवारी फिर्ता लिन सक्नु हुने छः उक्त बिषयमा उम्मेदवारले उम्मेदवारी फिर्ता लिदा उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा बुझाएको उम्मेदवारको निवेदनको दर्ता शुल्क : ५० % घटाएर वा (कटाएर )निर्वाचन समितिले फिर्ता गर्ने छःउक्त रकम गैर आवासि संघको कोषमा दाखिला हुन् जाने छ |
७.यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन ) को निर्वाचनमा उम्मेदवारको रुपमा भाग लिन उम्मेदवार बन्ने व्यक्तिको हकमा : यस इजरायलमा बैधानिक रुपमा भिसा भएको वा ( स्पेसल भिसा भएको ) नेपाली राहदानी ( passport ) बाहक व्यक्ति यस निर्वाचनमा जुनसुकै पदको उम्मेदवार बन्न पाउने छः उक्त व्यक्तिले आफ्नो उम्मेदवारी पत्रमा एक प्रति पासपोर्ट साईजको फोटो सहित राहदानी र भिसाको (फोटो कपि संलग्नता राखी उम्मेदवारी दर्ता पत्रमा बुझाउनु पर्ने छ !! यदी निर्वाचन समिति लाई उक्त बिषयमा सङका भएमा सम्बन्धित निकायमा बुझ्न् सक्ने छ |
८. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन ) को निर्वाचनमा उम्मेदवारको हकमा : उम्मेदवार हुने व्यक्तिले उम्मेदवार मनोनयन (निबेदन पत्र ) दर्ता गर्दा उम्मेदवारी दर्ता शुल्क अनिवार्य रुपमा नगद बुझाउनु पर्ने छःउक्त उम्मेदवारहरुको दर्ता शुल्क उम्मेदवारको हकमा निर्वाचनमा जित-हार जे भए पनि उक्त दर्ता शुल्क फिर्ता गरिने छैन :उक्त रकम गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोषमा दाखिला हुन् जाने छः निर्वाचनमा उम्मेदवारको पद अनुसार उम्मेदवारले बुझाउनु पर्ने दर्ता शुल्क यस प्रकार छ |
(क) यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ को निर्वाचनमा (आई.सी.सी.सदस्य) प्रतिनिधिको पदको लागि उम्मेदवारी दर्ता शुल्क : २५०० सेकेल लाग्ने छ |
(ख) यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ को निर्वाचनमा (अध्यक्ष) पदको लागि उम्मेदवारी दर्ता शुल्क : २००० सेकेल लाग्ने छ |
(ग) यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७को निर्वाचनमा ( बरिष्ठ उपाध्यक्ष देखि महिला उपाध्यक्ष,अन्य उपाध्यक्ष,महासचिव,सचिव,सहसचिव,कोषाध्यक्ष,सह कोषाध्यक्ष,पुरुष प्रतिनिधि, महिला प्रतिनिधि सम्मको पदको लागि उमेद्वारी दर्ता शुल्क : १००० सेकेल लाग्ने छः त्यस्तै गरेर सदस्य पदको लागि उम्मेदवारी दर्ता शुल्क ५०० सेकेल लाग्ने छ |
९. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ को ( पाचौ अधिबेसन ) को निर्वाचनमा मिति : ९ अगष्ट बेलुकी १० बजे मतदाताहरुको नामावली प्रकाश हुने छः मिति : १० अगष्ट बिहान ७ बजे बाट बेलुकी ४ बजे सम्म मतदाताहरुले नामावलीमा केहि (गल्ति,त्रुटी ) भए आफ्नो नामावली सच्याउन सक्नु हुने छः उम्मेदवार हुने व्यक्तिले निर्वाचन समिति बाट लगेको मतदाताको सदस्य सङ्कलन रसिद अनिवार्य रुपमा बुझाउनु पर्ने यदि उक्त मतदाता सदस्य सङ्कलन रसिद बुझाउन बाकी रहेको खण्डमा उम्मेवार को उम्मेदवारी निर्वाचन समितिले दर्ता गर्ने छैन उक्त व्यक्तिको उम्मेदवारी स्वतह रद्द हुने छ |
१०.यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ (पाचौ अधिबेसन ) को निर्वाचनमा भाग लिने उम्मेदवारहरुले मतदाताहरु समक्ष कुनै किसिमको आर्थिक वा अन्य खालको प्रलोभनमा पारेर मतदाताहरु समक्ष मत मागेको वा मतदाताहरु लाई आफ्नो पक्षमा पार्न मतदाताहरुको मत किनेको प्रमाण पाएमा वा अन्य तवर बाट प्रत्यक्ष रुपमा दबावमा राखेर मतदाताहरु लाई आफ्नो पक्षमा पार्न कुनै खालको कृयाकलाप गरेको प्रमाण भेटिएमा वा उम्मेदवार र मतदातको हकमा फर्जी कागजात लिई निर्वाचनमा भाग लिन आएमा निर्वाचन समितिले उक्त व्यक्तिको मत हाल्ने अधिकार र उम्मेदवारको उम्मेदवारी समेत रद्द गर्न सक्ने छ |
११.यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन ) को निर्वाचन हुने मितिको ३ दिन अगाडी बाट निर्वाचनका उम्मेदवारहरुको मौन समय (मौन अबधि ) शुरु हुने छ उक्त समय शुरु हुदा निर्वाचनको दौडमा रहेका उम्मेदवारले: मिति २३ अगष्ट बुधबार बिहान २०१७ बाट प्रत्यक्ष रुपमा उपस्थित भई कुनै मिडिया वा न्युज सभा प्रत्यक्ष कार्यक्रम गरेर वा कुनै सामाजिक संजाल फेसबुक बाट लाईभ प्रचार,प्रसार गर्न मनाई गरिएको छ, यदि काही कतै बाट निर्वाचनमा भागलिने उम्मेदवारले उक्त मौन अवधिको समयमा उक्त कार्य गरेको प्रमाण भेटिएमा निर्वाचन समितिको आचारसंहिता उलंघन गरेको ठहर गर्दै उक्त व्यक्ति लाई जरिमाना गराउने अर्थात् उसको उम्मेदवारी रद्द समेत गर्न सक्ने छ |
१२. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन ) को निर्वाचनमा उम्मेदवार हुनको लागि यस देश इजरायलमा बैधानिक रुपमा बसेको हुनु पर्ने छ र उसले कुनै पनि इजरायलको र नेपालको संविधानको कानून भन्दा बाहिर गएर कुनै पनि कार्य वा क्रियाकलाप गरेको वा कानूनले दोषी ठहराएको वा कुनै फौजदारी अभियोगमा मुद्दा लागेको अर्थात् मुद्दाको प्रक्रियाको कार्य अदालतमा चलिरहेको अवस्थाको व्यक्ति भएमा यस गैर आवासिय संघ इजरायलको निर्वाचन २०१७ को ( पाचौ अधिबेसन ) मा उम्मेदवार हुन पाउने छैन |
१३.यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन ) को निर्वाचनमा प्यानल बाट उठ्ने उम्मेदवारहरुको तर्फ बाट २ जनाको दरले र स्वतन्त्र तर्फ बाट उठ्ने उम्मेदवारको तर्फ बाट १ जनाको दरले गैर आवासिय नेपाली संघ इजरायलको २०१७ को निर्वाचनमा निर्वाचन समिति लाई सहज कर्ताको रुपमा सहयोग गर्न एजेन्ट प्रतिनिधिहरु अनिवार्य रुपमा पठाउनु पर्ने छः साथै निर्वाचनको दिन निर्वाचन भई रहेको स्थानमा मतदाताहरु लाई सहयोग गर्न अर्थात् निर्वाचन समिति लाई सहयोग गर्न (सहज कर्ताको रुपमा ) ५ देखि १० जना सम्मको स्वयम सेवक टोलिको ब्यबस्था गरिने छः उक्त निर्वाचनको दिन स्वयम् सेवक बस्न चाहने व्यक्तिहरुले निर्वाचन समिति समक्ष सम्पर्क गरि आफ्नो नाम टिपाउन सक्नु हुने छ |
१४. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन ) मा निर्वाचनमा निर्वाचन लाई स्वच्छ,धादली रहित,निष्पक्ष तवर बाट निर्वाचन सम्पन गर्नको लागि एक जना प्रमुक परिबेक्षक सहित ४ देखि ६ जना सम्मको निर्वाचन परिबेक्षक प्रतिनिधिहरु राखिने ब्यबस्था गरिने छः उक्त निर्वाचनमा प्रमुख परिबेक्षको रुपमा नेपाली राजदूतावास इजरायल बाट राजदुत महामहिम ज्यु र अन्य् परीबेक्षकहरुमा : यु.एन बाट नेपाली राजदुतावास बाट पुर्व आई.सी.सी.सदस्य लगायतका निकायहरु बाट परिबेक्षक प्रतिनिधिहरु लाई आमन्त्रण गरिने व्यवस्था गरिएको छः उक्त परिबेक्षक प्रतिनिधिहरु निर्वाचनको मतदान र मद् गणना सम्पन गरि बिजयी उम्मेदवारहरुको नाम घोषणा र सफत ग्रहण कार्यक्रम हुदा सम्म रहनु हुने छ |
१५. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन ) को निर्वाचनमा निर्वाचनको दिन मत दाताहरु लाई मत खसाल्ने समय ( मत पोलिङ्) गर्ने समय २६ अगष्ट बिहान ८ बजे बाट शुरु गरि बेलुकी ५ बजे सम्मको समय तोकिएको छः उक्त ५ बजे सम्म सबै लाईनमा बसेका मतदाताहरु लाई निर्वाचन समितिको घेरा भित्र राखेर उक्त मत दाताहरुको हकमा भने मत खसाल्ने समय सम्म निर्वाचन जारी हुने छः तर उक्त दिन ५ बजे पछी आउने मतदाता हरुलाई उक्त निर्वाचनमा सहभागी गरिने छैन,उक्त २६ अगष्टको दिन निर्वाचन भई रहेको (स्थानको मत पेटिका रहेको स्थल वा कार्यलयमा ) निर्वाचन् समितिक व्यक्तिहरु र परिबेक्षकहरु र उम्मेदवारको तर्फ बाट तोकिएको एजेन्ट प्रतिनिधिहरु मात्र रहने ब्यबस्था गरिएको छ |
१६. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन ) को निर्वाचन लाई धादली रहित निष्पक्ष स्वच्छ वातावरणमा निर्वाचन सम्पन गर्ने उदेश्य अनुरुप सुरक्षा ब्यबस्था लाई मध्य नजर गर्दै उक्त निर्वाचन स्थल (कार्यालय) को गेटमा ( ढोकामा ) भित्र र बाहिर एक/एक जना सुरक्षा गार्डको ब्यबस्था गरिने छः उक्त गेट (ढोकामा ) मत हाल्न जाने व्यक्ति वा अन्य कुनै व्यक्ति लाई सुरक्षा गार्डको र निर्वाचन समितिको अनुमति बिना भित्र जान र साथमा कुनै बस्तु लान मनाही गरिएको छः मत हाल्न जाने व्यक्तिको हकमा भने मतपत्र लिएको व्यक्ति लाई सुरक्षा गार्डले मत पोलिंङ् गर्ने व्यक्तिको हातमा (स्टाम्प) छापको प्रमाण चिन्न लगाई भित्र छिराउने व्यवस्था गरिएको छ |
१७. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको निर्वाचनमा २०१७ ( पाचौ अधिबेसनमा ) मत (भोट ) हाल्न जाने व्यक्तिको हकमा : निर्वाचन समितिको माथहतको एजेन्ट प्रतिनिधि बाट प्राप्त मतदाता रसिदको नम्बर / नाम / पासपोर्ट नम्बर र नेपालको ठेगना भएकों चिटको आधारमा निर्वाचन समितिले उक्त व्यक्तिको एजेन्ट प्रतिनिधिले दिएको सबै प्रमाण ठिक छ छैन हेरी निर्वाचन समितिले मत पत्र दिने व्यबस्था गरिने छ,उक्त निर्वाचन समितिले दिएको मत पत्र लिई मतदाताले मतदान स्थल भित्र गएर मत हाल्न पाउने ब्यबस्था गरिएको छ |
१८.यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन ) निर्वाचनमा उठेका उमेद्वारहरु लाई मतदाताहरुले मत (भोट ) हाल्ने मतदाताको हकमा : नेपाली राहादानी बाहक व्यक्ति हुनु पर्ने छः उक्त मत हाल्ने ( मत पोलिंङ् ) गर्ने व्यक्तिले आफ्नो राहादानी र आफ्नो सदस्य रसिद अनिवार्य रुपमा लिएर आउनु पर्ने |
१९. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन ) मा निर्वाचन समितिले २६ अगष्टमा निर्वाचनको दिन निर्वाचन गराउने स्थान र कार्यालय तेल अभिब बस पार्क इजरायलको :- ( Everest Hall Takhana Markhazit 3rd floor Gate no: 37 ) को बिपिन जी को एभरेष्ट हलमा ब्यबस्था गरिएको छ |
२०. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन ) मा निर्वाचनको लागि चाहिने मत पत्र निर्वाचनमा मत ( भोट् ) हाल्ने स्वस्तिक छाप् निर्वाचनको दिनमा निर्वाचनको प्रकृयाको बारेमा निर्वाचन नियमावली निर्वाचनको बारेमा अन्य जानकारी मतदाताहरुको अन्तिम नामावाली उमेदवारहरुको अन्तिम नामावली इत्यादी सबै बिषयको जानकारी / प्रकाशन निर्वाचन समितिले क्रमश आगामी दिनमा सर्वजनिक गर्दै जाने छ |
२१. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन) को निर्वाचनमा उम्मेदवारहरु बाट वा मतदाताहरु बाट कुनै पनि व्यक्तिले कुनै खालको उच्छृङ्खल क्रियाकलाप / हुल्दुङ्गा वा अन्य निर्वाचन लाई प्रत्यक्ष असर पुर्याउने खालको कार्य गरेमा उक्त उम्मेदवार वा मत हाल्ने मतदाता रहेको व्यक्ति लाई उसको उम्मेदवारी र मत हाल्ने व्यक्तिको मत हाल्ने अधिकार बाट स्वतह बन्चित गर्दै निर्वाचन समितिले सुरक्षाको सम्बन्धित निकायमा खबर गरी कडा भन्दा कडा कार्यबाही को प्रक्रिया चालिने छ |
२२. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ (पाचौ अधिबेसन ) को निर्वाचनको दिन मत (भोट हाल्ने ) समय अबधि सकिए पछी, निर्वाचन समिति, परिबेक्षक,उम्मेदवार र उमेदवारका एजेन्ट प्रतिनिधिहरु सहित निर्वाचन मत पेटिकामा सिल्बन्धि गरिने छः उक्त सिल्बन्धि गरिएको मत पेटिका मत गणना गर्ने समयमा सबै उम्मेदवारहरु र उमेदवारका एजेन्ट प्रतिनिधिहरु,परिबेक्षक प्रतिनिधिहरु र निर्वाचन समिति बिचमा मत गणना गर्दा आई पर्ने बाधा,अड्चन र समस्याहरुको बारेमा साझा सहमति गरि सबैको मन्जुरीमा मुचुल्का उठाई सबैको हस्ताक्षर गराई, मत पेटिका खोलि मत गणना कार्य शुरु गरिने छ |
२३. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन) को निर्वाचनमा मत गणना कार्य जारी रहुन्जेल कुनै पनि उम्मेदवार प्रतिनिधिहरु तथा अन्य एजेन्ट प्रतिनिधिहरु लाई मत गणना स्थान बाट बाहिर जान मनाही गरिने छः अन्य बाहिर बाट कुनै पनि व्यक्ति लाई मत गणना सम्पन नहुन्जेल मत गणना स्थल भित्र छिर्न मनाई गरिने छ |
२४. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ (पाचौ अधिवेसन ) को निर्वाचनमा मत गणना कार्य सम्पन भए पछी निर्वाचन पिबेक्षकहरुको उपस्थितमा निर्वाचनमा बिजयी उम्मेदवार प्रतिनिधिहरु सबै लाई निर्वाचन समिति संयोजक ज्यु बाट सफतग्रहण बधाई तथा प्रमाण-पत्र वितरणको कार्यक्रम रहेको छः उक्त कार्यक्रम पछि निर्वाचनको प्रमुख अतिथि परिबेक्षक ज्यु बाट निर्वाचन समितिका प्रतिनिधिहरु लाई सौहाद्रपूर्ण वातावरणमा निर्वाचन सम्पन गरेको उपलक्ष्यमा बधाई कार्यक्रम रहेको छ |
२५. यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल (२०१७ पाचौ अधिवेसन ) को निर्वाचनमा सम्पुण कार्यक्रमहरु सम्पन भए पछी निर्वाचनमा भाग लिने सम्पूर्ण उम्मेदवार प्रतिनिधिहरुले : निर्वाचन समितिका प्रतिनिधिहरु,परिबेक्षक प्रतिनिधिहरु,एजेन्ट सुरक्षा गार्ड प्रतिनिधिहरु सबै लाई धन्यवाद बधाई ज्ञापन तथा बिधाई कार्यक्रम रहेको छ |
साथै यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१७ ( पाचौ अधिबेसन) को निर्वाचन सम्बन्धि कुनै पनि विषयमा वा निर्वाचन सम्बन्धि आचारसंहितामा दुविधा वा अन्योल भएमा सम्बन्धित निर्वाचन समितिका व्यक्तिहरु सग फोन सम्पर्क गरेर बुझ्न सक्नु हुने छ |
निर्वाचन समिति
१.संयोजक: सुबास खरेल :टेलिफोन: ०५२८८८२७२४
२.सदस्य सचिव :दीपेन्द्र थापा टेलिफोन :०५४९५३४५४४ :
३. सदस्य सुन्दरसिंह लामा तामाङ् :टेलीफोन: ०५२६६५८९०४
४.सदस्य : सुन्दर नेपाल :टेलीफोन:०५४५७०६८७३
५.सदस्य : तारा काउचा मगर: टेलीफोन : ०५४८३२२३७९
नोट: थप अन्य निर्वाचन सम्बन्धि बिषयमा जानकारीको लागी निर्वाचन समितिको अन्य बैठक पश्चात क्रमबद्ध रुपमा सार्वजनिक गर्दै जानेछौ !!
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इजरायल
(निर्वाचन समिति २०१७ )
सचिव : दिपेन्द्र थापा