इजरायलमा २३ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने तयारी

तेलअविव -प्रवास भुमी इजरायलमा स्थापित जातीय संघ संस्थाहरुको एक मात्रै साझा संगठन नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा “बिश्वका आदिवासी जनजाती एक होऔ !आफ्नो भेषभुषा , भाषा , धर्म लिपी कला संस्कृतीको संरक्षण र सम्बर्धन गरौं !!”अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि अादिवासी जनजातीको अडान
पहिचान सहितको संघीयताका लागि संविधान संसाेधन हाम्राे साझा अभियान” भन्ने मूल नारा सहित आगामी ११ अगस्ट २०१७ (शुक्रबार) साँझ ८ बजे तेलअविव स्थित लेवण्डा ३२ तेस्राे तलामा रहेको हलमा २३ औं विश्व आदिवासी दिवस भब्यताको साथ मनाउने भएको छ |
विश्व आदिवासी दिवस हरेक बर्ष अगष्ट ९ तारिख परेता पनि परदेशको काम र छुट्टीको परिस्थितिलाई मध्यनजर गर्दै अगष्ट ११ तारीख शुक्रबार कार्यक्रम गर्ने भएको छ । बिगतका बर्षहरुमा झै यस बर्षको कार्यक्रमलाई पनि सम्बोधन गर्नुको निमित्त नेपाल आदिवासी जनजाती महासंघ केन्द्रका उपाध्यक्ष तथा प्रवत्ता नबिन रोका मगर र महासचिव नित्यनन्द ताजपुरीय आउनु हुने भएको छ ।
उक्त कार्यक्रममा आ- आफ्नो जातीय समुदायको जातीय सांस्कृतिक पहिचान झल्किने नृत्य, गानाहरु रहने छन । यस कार्याक्रमलाई भब्यताको साथ सु सम्पन्न गर्नुको निमित्त इजरायलवासी सम्पुर्ण आदिवासी जनजाती दाजुभाइ तथा दिदिबहिनीहरु साथै गैरआदिवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सहभागिताको निमित्त नेपाल आदिवासी जनजाती महासंघ इजरायल द्वारा हार्दिक अनुरोधका साथ निमन्त्रणा गरेको छ |