हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

तामाङ संस्कृति – छोङखोर अर्थात् चारदाम के हो ?

विवाहको समय छोरीचेली कुटुम्बलाई जिम्मा दिने बेलामा ४ वस्तु हरुलाई साक्षीको रुपमा राखेको हुन्छन् | जस्तै १) विवाह हुने स्थलको अलौकिक देवी देवताहरु, २) हिमालको डाँफे र तराइको मयुँरहरु को लागि जिउदो कुखुराको भाले, ३) जल जन्तु हरु गोही कछुवा आदिका लागि जिउउदो माछा र ४) विवाह हुने स्थलमा उपस्थित भएको सजन महानुभावहरु गरि जम्मा ४ वस्तु हरु लाइ साक्षी राखेर ति विबाह भइ रहेको छोरिचेलि कुटुम्बलाई जिम्मा दिइन्छ। यसलाई नै चारदाम भनिन्छ। उक्त समारोहमा सबै कुरा जिम्मा दिएत पनि छोरीचेली को रुइ अर्थात् थर चाही माइती संग नै रहने छ।

तामाङ जातिको सस्कृति पक्षका मौलिकता खोजेर हेर्ने हो भने रुइबा भनेको ‘हाड’ होइन, रुई अर्थात् ‘थर’ भनेको हो। गड्बडी यहि रुइबा र रुइबीच भएको छ। कारण ‘थर’ भन्नु पर्नेमा ‘हाड’ भनियो, यो सर्वसाधारण सबैले थाहा पाउनु पर्ने विषय हो। कि-कुनै योन्जन बंशकि छोरी घिसिंङ को छोरा संग विवाह हुन्छ भने उनि घिसिंग कहिलै हुन्नन्। उनको जवन भरि उनि योन्जन नै भइरहन्छ चारदाम मा भन्न खोजेको कुरा यहि हो। तर यस कुरालाई कति बेला कुन जिब्रो ले रुइबा ‘हाड’ भनिदिएकाले हामि तामाङ हरुमा यो सुधार्नु पर्ने बिषयका रुपमा देखा परेको छ।

तामाङ समुदायमा विवाहको बेला कुटुम्बलाई छोरीचेली दिदा चारदामको बेलामा चेलीको रगत, मासु, शरीर सबै कुटुम्बलाइ जिम्मा लगाईने तर थर चाही माइती संग नै राखी कुटुम्बलाइ नदिने भन्ने चलन छ, त्यसै गरि मृत्युपश्चात पनि ति चेलीको लाश माइतीको उपस्थिति मा मात्र दाहसंस्कार गर्ने चलन छ।

विवाह को बेला छोङखोर अर्थात् चारदाम दिदा प्रस्तुत गरिने शब्दहरु;

आज मिति २०७४ साल भदौ १ गते आइतबारको दिन सभापोखरी गा.बि.स. वाड नं.- ४ तमिंग निवासी श्री बीरबहादुर योन्जनको जेष्ठीसुपुत्री पञ्च इन्द्रिय स्कन्धद्वारा बनिएको काय अर्थात् शरीर सिता योन्जनको नामले परिचित साथै धरान म.न.पा.-१० पुतलीबजार निवासी श्री सरोज गोलेको ज्यष्ठ सुपुत्र श्री सुधिर गोलेको साथ जीवन साथीको रुपमा सुम्पिदै छौ।
यो संदेश यस गाउका अलौकिक देविदउता लगायत सजिब रुपमा यहाँ हिमालयको डाँफे र तराइको मयुर मुनाल ले सुनोस भनि जसको प्रतिनिधि हामीले परेवा या कुखुराको भाले राखेका छौ । जल जन्तुहरुमा-माछा, गोही, कछुवा, आदिले सुनोस भनि जसको प्रतिनिधि हामीले माछालाइ राखेको छौ भने यहाँ विराजमान सम्पूर्ण भद्रगन महानुभावहरुलाई साक्षी राखी आजको मिती र घडीपला देखि हाम्रा जेष्ठी सुपुत्री सिता योन्जन तपाई हरुको छोरा सुधिर गोलेको घर दलन मा जिम्मा लगाएका छौ। आज देखि उता गोले थरको जीवन साथी अर्थात् पत्नी को रुपमा रहेता पनि योन्जन थर नै जीवन पर्यन्त रहिरहने छ।

यसरी विधिवत रुपमा कार्यक्रम को अन्त्य भए पछि ति पन्छी गण डाँफे, मयुर र मुनालको प्रतिनिधि परेवा या कुखुराको भाले राखेको हुदा त्यसै गरि जल जन्तुको प्रतिनिधि माछा लाइ राखिएको हुन्छ। अनि ति कुखुराको भाले र माछालाई जीवन दान गर्नु र आ-आफ्नो स्थानमा जिउदै छोडिदिनु पर्दछ। अनि उनीहरुको दाम्पत्यजीवन पनि त्यसै गरि सुख शान्तिमय बित्नेछ।

यस प्रक्रियाअनुसार परम्परा देखि विश्वास के छ भने जीवन दान अर्थात् ‘छे थार’ गरिएको पन्छी गणको प्रतिनिधि परेवा या कुखुरा को भालेले समस्त पन्छी गण लाइ सिता योन्जन र सिधिर गोले बिचको वैवाहिक सम्बन्ध गासिएको सन्देस सुनाउछ भने जल जन्तुको प्रतिनिधि माछाले समस्त जलजन्तुहरुलाई यहि संदेश सिता योन्जन र सुधिर गोलेको वैवाहिक सम्बन्ध भएको समाचार सुनाउँछ। अनि जति संदेश व्याप्त भएर जान्छ त्यति नै उनीहरुको दाम्पत्यजीवन पनि शान्त र गरिमामय भइ बिताउने छ भन्ने हाम्रो मौलिक विश्वास छ। यो परम्परा बौद्ध धर्मको सस्कृति संग पनि मिल्दछ।

अर्को तिर दुखको कुरा के छ भने कतिपय तामाङ समाजमा पन्छिगण को प्रतिनिधि कुखुराको भाले चारदाम गरेको हुन्छ। अनि त्यो सुकर्म सके पछि भालेलाई च्वाट्ट काटेर खाने गर्दछन। जसलाई साक्षीको रुपमा राखिएको हुन्छ, भाले नै काटेर खाएपछि साक्षी कसले बसिदिन ? साथै जलजन्तु को प्रतिनिधि जिउदो माछा साक्षीको रुपमा राखी जिउदै छाडिदिनु पर्ने मा कतिपय ठाउहरुमा चारदामको बेलामा मरेको माछा ल्याएर राखे पछी साक्षी कसले बसी दिने ? त्यसो हुनाले जिउदै कुखराको भाले र जिउदै माछा ल्याई चारदामको बेलामा राख्नु पर्दछ। अनि चारदाम दीइसकेपछी आ-आफ्नो सथानमा जीवनदान र सन्देस हरु आ-आफ्नो स्थल मा पुर्याओस भनि उनि हरुलाई जिवितै छाडिदिनु पर्दछ।

सिङ मान तामाङ द्वारा लिखित , तामाङ जाति, इतिहास देखि वर्तमान सम्म
भन्ने किताब बाट साभार | फेसबुक @ मनराज लामा योन्जन






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution