एनआरएन इजरायल निर्वाचन समितिको जरुरि सूचना

तेलअविव – ग़ैर अावासीय नेपाली संघ इजरायलको पाचौ अधिवेसन आगामी २६ अगष्ट शनिबार २०१७ मा हुन गहिरहेको निर्वाचनको लागी चाहिने (मतदाता नामावली) संकलन सामग्री नयाँ सदस्य रसिद लिने समय यसै गैर आवासिय संघ इजरायलको निर्वाचन समितिले आफ्नो सूचना मार्फत ३० जुलाई आईतबार २०१७ सम्म सदस्य रसिद लिनेअन्तिम मिति खुल्ला राखिएको जानकारी सबै इजरायलमा हुने प्रवासी नेपाली सबै लाई सर्वबिधितै छ उक्त मितिको अन्तिम समय आउन लाग्दा ,उक्त बिषय लाई मध्यनजर राख्दै २८ जुलाई सुक्रबार २०१७ मा बसेको गैर आवासिय संघ इजरायलको निर्वाचन समितिको बैठकले यस प्रवासि भूमि इजरायलमा रहनु हुने सबै नेपाली हरको सल्लाह सुझाब रअनुरोध लाई मनन गर्दै धेरै भन्दा धेरै प्रवासी नेपाली हरुले यस गैर आवासिय संघ इजरायलको पाचौ एतिहासिक अधिबेसन २०१७ को निर्वाचनमा सबै लाई समेट्दै सबैले पाएको आआफ्नो मत हाल्ने अधिकार लाई सुनिश्चित गर्दै कोहि पनि यस निर्वाचानमा भाग लिन बाट नछुटुन मत हाल्ने अवसर बाट बन्चित नहुन भन्ने उदेश्यले उक्त ३० जुलाई आईतबार सम्म रहेको निर्वाचनको अन्तिम (मतदाता नामावली) संकलन नयाँ सदस्य रसिद लिने मिति लाई निर्वाचन समितिले म्याद थप गरि ४ अगष्ट सुक्रवार बेलुकी ५ बजे सम्मको लागि निर्धारण गरिएको कुराको जानकारी यसै सूचना मार्फत सबैको माझ सार्वजनिक गर्दछौ,उक्त दिन सदस्य रसिदको ठेली लानुहुने मानुभाव हरुले सबै सदस्य रसिदको ठेली ४ अगष्ट सुक्रबार बेलुकी ५ बजे भित्र गैर आवासिय संघ इजरायल २०१७को निर्वाचन समितिका प्रतिनिधिहरु लाई अनिवार्य रुपमा बुझाउन हुन् हार्दिक अनुरोध गर्दछौ,यदि उक्त मिति र समय भित्रमा नबुझाएका सदस्य संकलन रसिद ठेलीहरु समय अबधि पछी बुझाउन ल्याएमा उक्त सदस्य रसिद ठेली भित्रका सदस्यहरुका नाम लाई गैर आवासिय संघ इजरायलको पाचौ अधिबेशन २०१७ को निर्वाचनमा समाबेस गरिने छैन,यसै बिषय लाई मध्य नजर गर्दै नयाँ सदस्य रसिद ठेली लानुहुने मनुभावहरुले यथाशीघ्र उक्त समय अवधिमै सम्बन्धि निर्वाचन समितिका प्रतिनिधिहरु समक्ष बुझाउनु हुन् हार्दिक हार्दिक अनुरोध गर्दछौ |
साथै गैर आवासिय संघ २०१७ को( पाचौ अधिबेशन) निर्वाचन सम्बन्धि कुनै पनि विषयमा दुविधा वा अन्योल भएमा सम्बन्धित निर्वाचन समितिका व्यक्तिहरु सग फोन सम्पर्क गरेर बुझ्न सक्नु हुने छ |
निर्वाचन समिति :
१,संयोजक: सुबास खरेल :टेलिफोन: ०५२८८८२७२४
२सदस्य सचिव :दीपेन्द्र थापा टेलिफोन :०५४९५३४५४४ :
३, सदस्य : सुन्दरसिंह लामा तमाङ्ग : टेलीफोन: ०५२६६५८९०४
४, सदस्य : सुन्दर नेपाल :टेलीफोन:०५४५७०६८७३
५,सदस्य : तारा काउचा मगर: टेलीफोन : ०५४८३२२३७९
नोट: थप अन्य निर्वाचन सम्बन्धि बिषयमा जानकारीको लागी निर्वाचन समितिको अन्य बैठक पश्चात क्रमबद्ध रुपमा सार्वजनिक गर्दै जानेछौ !!
(निर्वाचन समिति २०१७ )
सचिव : दिपेन्द्र थापा