हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

काठमाडौँ उपत्यकावासीले अगस्ट १ तारिख इन्टरनेट हडताल गर्ने

इतिहासमा पहिलो पटक, नेपालमा इन्टरनेट हड्ताल हुँदैछ। विश्वका कतिपय मुलुकहरूमा यो सामान्य भए तापनि नेपालमा भने यो एउटा नयाँ र फरक धारणा हो। एकचोटी अमेरिकामा एउटा कानुनको विरोध गर्न विभिन्न वेबसाइटहरू केही निस्चित समयका लागि वेबसाइट मालिकले नै हटाएका थिए। यस पछि उनीहरू सडका उर्लिए। नेपालमा भने यो पहिलो इन्टर्नेट हड्ताल नयाँ ढङ्गले हुँदैछ।

के हो यो इन्टरनेट हड्ताल?

नेपालमा इन्टरनेट हड्ताल नयाँ कन्सेप्ट हो। हुन त अन्य देशहरूमा यो भैसकेको छ। तर अन्य देशहरूमा भन्दा फरक ढङ्गले नेपालमा हुन गैरहेको छ। हामीले कुनै वेबसाइट नै ह्याक गर्न खोजेका होइनौँ तर आफ्नै व्यक्तिगत सामाजिक संजालको खाता मार्फत हाम्रा मुद्दाहरूलाई राष्ट्रिय स्तर र सम्बन्धित निकायको नजर बिन्दुमा ल्याउने प्रयास हो। यो खबरदारीको पनि प्रयास हो।

हामी किन यो गर्दैछौँ?

हाल नेपाः उपत्यका(अर्थात काठमाडौँ उपत्यका)मा निकै धेरै समस्याहरू आइरहेका छन। उपत्यकामा के कस्ता समस्या छन र कति समस्या छन यसको व्याख्या शायदै गर्नुपर्ने आवश्यकता छैन, किनभने हामी त्यसका भुक्तभोगी हौँ, धेरैले देखेका र सुनेका छौँ। हामी सबै काठमाडौँलाई देशको राजधानी भन्छौँ तर यो राजधानी सबै भन्दा बढी विकसित स्थान मानिन्छ, तर यहाँको अवस्था भने राजधानी सरह कतै छैन। यहाँको हावा, पानी, सम्पूर्णमा नै वरिक्तता छाइसकेको छ। सर्वप्रथम त हामीले विकासको परिभाषा नै बुझेका छैनौँ। मानिसको जनजीवनमा सुधार ल्याउनु भन्दा संरचनामा बढी केन्द्रित गरेको पाइन्छ। त्यसैले यस समस्याहरूका लागि स्थायी समाधान खोज्न एकदम आवश्यक भैसक्यो।

इन्टरनेट हड्तालको हाम्रो मुख्य चासोका विषय यी हुन:

१ . एकदमै केन्द्रित विकास। हामी नेपालका अन्य क्षेत्रहरूमा पनि विकास पुगेको हेर्न चाहन्छौँ।विकासको नाममा विनाश। विकासको सही परिभाषा लागु गर्न आवश्यक छ। निर्माणका कार्यबाट हुने सकरात्मक र नकरात्मक प्रभावको अनुसन्धान नगरी नै निर्माण हुँदैछ। हामीले विकासलाई निर्माणका कार्य सँग मात्र जोडेर हुँदैन, तर दिगो विकास र मानवतामा सकरात्मक प्रभाव सँग पनि हेर्नुपर्छ।

२. हाल भएकै बस्तीहरूमा धेरै समस्या छ। विकासका कार्यहरूमा यो प्राथमिकता हो, न कि थप बस्ती बढाउने। हालकै बस्तीहरूका व्यक्तिहरूको जीवन स्तर र आर्थिक उन्नतिमा सोच्नुपर्छ। बाटोका खाल्डा खुल्डी पुर्ने, पीच गर्ने, ट्राफिक व्यवस्थापन गर्ने, पैदल यात्रु मात्र क्षेत्र देखि आवश्यकता र स्थानको प्रकृति अनुसार सवारी साधनको व्यवस्थापन गर्ने। खानेपानी, स्वास्थ्य र रोजगारमा ध्यान दिने।

३. वातावरण र प्रकृति मावन जीवनका लागि अत्यावश्क छ, तर हामी सबैलाई उपत्यकाको प्रदुषण स्थिति बारे अवगतै छ। यहाँको हावा, पानी र माटो हानिकारक मात्र होइन विषजन्य पनि भैसक्यो। वातावरण संरक्षण र स्वस्थ हावा पानी हुनुपर्छ। यसमा उर्वरा भूमीको संरक्षण, हरियालीको स्थापना समावेश हुन्छ।

४. हामी सबैलाई उपत्यकाको उर्वरा भूमी शक्तिको बारे ज्ञान छ। यस्तो उर्वरा भूमी र अधिकांश कृषि पेशामा लागेका व्यक्ति भएको देशले अर्बौँ रूपियाँको खाद्यान्न आयात गर्छ। कुन भूमी खेतीको लागि हो कुन आवास क्षेत्रका लागि, कुन अस्पताल क्षेत्रका लागि आदि निश्चय गर्नुपर्छ। यो हाम्रो देशको खाद्यान्न साम्प्रभुत्व सँग सम्बन्धित छ। हाम्रो जमिनको सदुपयोग होस र “भू-उपयोग ऐन” बनाउन आवश्यक छ।

५. रियल स्टेट र भूमाफियाहरू द्वारा निर्मित अव्यवस्थित र अनियन्त्रित रूपमा बढ्दै गएको नयाँ बस्तीहरू माथि अब देखि रोक लगाइनु पर्छ, जसका कारण उपत्यका अस्तव्यस्त र स्प्रल हुँदै छ। यो भन्दा देशका अन्य क्षेत्रमा शहर निर्माण तर्फ ध्यान दिनुपर्छ।

६. यस उपत्यकाको पुरानो र प्राचिन सभ्यताको संरक्षण, संवर्दन र विकास हुनु आवश्यक छ। सम्पदा सँग सँगै सम्पदा बस्ती पनि संरक्षित हुनुपर्छ। इन्डिजिनस ज्ञानको प्रयोग हुनुपर्छ।

७. हामी बाहिरी चक्रपथ र स्याटलाइट सहरको निर्माणको विरोध गर्छौँ। हामीलाई सडक विस्तार र विस्थापनको आवश्यकता छैन। हामी द्रुतमार्गको अलाइन्मेन्टको विपक्षमा छौँ। स्प्रल र अव्यवस्थिततालाई बढाउने परियोजनाको विरोध गर्छौँ। हामी अहिलेको काठमाडौँका क्षेत्रहरूकै स्तरोन्नती गर्ने र अन्य देशका अन्य क्षेत्रमा नयाँ शहर बनाउने पक्षमा छौँ।
यी मगका कारण देखाउने टिप्पणीहरूको लिङ्क लेखको अन्त्यमा छ।

हामी यो कसरी गर्दैछौँ?

यस इन्टरनेट हड्ताललाई नेपाः उपत्यका बचाऔँ महाअभियानले अगाडी ल्याएको हो, र यो हामी सम्पूर्ण नेपाली जनताहरूका निमित्त हो। हामी सके सम्म सम्पूर्ण सामाजिक संजालको माध्यम अपनाउनेछौँ। त्यसमा मुख्य फेसबुक र ट्वीटर रहेनेछ। इन्स्टाग्राम पनि प्रोत्साहित छ। सर्वप्रथम त तपाइँले यस निम्न प्रस्तुत तस्वीर डाउनलोड गर्नुपर्ने हुन्छ।

इन्टरनेट हड्ताल यही साउन १७ गते(अगस्ट १ तारिख)का दिन हो।

यस दिन २४ घण्टाका लागि अन्य कुनै पोष्ट सामाजिक संजालमा नहालौँ। #SaveNepaValley भन्ने ह्यासट्याग राखेर केवल त्यही फोटो मात्र पोष्ट गरौँ। यही हाम्रो हड्ताल सम्बन्धित पोष्ट र यही तस्वीर मात्र त्यो दिनमा त्यही ह्यासट्याग राखेर पोष्ट गरौँ। यो सँग सँगै काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुखहरूलाई सभ्य भाषामा आफ्नो माग बारे ईमेल पठाऔँ। वहाँहरूको ईमेल आइडी: [email protected]

त्यही तस्वीर र खबरदार नै किन?

यो तस्वीर हाल्दा जनमानसमा एउटा उत्सुकता आउँछ। यो तस्वीरले खासै धेरै कुरा बयान गर्दैन। यसले मात्र खबरदारी जनाउँछ र नेपाः उपत्यका बचाऔँ बारे बोल्छ। जति धेरै मानिसहरूले उही फोटो उही ह्यासट्याग गारी अपलोड गर्छन, त्यती नै जनमानसमा उपत्यकामा के हुँदैछ भन्ने बारे उत्सुकता र चासो बढन थाल्छ। त्यसैले फेसबुकमा अनि ट्वीटरमा यस अभियानलाई बढी हालौँ। टवीटरमा त धेरै व्यक्तिहरूले अपलोड गरे भने त्यो मुद्दा भाइरल हुने धेरै सम्भावना छ।

यसरी प्रशासन एवम जनमानस लगायतका ध्यानाकर्षण भयो भने यो मुद्दाले राष्ट्रिय हाइलाइट पाउँछ, अझ अन्तराष्ट्रिय हाइलाइट पाउने पनि सम्भावना छ। उपत्यकामा केही ठूलै हुनेवाला छ भन्ने मानसिकता प्रशासनमा पस्छ। अझ ट्वीटरमा त Hello Sarkar लाई टायग गर्यो भने झन प्रभावकारी हुन्छ।

यस इन्टरनेट हड्तालको २४ घण्टा पछि हामी हाम्रो औपचारिक पेज नेपाः उपत्यका बचाऔँ महाअभियान अनि यही ब्लगमा साउन १८ गते ठीक बिहान ७ बजे हाम्रो औपचारिक मागपत्र सार्वजनिक हुनेछ।

मागपत्रमा हाम्रै माथि दिएका एजेण्डाकै बारेमा व्याख्या गरिएको हुनेछ।

यसको प्रभाव के हुनेछ?

हामी अक्सर भन्ने गर्छौँ, “फेसबुकमा मात्र कराएर के नै हुन्छ र”। तर हामीले समाजिक संजालको तागतलाई कम आँक्नु हुँदैन। फेसबुकमा “मात्र” गरेर केही हुँदैन, तर फेसबुक र ट्वीटरबाट पनि धेरै कुराहरू हुन सक्छ र हुन्छ पनि। हामीले विगतमा ट्वीटरबाट भाइल भएका मुद्दाहरू नदेखेका छैनन।

यसको अर्को कारण के हो भने साउन १९ गते नेपालको सर्वोच्च अदालतले स्थानीय जनताले लगाएको मुद्दाको फैसला गर्न लागेको छ। यस मुद्दालाई जनताको विपक्षमा फैसला गर्न वा मुद्दा नै खारेज गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणले जालझेल गर्दैगरेको छ। यसै कारण यो मुद्दा सुनवाइको २ दिन अगाडी यस मुद्दालाई भाइरल बनाउन सफल भयौँ भने शासनमा रहेका देखि प्रशासन र सबैजना सतर्क हुनेछ।

यसरी गर्ने

हाम्रो एजेण्डाका कारणहरू सँग सम्बन्धित केही लेख: बाहिरी चक्रपथ र स्याटलाइट शहर: विकास होइन विनाश, Kathmandu degrading in the name of development, Protect fertile land of Kathmandu, Current Road Expansion: A Four Lane Road To Unsustainability, Outer ringroad: Inviation to mess, Development should be participatory, Road Expansion and Urban Highways: Consequences Outweigh Benefits in Kathmandu, For those who show lofty promises to develop Kathmandu, New cities in 4 least developed federal states of Nepal, Rainwater Harvesting and Groundwater Recharge for Water Storage in the Kathmandu Valley, Has air pollution made Kathmandu unlive-able?, Story of an over smart city: Yén, काठमाडौको अनियन्त्रित शहरिकरणका नकरात्मक प्रभावहरू, ‘Air pollution killing double of what tobacco kills in Kathmandu’, Air pollution and health Hazzard , World’s third most polluted City : Kathmandu, What is an Eco city?, Public Transport = Public Health, Polluted politics,Off the deep end , Kyoto removing utility eyesores to revive old-time ambiance






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution