काभ्रेमा खुर्पा प्रहार गरी सन्तबहादुर तामाङको हत्या
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-२ ठाडेमा बिहीबार श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार घरायसी विवादले उग्ररुप लिँदा २६ वर्षीया श्रीमती लालुमाया तामाङले गरेको खुर्पा प्रहारबाट सन्तबहादुरको मृत्यु भएको हो ।
‘हामी घटनास्थलमा पुग्दा मृत अवस्थामा सन्तबहादुर फेला प¥यो,’ प्रहरी निरीक्षक घिमिरेले भने ।
विवाद हुँदा श्रीमतीले मादकपदार्थ सेवन गरेको प्रहरीले आशंका गरेको छ । लालुमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकको शव परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको छ । @ अनलाइनखबर |