हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

ठगलाई कारबाहीमा सघाउँदै जापानका नेपाली

टोकियो । आकर्षक रोजगारीको प्रलोभनमा पारी रु एक करोड ९४ लाख रकम कुम्ल्याएर जापान बस्दै आएका कास्की पुरञ्चौर-३ का गोविन्दप्रसाद तिवारीलाई कारबाहीमा सघाउने भन्दै जापानवासी नेपालीले खोजी कार्यलाई तीव्रता दिएका छन्।

उनीहरु तिवारी बस्दै आएको स्थानसम्म धेरैपटक पुगेर पनि भेट्न सकेनन्। लगातारको प्रयासपछि दुई साताअघि कामबाट फर्कँदै गर्दा नियन्त्रणमा लिएर जापान प्रहरीलाई बुझाएका थिए।

रोजगारीका लागि जापान लाने भन्दै ठगेको समाचारका आधारमा तिवारीलाई कारबाहीका लागि सघाउने भन्दै जापानवासी नेपाली खोजी कार्यमा लागेका हुन्। आवश्यक प्रमाण नभएको भन्दै जापान प्रहरीले छाडेदेखि लुक्दै आएका तिवारीले गोरखाकी अमृता ढकालसहित बहिनी र परिवारका पाँचजनालाई जापानमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै पटकपटक गरी रु ३१ लाख लिएर जापानमा बेपत्ता भएपछि घटना सार्वजनिक भएको हो।

ढकालसहित देवीप्रसाद दाहाल, किशोर शर्मा, सञ्जय सापकोटा र पुरुषोत्तम सापकोटालगायतका २३ जनाबाट रु एक करोड ९४ लाख ठगेर तिवारी घरपरिवार तथा आफन्तको सम्पर्क बाहिर छन्।

पीडितका अनुसार तिवारीले काममा लगाएबापत रु तीनलाखदेखि पाँच लाखसम्म मासिक कमाउन सकिने आश्वासनमा बर्दियाका प्रशान्त भट्टराई, पोखराका तिलकराज सुवेदी, काठमाडौँका अमर घर्तिमगर, तनहुँकी रेखा घिमिरेलगायतका व्यक्तिमार्फत रकम उठाएर जापानमा लुकेर बस्दै आएका छन्।

घटनालाई नजिकबाट नियाल्दै आएका टोकियोका व्यवसायी सरोजकुमार खत्रीले जापानमा भएका आफन्त र नजिकका साथीभाइसम्म सम्पर्क गर्दै दिनहुँजसो तिवारी बस्दै आएको स्थानमा पुगेपनि कयौँ पटकको प्रयास असफल भएको बताए।

तिवारीले जापानी भाषाको फेसबुकमार्फत सम्पर्क गर्दै तोचिगी र इवाराकीलगायतका क्षेत्रमा काममा जाने गरेको थाहा भएपनि वास्तविक अवस्था खुल्न नसकेका कारण सो स्थानसम्म पुग्न नसकिएको चार वर्षदेखि तोचिगीमा बस्दै आएका कृष्ण अधिकारीले जानकारी दिए।

घटना सार्वजनिक हुनुअघिसम्म टोकियो नजिकैको योकोहामा सहरमा बस्दै आएका तिवारीका नाममा जारी राहदानी समेत प्रयोग गर्न नसक्ने बनाइएको र व्यावसायिक प्रवेशाज्ञाको अवधि भएपनि बीचमै रद्द गरी शरणार्थी भएर बसेका कारण जापान प्रहरीले आधिकारिकता खोज्दै आएको थियो।

आधिकारिकरुपमा प्रमाण नरहेको भन्दै प्रहरीले छाडेपछि यहाँका नेपालीले सम्भावित स्थानमा खोजीकार्य जारी राखेका छन्। उनीहरुले पीडितलाई न्याय दिलाउन सघाउने भन्दै खोजी कार्यलाई निरन्तरता दिएका छन्।

यसैबीच, नेपाल प्रहरीले इन्टरपोलमार्फत तिवारीलाई ठगी आरोपमा पक्राउ गर्न जापान प्रहरीलाई पत्राचार गरेपछि अनुसन्धान कार्य जारी राखेकाले छिट्टै पक्राउ पर्ने जापानस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ।

पीडितको उजुरीका आधारमा नेपाल प्रहरीले पक्राउका लागि जापानस्थित नेपाली राजदूतावासलाई पनि पत्राचार गरेपनि कारबाही प्रक्रिया ढिलो भएको भन्दै योकोहामाका नेपालीले जापान प्रहरीलाई प्रक्रिया छिटोछरितो गर्न दबाब दिँदै आएका छन्।

उता ठगी काण्डमा पीडितबाट रकम लिएकोे उजुरीका आधारमा काठमाडौँका सुदर्शन मल्लको घर जग्गा वैदेशिक रोजगार विभागले रोक्का गरेपछि गत आइतबार मल्ल परिवारले जापानबाट घटनामा जानेर संलग्नता नभएको बताए।

नेपाल पत्रकार महासंघ जापान शाखाका पूर्वअध्यक्ष समेत रहेका तिलक मल्लले तिवारीले फसाउन खोजेको भन्दै वैधानिक तरिकाबाट आएको रकम प्रहरी प्रशासनलाई नभई पीडितलाई वितरण गर्दै जाने जनाएका छन्। @ प्रकाश पन्थी/रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution