हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

प्रधानमन्त्री देउवाले गरे दोस्रोपटक मन्त्रीमण्डल विस्तार, यी हुन् नयाँ मन्त्री

काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार दिउँसो साँढे चार बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको सपथ ग्रहण भएको हो । नवनियुक्ती मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवाले सपथ गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा प्रधानन्यायाधीश गोपाल पराजुली, सभामुख ओनसरी घर्तीमगर र शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ जना मन्त्री थपिएका हुन् । देउवाले दोस्रो पटक १९ जनालाई समेटेर मन्त्रिमण्डल विस्तार गर्दा जम्मा ३ जना मात्रै महिला मन्त्री भएका छन् । मन्त्री हुने महिलाहरुमा क्रमशः अम्बिका बस्नेत, आशा खनाल कोइराला र मिथिला चौधरी रहेका छन् । बस्नेत कांग्रेसबाट, कोइराला माओवादी केन्द्रबाट र चौधरी नेकपा संयुक्तबाट मन्त्री भएका हुन् ।

कांग्रेसबाट को-को भए मन्त्री ?

नेपाली कांग्रेसबाट मन्त्री हुनेहरुमा वीरबहादुर बलायर, अम्बिका बस्नेत, महेन्द्र यादव र मीन विश्वकर्मा छन् । चारै जना पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । बलायरले भौतिक पूर्वाधार, बस्नेतले सहकारी तथा गरीबी निवारण, यादवले खानेपानी र विश्वकर्माले बाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट रामकृष्ण यादव, यज्ञबहादुर थापा, सञ्जय गौतम र राजन केसी मन्त्री भएका छन् । यादवले कृषि, थापाले कानुन, गौतमले सिचाई, र केसीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कृष्ण सिटौला समूहबाट मन्त्री भएका भीमसेनदास प्रधानले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । सञ्चारमन्त्री भएका बस्नेत भने खुमबहादुर खड्का समूहका हुन् ।

१३ मन्त्रालय पाएको कांग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधान एवं शिक्षा, ज्ञानेन्द्रबहादुर कार्की अर्थ र फर्मुल्लाह मन्सुर श्रम तथा रोजगारमन्त्री भइसकेका छन् ।

माओवादीका ६ मन्त्री थपिए

सत्ता साझेदार माओवादीबाट ६ मन्त्री थपिएका छन् । गिरिराजमणि पोखरेल स्वास्थ्यमन्त्री भएका छन् भने टेकबहादुर बस्नेत सामान्य प्रशासन, महेन्द्रबहादुर शाही उर्जा, शिवकुमार मण्डल आपूर्तिमन्त्री भएका छन् । यस्तै आशा कोइराला महिला बालबालिका तथा समाज कल्याण र सन्तकुमार चौधरी पशुपक्षी मन्त्री भएका छन् ।

९ वटा मन्त्रालय पाएको माओवादी केन्द्रबाट कृष्णबहादुर महारा उपप्रधान तथा परराष्ट्र, जनार्दन शर्मा प्रभाकर गृह र प्रभु साह सहरी विकासमन्त्री भइसकेका छन् ।
साना दलबाट तीन मन्त्री थपिए

बुधबारको विस्तारमा फोरम लोकतान्त्रिकबाट दुई र नेकपा संयुक्तबाट एक मन्त्री थपिएका छन् । फोरम लोकतान्त्रिकबाट जितेन्द्रनारायण देव नागरिक उड्डयन तथा पर्यटन र गोपाल दहिल भूमिसुधारमन्त्री भएका छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार यसअघि नै उपप्रधान तथा स्थानीय विकासमन्त्री भइसकेका छन् ।

नेकपा संयुक्तबाट मिथिला यादव मन्त्री भएका छिन् । उनले वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution