मगर संघ इजरायलले बिश्व आदिवासी दिवस मनाउने,नविन रोका मगर आउनु हुदै

तेलअविव – नेपाल मगर संघ इजरायलले २३औं बिश्व आदिवासी दिवस तथा बृहत अन्तरक्रियात्मक कार्यक्रम आउँदो ११ अगस्ट २०१७ (शुक्रबार) तेलअविव स्थित यसोधामाला ४४ मा रहेको हलमा नेपाल मगर संघ केन्द्रिय अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता नविन रोका मगरको विशेष उपस्थितमा भब्यताको साथ मनाउने भएको छ |
२३औं बिश्व आदिवासी दिवस तथा बृहत अन्तरक्रियात्मक कार्यक्रममा सम्पुर्ण इजरायलबासी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुमा उपस्थितको लागि हार्दिक निमन्त्रणा गरेको छ |
सोहि दिन नेपाल आदिवासी जनजाती महासंघ इजरायलले महासंघको केन्द्रिय महासचिव नित्यनन्दा ताजपुरियाको समउपस्थितिमा २३औं बिश्व आदिवासी दिवस मनाउने जानकारी यसअघि नै दिई सकेको छ |
नेपाल आदिवासी जनजाती महासंघ इजरायलले मनाउन लागेको कार्यक्रमको पूर्ण जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्