हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

इजरायलले जेरुसलेमको पवित्रस्थलबाट मेटल डिटेक्टर हटाउने निणर्य गर्यो

इजरेलले पूर्वी जेरुसलेमको एउटा पवित्रस्थलबाट मेटल डिटेक्टर अर्थात धातुको पहिचान गर्ने उपकरण हटाउने निर्णय गरेको छ।

गत हप्ता त्यस्तो उपकरण राखिएदेखि प्यालेस्टिनीहरुले त्यसको विरोध गर्दै आएका छन्। इजरेलले मेटल डिटेक्टरका सट्टामा अलि कम वाधा गर्ने उपकरण राख्ने जनाएको छ।

मुसलमान नेताहरुले भने श्रद्धालुहरुलाई सो स्थल बहिष्कार गरिराख्न आह्वान गरेका छन्। मेटल डिटेक्टर राखिएपछि त्यो ठाउँमा भयानक झडप भएका थिए।

त्यसलाई प्यालेस्टिनीहरुले सो क्षेत्रमाथि नियन्त्रण गर्ने इजरेलको प्रयासका रुपमा हेरेका थिए।इजरेलले भने हतियारहरु लुकाएर लिएर जान नदिनका लागि त्यस्तो कदम आवश्यक भएको बताएको थियो।गत जुलाई महिनाको १४ तारिखमा इजरेली अरब बन्दुकधारीले दुईजना इजरेली प्रहरीलाई मारेपछि त्यस्तो कदम चालिएको थियो।

यहुदीहरुले टेम्पल माउण्ट र मुसलमानहरुले हरम-अल-शरिफ भन्ने त्यो स्थलमा ती बन्दुकधारीले हतियार लुकाएको प्रहरीले जनाएको छ।सुरक्षा निकायहरुले मेटल डिटेक्टरको सट्टामा आधुनिक प्रविधियुक्त उपकरण राख्ने सुझाव दिएको इजरेली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

त्यस्तो नयाँ प्रविधि आगामी ६ महिनाभित्रमा राखिने र त्यतिञ्जेल सम्म सो स्थलको वरिपरि थप प्रहरी खटाइने सो कार्यालयले बताएको छ।तर त्यो पवित्र स्थलसंग सम्बन्धित मुसलमान निकाय वक्फले दर्शनार्थीहरुलाई त्यहाँ नजान आह्वान गरेको छ।

मेटल डिटेक्टरहरु त्यहाँ रहेसम्म त्यो परिसरमा नछिर्ने भन्दै थुप्रै प्यालेस्टिनीहरु पुरानो शहरस्थित त्यो मस्जिदबाहिरको सडकमा प्रार्थना गरिरहेका थिए।त्यो पवित्र स्थलमा उत्पन्न भएको संकट मेटल डिटेक्टरको उपस्थितिको बारेमा मात्रै थिएन।

प्यालेस्टिनीहरुको राष्ट्रियताको आकांक्षाको शक्तिशाली प्रतीकका रुपमा रहेको सो मस्जिदमाथि चालिएका कदमलाई उनीहरुले अधिनस्थ पूर्वी जेरुसलेममा नियन्त्रण बढाउने जेरुसलेमको प्रयासका रुपमा हेरेका छन्।
इजरेलले भने त्यो कदमलाई, उसकै शब्दमा, “संसारको सबभन्दा संवेदनशील क्षेत्र”लाई सुरक्षित तुल्याउने प्रयासका रुपमा हेरेको छ।

दुबै पक्षका नेतामाथि पछि हटेजस्तो नदेखिने दबाब छ।अन्तर्राष्ट्रिय रुपमै समाधान खोज्न माग गरिएपछि दुबै पक्षमाथि दबाब बढेको छ, तर त्यो संकट समाधान भएजस्तो अझै पनि देखिएको छैन। @ बीबीसी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution