हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

पहिलोपटक शेर्पा बिश्व सम्मेलनको आयोजना गरिदै

काठमाडौँ: परिवर्तित समाजसँगै शेर्पा जातिको भाषा, धर्म, संस्कृति परम्परा, रितीरिवाजमा नकरात्मक प्रभाव परे पछि संरक्षणको पहल गर्न विश्व शेर्पा सम्मेलन आयोजना गरेको छ।

हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा जाति पछिल्लो समय अवशरको खोजीमा बिभिन्न देशमा पुगेको छ। विदेशीए पछि आफ्नो पहिचान पनि गुमाउदै गए पछि मौलिकता संरक्षण गर्न असोज ८,९ र १० गते तीन दिन सम्म काठमाडौमा शेर्पाको विश्व सम्मेलन आयोजना गरेको छ।

भेलामा २२ देश शेर्पा किदुक सहभागिता जनाउने छन्। भेलाको व्यवस्थापनका लागि सबै देशका शेर्पा किदुकलाई पत्र पठाएर तयारी थालेको सम्मेलन व्यवस्थापन समितिका संयोजक आङलेमी शेर्पाले बताए।

शेर्पा किदुक स्थापना गरी सहभागिता गर्ने देशहरुम भारत, युके, अष्ट्रेलिया, अमेरिका, वेल्जीयम, पोरचुगल, जर्मन, जपान, स्वीजरल्याण्ड, दक्षिण कोरिया, कतार, मलेसिया, साउदी, युएइ, कतार, बहराइन, साइप्रास लगायतका देश छन् । आयोजकका अनुसार करिव ६० देशमा शेर्पाको उपस्थित पुगेको जनायो।

पहिलो पटक आयोजित शेर्पा बिश्व सम्मेलन काठमाडौमा भए पनि पछिल्लो समयमा विश्वका बिभिन्न राष्ट्रमा गरिने नेपाल शेर्पा संघका अध्यक्ष एवं विश्व शेर्पा सम्मेलनका संयोजक ई. आङ दोर्जी शेर्पाले बताए। विश्व सम्मेलन समितिमा २२ देशको शेर्पा किदुक सदस्य रहेका छन्।

सम्मेलनले बिधान पारित गरी विश्व शेर्पा संघ चयन समेत गर्ने छ। हिमालको काखमा बस्ने शेर्पा जाति शिक्षाबाट बञ्चित भए पछि अवशरको खोजीमा बसाइसराई गरी विदेशीन बाध्य भएकाले आफ्नो मौलिक पहिचान गुम्ने खतरा बढेकाले सम्मेलन आयोजना गरेको संयोजक शेर्पाले बताए।

थाकथलो छाडेर बसाइ सरेसँगै भाषा, धर्म, संस्कृति, परम्परा र रितीरिवाजमा नकरात्मक प्रभाव परी लोप हुदै गएको निष्कर्ष नेपाल शेर्पा संघका अध्यक्ष एवं विश्व शेर्पा सम्मेलनका संयोजक ई. आङ दोर्जी शेर्पाले बताए। पछिल्लो समयको प्रभावले फैलिएको बिक्रीति कम गरी एक रुपता ल्याउन, विश्वमा अवशरको खोजी गर्न, विश्वका शेर्पाले नेपालमा गर्ने लगानीको बिषयमा छलफल गर्न, पीडित हितमा सहयोग गर्न आवस्यक छलफल समेत तीन दिन सम्मेलनमा हुने आयोजकको भनाई छ।

सम्मेलनले आत्मवल बढाउने, अनुभव आदानप्रदान गर्ने , विभिन्न देशमा भएको बिकास बारे छलफल गरी नेपालमा प्रयोग गर्न प्रोत्साहित गर्ने उदेश्य समेत सम्मेलनको छ। संसारको जुनसुकै ठाँउमा रहेता पनि शेर्पाहरुको ऐतिहासिक पहिचानमा भिन्नता हुन नदिन विश्व शेर्पा संघको भूमिका हुने जनाएको छ। @ अन्नपुर्णपोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution