जोर्डन स्थित इजरायली दूतावासमा गोली चल्यो, २ जनाको मृत्यु

जोर्डनको राजधानी अम्मानमा रहेको इजरायली दूतावासमा गोली चल्दा २ जोर्डनीको मृत्यु भएको छ भने एक इजरायली घाइते भएका छन् ।
गोलीकाण्डको कारणबारे केही पनि जानकारी नदिइएको बताउंदै बीबीसीले मृतक र घाइतेको संख्या सुरक्षा स्रोतलाई उदृत गर्दै लेखेको छ ।
मृत्यु भएका दुई जोर्डनी नागरिक एक फर्निचर कम्पनीमा कार्यरत रहेको र उनी गोली चल्नु केहीबेर अघि मात्रै दूतावास प्रवेश गरेको प्रहरीले जनाएको छ ।
घटना पछि इजरायली दूतावास बन्द गरि त्यहां रहेका अन्य कर्मचारीलाई अन्यत्रै सारिएको छ ।
यता इजरायलले भने घटनाबारेको समाचार संकलनमा प्रतिबन्ध लगाउनुका साथै यसबारे केही पनि प्रतिक्रिया दिएका छैनन् ।