हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

किन घट्दैछ श्रीमान-श्रीमतीवीच आत्मीयता ?

नारी-पुरुष एक अर्काका परिपूरक हुन् । नारी पुरुषबीचको सम्बन्ध बिना यो सृष्टि नै असम्भव छ । भनिन्छ, नारीपुरुष अर्थात् श्रीमान श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् । यात्राका क्रममा रथ चलाउन दुबै पाङ्ग्रा आवश्यक पर्दछ । एक पाङ्ग्रा मात्र प्रयोग भयो भने यात्रा अधुरै रहन्छ । अर्थात् त्यो यात्रा अपुरो रहन्छ ।

श्रीमान श्रीमती बीचको सम्बन्ध भनेको दुवै शरीर एक हुनु हो। जहाँ लाज, घीन पनि पचिसकेको हुन्छ । वैवाहिक जीवनमा चरम सुख छ । जहाँ माया र समझदारीले भरिएको वैवाहिक सम्बन्ध छ, त्यहाँ स्वर्ग खोज्न कहीँजानुपर्दैन ।

एक श्रीमान-श्रीमतीबीच संवेगात्मक, भावनात्मक यौनिकता जीवनका अधिकांश मिठास अर्थात् चरम आनन्द त्यही सम्बन्ध भित्र पाउन सकिन्छ । जहाँ प्रेममय सम्बन्ध हुन्छ,त्यहाँ श्रीमतीलाई दुख्यो भने श्रीमानले त्यो दुखाइको महसुस गर्छ । श्रीमानलाई दुख्यो भने श्रीमतीले त्यो दुखाइको महसुस गर्दछिन् । सम्पन भएको अवस्था होस् अथवा विपन्न भएको अवस्था होस् त्यो दुःखसुख दुवै श्रीमान श्रीमतीको साझेदारी हुन्छ ।

तर, अहिलेका अधिकांश वैवाहिक जीवनमा भावनात्मक सम्बन्धमा कमी हुँदै गइरहेको पाइन्छ । हाम्रो समाजको परिवेशको वैवाहिक जीवनमा हेर्दा २० प्रतिशत वैवाहिक सम्बन्धमा पूर्ण सन्तुष्टि छन् । अरु २० प्रतिशत सम्झौता र समझदारीमा चलेकै छन् । र, अरु ६० प्रतिशत वैवाहिक जीवन असन्तुष्ट बिताइरहेका छन् ।

कतिपय वैवाहिक सम्बन्धहरु भावनात्मक नभएर औपचारिकतामा सीमित छन् । अहिलेको विज्ञानको चमत्कारी युगमा अति आधुनिक सञ्चार माध्यम, मद्यपान, अभाव, आधुनिकता, व्यस्तताले वैवाहिक जीवनमा पनि भावनात्मक सम्बन्धमा न्यूनता ल्याएको छ ।

 

वैवाहिक जीवनमा आत्मीयतामा कमी आउनुका केही कारणहरु यस्ता छन्-

१) व्यस्तता

प्रायः धेरैजसोलाई अहिलेको भौतिकवादी सोच र अति महङ्गीमा घर व्यवहार चलाउन निक्कै मुस्किल छ । मानिसहरु पैसा कमाउन निक्कै भागदौड गरिरहेको अवस्था छ । प्रायःजसो श्रीमान श्रीमती नै काममा व्यस्त छन् । घरपरिवारलाई समय दिन नसक्ने बाध्यता सिर्जना भएको छ ।

भावनात्मक ऊर्जा हुनका लागि पनि समयको आवश्यकता पर्दछ । व्यस्त अवस्थामा मानिसहरुको ध्यान कामतिर मात्र केन्द्रित हुँदा भावनात्मक ऊर्जामा कमी आउँछ । अहिलेको व्यस्तताको कारणले पनि वैवाहिक जीवनमा भावनात्मक सम्बन्धमा कमी ल्याइरहेको छ ।

२) अभाव

कतै अभावले भावनात्मक सम्बन्धलाई अवरोध पुर्‍याएको छ। हाम्रो जस्तो गरिब मुलुकमा जताततै, जेसुकैको अभावै अभाव छ ।

मानिसको पहिलो प्रथामिकतामा रहेको गाँस,बास, कपासकै अभावमा तड्पिनेको सङ्ख्या पनि निक्कै छ। त्यसमा पनि महँगीले आकाश छोएको छ ।

भ्रष्टाचार नगर्ने कर्मचारीहरुलाई तलबले महिना दिन टार्न निक्कै कठिन छ । छोराछोरीको शिक्षा दीक्षाले अधिकांशलाई निक्कै भारी बनाएको छ र तनाव थपिदिएको छ ।

अभावै अभावको कारणले तनाव सिर्जना हुन्छ । जब अभावका कारण तनाव सिर्जना हुन्छ, श्रीमान श्रीमतीबीच झगडा उत्पन्न हुन्छ र एक सुन्दर वैवाहिक जीवनभित्र आत्मीयताको कमी उत्पन्न हुन्छ ।

अभावकै कारण कतिपय वैदेशिक रोजगारीले पनि श्रीमान श्रीमतीबीचको सम्बन्धलाई चिसोपन ल्याएको छ । देशमा गरिबी बेरोजगारी बढेपछि अहिलेको समयमा ४० लाख युवायुवती विदेशिएका छन् । लामो समय वैदेशिक रोजगारमा रहँदा श्रीमान श्रीमती अलग रहनुको कारण धेरैजसोको भावनात्मक सम्बन्ध टुटेको यथार्थ छ ।

३) मद्यपान

सूर्य अस्त, नेपाली मस्त भन्ने भनाइ नै छ । यही भनाइ वास्तविक साबित हुन्छ । हाम्रो समाजमा धुम्रपान मद्यपान गर्नेको सङ्ख्या ठूलै छ । मदिरा अर्थात् जाँडरक्सीले खासै फाइदा पुर्‍याएको देखिँदैन । आफ्नो जिम्मेवारी दायित्व नै बिर्सिएर रक्सीमा तल्लीन हुनेको सङ्ख्या पनि निक्कै छ ।

जाँड रक्सीले कतिलाई त करोडपतिबाट रोडपति बनाएको यथार्थ छ । हरेक दिन रक्सीका कारण ज्यान गुमाउनेको सङ्ख्या पनि धेरै छ । कतिले त रक्सीकै कारण रोगको उपहार लिएर तड्पिरहेका छन् । रक्सीको उन्मादमा हिंसात्मक घटनाहरु भइरहेका छन् ।

रक्सी पिउनेहरुका श्रीमतीहरु जहिले पनि पीडित देखिन्छन् । धेरैजसो मद्यपान अर्थात् रक्सीका कारणले महिलाहरुले घरेलु हिंसा खेप्नु परिरहेको छ । दिनै रक्सी पिएर पैसाको पनि नास, ज्यानको पनि नाश र घरमा झैझगडा एवं हिंसात्मक क्रियाकलापले वैवाहिक सम्बन्धमा ठूलै क्षति पुर्‍याएर आत्मीयतामा भङ्ग गरेको अवस्था छ ।

४) शिक्षा र स्वतन्त्रता

अहिलेका नारी पुरुष समान रुपमा शिक्षित हुँदै गइरहेको समयमा श्रीमान श्रीमती आआफैँमा सक्षम हुँदै गहिरहेका छन् । अहिलेको शिक्षित वर्गहरु जीवन आफ्नै तरिकाले बाँच्न चाहन्छन् । हाम्रो जस्तो पितृसत्तात्मक समाजमा युगौँदेखि महिलालाई दमन शोषण एवं दासका रुपमा प्रयोग गर्दै आइरहेका थिए ।

नारीहरुले श्रीमानलाई भगवानसरी पुज्दै आएका थिए । तर, अहिलेको शिक्षित वर्गमा महिलाहरु नदबिनुको कारण पनि वैवाहिक जीवनमा आत्मीयता घटाएको छ । पितृसत्तात्मक पुरातनवादी मानसिकता महिलाहरुले नअपनाउनुका कारणले पनि वैवाहिक जीवनमा उतार चढाव ल्याएको छ ।

अहिलेको शिक्षित वर्गको वैवाहिक जीवनमा समझदारी भन्दा वैचारिक द्वन्द्व छ । जहाँ वैचारिक द्वन्द्व हुन्छ । त्यो वैवाहिक जीवनमा आत्मीयता शून्य हुन्छ । वैचारिक द्वन्द्व भएका वैवाहिक सम्बन्धहरु सम्बन्ध बिच्छेद अर्थात् पारपाचुकेसम्म पुग्छन् ।

५) सञ्चार माध्यम

अहिलेको विभिन्न टेलिफोन, सामाजिक सञ्जाल, भिबर, स्काइप विभिन्न सञ्चार माध्यमले पनि वैवाहिक जीवनमा उथल पुथल पारेको छ । अहिलेको समयमा घरको कोठामै बसेर संसार देख्न र संसारका मानिससँग वार्तालाप गर्न सहजै सकिन्छ । अहिलेको आधुनिक समयमा कोही पुरुष होस् अथवा महिला, नयाँ आकर्षण अर्थात् परपुरुष, परस्त्रीतिर झुकाव अर्थात् लगाव भएको देखिन्छ ।

घरमै वैवाहिक सम्बन्धमा रहेर बाहिरी आकर्षणमा वार्तालाप गर्न रुचाउनेको सङ्ख्यामा पनि कमी छैन । अहिलेको केही वैवाहिक जीवनमा तनसँगै भए पनि मनचाहिँ अन्तै भागेको अवस्था छ । अहिलेको सञ्चारले अवैध सम्बन्ध जोड्न सहज वातावरण सिर्जना गरेको छ । एक किसिमको विकृति नै भित्र्यायको छ र वैवाहिक जीवनलाई ठूलै दखल पुराएको छ ।

विविध कारणले अहिलेका अधिकांश वैवाहिक जीवन भावनात्मक नभएर औपचारिकतामा सीमित छन् । हाम्रो समाजमा बढ्दै गएको सम्बन्ध विच्छेदको मुद्दाले झनै हाम्रो समाज कता जाँदै छ ? वैवाहिक सम्बन्धमा बढ्दै गइरहेको असमझदारीले पश्चिमेली संस्कार नभित्र्याउला भन्न सकिँदैन ।

बाबुआमाको बेमेल अर्थात् सम्बन्ध विच्छेदका कारण ससाना लालाबालाहरुले कष्ट भोगिरहेका छन् । बाबुआमा छुट्टिनुको कारण बच्चाहरुको मनोवैज्ञानिक असर परेर कुलतमा लाग्ने सम्भावना बढेको छ ।

हाम्रो समाजमा पारिवारिक बिखन्डन अति नै बढ्दो छ । वैवाहिक जीवनमा आत्मीयता नहुनु भनेको घर बिग्रिनु हो । घर बिग्रिनु भनेको छोराछोरी बिग्रिनु हो । भोलिका कर्णधार बिग्रिनु भनेको समाज बिग्रिनु हो । र, समाज बिग्रिनु भनेको राष्ट्र बिग्रिनु हो ।

त्यसैले यो संवेदनशील विषयमा हामीले समयमै गम्भीरतापूर्वक सचेत हुन अति नै आवश्यक देखिन्छ ।

लेखक-कल्पना खरेल/अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution