हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

भारत र चीनबीच पछिल्लो समयमा किन भईरहेको छ तनाव ?

भारत र चीनबीच एक महिना यताको सीमा विवादबारे समाचारका शीर्षक हेर्नुभयो भने तपाईँलाई लाग्न सक्छ कि दुई एसियाली प्रतिद्वन्द्वीहरु एउटा सशस्त्र संघर्षको संघारमा पुगेका छन्।

दुई पक्षले दिएका वक्तव्यबाजी चेतावनीपूर्ण र खतरनाक सुनिन्छन्। दिल्लीको एउटा अखबारले अहिले देखिएको तनाव एउटा पूर्णस्तरको द्वन्द्वमा बदलिनसक्ने चेतावनी नै दिएको छ। अर्को अखबारले त्यस्तै धारणा राख्दै लेखेको छ, “तनावका माझ चिनियाँ अडान अझै कडा बन्दै गएको छ।”

बेइजिङमा चाहिँ सरकारले चलाएको सञ्चारमाध्यमले भारतलाई सन् १९६२ मा सीमा क्षेत्रमा भएको युद्धमा उसले भोगेको पराजय सम्झाउन थालेका छन्। उनीहरुले पुराना समाचार र त्यसबेलाका द्वन्द्वका तस्वीरहरु समेत छापेका छन्।
ग्लोबल टाइम्स अखबार विशेष गरी आक्रामक देखिएको छ। शुरुमा उसले भारतले सडक परियोजनामा हस्तक्षेप गरेर भुटानको सार्वभौमसत्तालाई अवमूल्यन गरेको आरोप लगायो। त्यसपछि भारतले विभिन्न सीमा क्षेत्रहरुमा तनावलाई बढावा दिए उसले चीनसँग पूर्ण स्तरको मुठभेडको सामना गर्नुपर्ने चेतावनी दियो।

दोक्लाम

पछिल्लो तनाव मध्य जुनमा शुरु भएको हो। त्यसबेला भारतमा दोक्लाम र चीनमा दोङलाङ भनेर चिनिने पठार क्षेत्रमा चीनले सडक बनाउने प्रयास गरेकोमा भारतले विरोध गर्यो।

चीन, उत्तरपूर्वी भारतीय राज्य सिक्किम र हिमालय अधिराज्य भुटानको त्रिदेशीय सीमा विन्दु नजिक पर्ने उक्त भूभागलाई लिएर बेइजिङ र थिम्पुबीच विवाद रहेको छ। भारतले उक्त भूभागमाथिको भुटानको दाबीलाई समर्थन गरिरहेको छ।

उक्त सडकको निर्माण पूरा हुदाँ त्यसले चीनलाई सामरिक महत्व बोकेको एउटा जोखिमपूर्ण ‘चिकेन्स नेक’ भनिने कुखुराँको घाँटी जस्तो आकारको साँघुरो मार्गमा पहुँच दिने भारतीय चिन्ता रहेको छ। उक्त २० किलोमिटर फराकिलो मार्गले उत्तरपूर्वी भारतका सातवटा राज्यलाई भारतको मुख्यभूमिसँग जोड्दै आएको छ। तनाव शुरु भएयता दुवै पक्षले आफ्ना फौजहरुलाई तमतयार अवस्थामा राखेका छन् र अर्को पक्षलाई पछि हट्न भनिरहेका छन्।

जसरी दुईपक्षीय तनाव बढिरहेको जस्तो देखिन्छ त्यसले विगतका डरलाग्दा परिस्थितिको सम्झना गराइरहेको छ। राम्रोसँग निर्धारण नगरिएको सीमा क्षेत्र र बेला बेला हुने सीमा अतिक्रमणलाई लिएर दुई छिमेकीहरुबीच विवाद देखिएको यो पहिलो घटना होइन। दुई देशबीच सन् १९६७ मा युद्ध नै भएको थियो। सन् १९८६-८७ सम्म अरुणाञ्चल प्रदेशको सीमा क्षेत्रमा लामो समय तनाव देखिएको थियो र सुरक्षाबलहरु व्यापक रुपमा खटाइएका थिए।

यसरी भयो सिक्किम भारतमा विलय

पछिल्लो विवादमा नयाँ दिल्लीले भुटानप्रति व्यक्त गरिरहेको प्रतिबद्धतालाई चीनले जाँचिरहेको एक जना विश्लेषक अजय शुक्लाले लखेका छन्। उनी भन्छन्, “एकदमै नजिकको यो सम्बन्धप्रति चीन सदैव असन्तुष्ट रहेको छ र यसमा फुट ल्याउन चीनले निरन्तर दिइरहेको दबाब सधैँ विफल भइरहेको छ।”

यो पालि चीनले भारतविरुद्ध चुनौती थपिरेहको छ। विदेश मन्त्रालयका प्रवक्ता लु काङले संवाददाताहरुसँग मंगलबार बेइजिङमा बोल्दै तनावलाई बढ्न नदिन भारतीय फौजहरु सीमा क्षेत्रबाट फिर्ता हुनुपर्ने बताए।

‘ठट्टा होइन्’

भारतीय विश्लेषकहरुले चीनको चेतावनीलाई बेवास्ता गर्न नहुने बताएका छन्। एक जना चिनियाँ विशेषज्ञले मसँग भने, “साधारण रुपमा चिनियाँहरुले बल प्रयोग गर्नुअगाडि त्यसको लागि वातावरण बनाउन पर्याप्त रुपमा वक्तव्य र चेतावनी दिने गरेको देखिन्छ। त्यही भएर हामीले यसलाई हल्का रुपमा लिनुहुँदैन अनि ठट्टा पनि ठान्नुहुँदैन।”

सन् १९६२ मा चीनको राज्य नियन्त्रित सिन्ह्वा समाचार संस्थाले शुरुमा नै भारतले ‘युद्धको संघारबाट पछि हट्नुपर्ने’ चेतावनी दिएको थियो। सोभियत संघ, उत्तर कोरिया र कम्युनिष्ट चीन एकातर्फ र अमेरिका र उसका साझेदार अर्कोतर्फ रहेको सन् १९५० को कोरियाली युद्धका क्रममा चीनले भारतलाई देखाउँदै अमेरिकालाई उनीहरुले यलु नदी पार गरे चीन युद्धमा सहभागी हुन बाध्य हुने चेतावनी दिएको थियो।

साँच्चै भन्नुपर्दा यसको अर्थ चीनले युद्धको तयारी गरिरहेको छ भनेर नै ठान्नु हुँदैन। अवस्था जहाँको तही रहँदा दुवै पक्षले रणनीतिक रुपमा महत्वपूर्ण रहेको एउटा क्षेत्रका लागि एकअर्कालाई केही दोषारोपण गर्नु नौलो होइन।

सन् २०१२ मा भारत र चीनबीच भुटान र म्यानमारसँगको सीमामा रहेको त्रिपक्षीय सीमा विन्दुबारे ती देशहरुसँग छलफल गरी टुङ्गोमा पुग्ने सहमति भएको थियो। त्यो हल नहुन्जेल जस्ताको तस्तै अवस्थामा रहन दिने निर्णय गरिएको थियो।
भारतले चीनले सडक निर्माण गरेर यथास्थितिलाई उल्लंघन गरेको विश्वास गरिरहेको छ। आफ्ना समकक्षी चिनियाँ फौजहरुलाई रोक्न भारतीय फौजहरु नयाँ दिल्लीसँग निकटको सम्बन्ध रहेको भुटानले सहयोग मागेपछि मात्रै खटाइएका थिए।

चीनले भारतीय फौजले भुटानलाई मद्दत गर्ने बहानामा दोक्लाम/दोङलाङ क्षेत्रमाथि अतिक्रमण गरेको र त्यो अन्तर्राष्ट्रिय कानून विपरीत भएको टिप्पणी गरिरहेका छन्। चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लुले आफ्नो राजनीतिक लक्ष्य पुरा गर्न वा आत्मसात गर्न भारतले आफ्नो सीमा बाहिर त्यस्तो हस्तक्षेप गर्न नहुने बताएका छन्।

केही विश्लेषकहरुले भारतले सडक निर्माणको विषयलाई आफूमाथि पर्ने गम्भिर सुरक्षा प्रभावसँग खुल्ला रुपमा जोडेर सम्भवत: गल्ती गरेको बताइरहेका छन्। एक जना विश्लेषकले मसँग भने, “म सहमत छु कि यसमा सुरक्षा चुनौतीहरु रहेका छन् तर भारतले खुल्लम खुल्ला कडा रुपमा त्यसलाई अभिव्यक्त गर्नु गल्ती हो, हामीले चीनले यथास्थितिलाई भंग गर्यो मात्र भन्नुपर्थ्यो। सुरक्षाको मुद्दा बढी उठाएर हामीले सम्भवत: आफ्नै क्षेत्रमा गोल हानेका छौँ र चिनियाँहरुले यसबाट फाइदा उठाइरहेका छन्।”

‘अप्ठ्यारो परिस्थिति’
उनको तर्कमा दम छ। एउटा चिनियाँ अध्ययन संस्थाका एक जना विश्लेषक लङ सिनचुन भन्छन पाकिस्तानको आग्रहलाई देखाउँदै अब कुनै “एउटा तेस्रो देशको सेना’ कश्मीरको विवादित क्षेत्रमा अहिले भारतले चिनियाँ फौजहरुलाई सडक निर्माण रोक्नका लागि प्रस्तुत गरिरहेको ‘जस्तै खालको तर्क’ दिएर प्रवेश गर्नसक्छ।
“यदि भारतलाई भुटानको भूभाग रक्षा नै गर्न आग्रह गरिएको भएपनि उनीहरु भुटानको स्थापित भूभागभित्र मात्रै सीमित हुनुपर्थ्यो, विवादित क्षेत्रमा होइन्।”

यो तनाव अन्त्य हुनका लागि अब तीनै पक्षलाई मान्य हुने र कोही तल नदेखिने खालको समाधानको खोजी गर्नुपर्नेछ। चीनले आफ्नो अवधारणालाई कडा बनाउँदै लैजाँदा धेरै जनाले त्यस्तो ‘त्रिपक्षीय र प्रतिष्ठा जोगाउने’ किसिमको समझदारी फेला पार्न जटिल हुने र त्यसका लागि समय लाग्ने ठानिरहेका छन्। धेरै वर्षयता दुई देशबीचको सम्बन्ध अहिले सबैभन्दा तल्लो विन्दुमा पुगेको छ।

दुवै पक्षले उक्त संकट समाधान गर्ने एउटा मौका यसै महिनाको सुरुमा गुमाएका छन्। त्यसबेला औद्योगिक देशहरुको समूह जी ट्वेन्टीको शीर्ष बैठकको मेसो पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने भनिएको वार्ता भएन। भारतले राष्ट्रपति सीसँग भेटघाटको कार्यसूची नै नभएको बतायो भने चिनियाँ विदेशमन्त्रालयले चाहिँ भेटघाटका लागि उपयुक्त वातावरण नरहेको प्रतिक्रिया दियो।
यो विवाद समाधानका लागि अर्को मौका पनि आउँदैछ। भारतका प्रभावशाली राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभल यसै महिनाको अन्त्यमा ब्रिक्स राष्ट्रहरुको एउटा बैठकमा भाग लिन बेइजिङ जाँदैछन्। भारत-चीन सीमाको विषयमा विशेष प्रतिनिधि समेत रहेका डोभलले आफ्ना चिनियाँ समकक्षी याङ जेइचीसँग भेट्दैछन्।
एक जना पूर्व कूटनीतिज्ञ भन्छन्, “दुवै पक्षले यसलाई प्रतिष्ठाको विषय बनाएका छन्, तर कूटनीति भनेको अप्ठ्यारो बेलामा पनि सबै कुरा अघि बढाइरहनु हो।”

सम्बन्ध बिग्रदै गएपनि दुवै पक्षबीच युद्ध हुने सम्भावना देखिदैँन।

दिल्लीस्थित सेन्टर फर पोलीसी रिसर्चका एक जना वरिष्ठ अनुसन्धानकर्ता श्रीनाथ राघवन भन्छन्, “मलाई लाग्दैन कुनै पनि पक्ष सशस्त्र युद्धको पक्षमा छन्, कोहि पनि युद्धका लागि इच्छुक छैनन्, अहिले देखिएको तनाव युद्ध शुरु गराउन पर्याप्त छैन। तर दुवै पक्षले आफ्नो प्रतिष्ठा दाउमा परिरहेको ठानिरहेका छन् र यसले लामो समयसम्मको तनावलाई निम्त्याउन सक्छ।” @ बीबीसीनेपाली |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution