हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

इजरायल स्थित जेरुसलेमको पवित्रस्थलमा हिंसा

जेरुसलेममा मुसलमानले हरम अल-शरीफ र यहुदीले टेम्पल माउण्ट भन्ने गरेको पवित्रस्थलमा तनाव बढ्दै जाँदा इजरेली प्रहरीसंगको भिडन्तमा दर्जनौं प्यालेस्टिनी घाईते भएका छन्।

पुरानो शहरको पर्खालभित्र प्रदर्शनकारीले ढुंगा र अरु वस्तुहरु फ्याँकेपछि उनीहरुमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिएको छ।

सो पवित्रस्थलमा एकजना प्यालेस्टिनी युवाको पनि गोली लागेर मृत्यु भएको बताइएको छ तर त्यसको पृष्ठभूमि स्पष्ट छैन।
शुक्रबार तीनजना इजरेली अरब बन्दुकधारीले दुईजना इजरेली प्रहरीलाई मारेपछि त्यहाँ तनाव बढेको हो।

सो स्थलको प्रवेशद्वारमा इजरेलले मेटल डिटेक्टर राखेको विरोध गर्न प्यालेस्टिनीहरुले शुक्रबार ‘आक्रोशको दिन’ आह्वान गरेका छन्।

प्यास्लेस्टिनी र अन्य मुसलमान नेताले सो कदमको कडा विरोध गरेका छन् भने इजरेलले प्रहरीलाई मार्ने हतियार सो पवित्रस्थलभित्र लुकाएर लगिएको हुनाले सुरक्षाको दृष्टिकोणले त्यस्तो कदम आवश्यक भएको बताएको छ।

पूर्वी जेरुसलेमको सो क्षेत्र सन् १९६७ मा भएको मध्यपूर्व युद्धको समयदेखि इजरेलको अधिनमा छ भने प्यालेस्टिनीले त्यसलाई आफ्नो भूभाग ठान्दछन्।

इजरेलले बारम्बार यथास्थिति कायम राख्ने प्रतिबद्धता जनाएको छ।विगत ५० वर्षदेखि कायम गरिएका नियमहरु भंग गरिएमा प्यालेस्टिनीहरुले आपत्ती जनाएका छन्।

सो परिसर वरिपरि शुक्रबार हजारौं प्रहरी खटाइएका थिए भने ५० वर्ष मुनिका पुरुषलाई त्यहाँ जान दिइएको थिएन।
पवित्रस्थलमा हिंसा भड्किन नदिन कहिले काँहीं त्यहाँ त्यसो गर्ने गरिन्छ।

रमल्लाह र जेरुसलेमबीचको कलान्दिया जाँचबुझ केन्द्रमा र बेथ्लेहेम को उत्तरी प्रवेशद्वारमा पनि हिंसा भड्किएको छ।
जेरुसलेमभरीमा ६० जना प्यालेस्टिनी घाईते भएको र ३१ जनालाई अस्पताल लगिएको रेडक्रसले बताएको छ।
गत हप्ता त्यहाँ मेटल डिटेक्टर राखिएपछि प्रत्येक रात झडप भइरहेका छन्।

मेटल डिटेक्टर नहटाएसम्म अल-अक्सा मस्जिदको सो परिसरमा नछिर्ने भन्दै प्यालेस्टिनीले परिसर बाहिर नै प्रार्थना गर्न थालेका थिए। @ बीबीसीनेपाली |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution