एनआरएन जर्मनीको अध्यक्षमा बिजय मोक्तान तामाङले उम्मेदारी दिने

जर्मनीको बख्खुम हेर्ने शहरमा डेड दशक देखि बस्दै आएका बिजय मोक्तानले आगामी कार्यकाल २०१७/ २०१९ को लागी आफु नेतृत्वको दाबेदारी भएको अनौपचारीक तवरले घोषणा गरेका छन। आफु गैर आवासीय नेपाली संघ जर्मनीको संस्थापक सदस्य भएकोले सधै साथीहरुलाई नेतृत्वमा जाने मार्गप्रशस्त गर्दै आएको बताउनु भएको छ । गैरआवासीय नेपाली संघ जर्मनीको संस्थापक आईसीसी सदस्य राम प्रताप थापा र संस्थापक अध्यक्ष दिल गुरुङलाई समेत आफुले सहयोग गरेको बताएका छन् |
एनआरएनए जर्मनीको स्थापना काल २००४ साल देखि गैर आवासीय नेपाली संघ जर्मनीमा आवद्ध भएका विजय मोक्तानले २००९ सालमा एनआरएनए जर्मनीको आईसीसी सदस्यको उम्मेद्वार बनेका थिए। तर सहमतिको क्रममा कुमार पन्तलाई आईसिसिको जिम्मेवारी दिईयो। अध्यक्ष दिल गुरुङ्गलाई बनाएर आफु कार्यकारी सदस्यमा रही संस्कृतिक संयोजकको भूमिका को जिम्मेवारी पुरागरेका थिए। पुन: एनआरएनए जर्मनीको २०११/ २०१३ कार्यकालमा अध्यक्ष पुष्प थापालाई निर्विरोध बनाउन ठुलो मद्दत गरेका मोक्तानले आफ्नो आईसिसी सद्स्यको उम्मेद्वारी सहमतिको नाम मा सहमति स्थानमा उपस्थित नै नभएको व्यक्ति सन्तोष भट्टराईलाई आफ्नो पद तिलान्जली दिन्दै एनआरएनए जर्मनीलाई एकताको सुत्रमा एक ढिक्क बनाई छाडी दिए। एनआरएनए जर्मनीको सिफारिसमा २०११/२०१३ कार्यकालमा नेपाली उत्पादन बिदेशमा प्रबर्धन कार्यदलको सदस्यमा नियुक्ति भएर आफ्नो जिम्मेवारी पुरा गरेका थिए। कार्यकाल २०१३/ २०१५ मा मोक्तानलाई जर्मनी निवासी गैर आवासीय नेपालीहरुले अध्यक्षको रुपमा हेर्न चाहे पनि तर सहमतिमा हरेन्द्र वनेमलाई एनआरएनए जर्मनीको अध्याक्ष निर्बिरोध बनाए।
हरेन्द्र वनेमको कार्य समितिले बरिष्टता र कार्यक्षमता एबम अनुभवको आधारमा विशिष्ट संरक्षकमा नियुक्त गरी एक कार्यकाल पुरागरेका विजय मोक्तानलाई आईसीसीले कार्यदलको सदस्यमा नियुक्ती गरेको थियो। गैर आवासीय नेपाली संघको अभियानलाई ठुलो र फराकिलो पार्न जर्मनी निवासी सम्पूर्ण नेपालीहरुलाई एक सुत्रमा बाध्न धेरै ठुलो योगदान र समर्पण गरेका छन।
समाज सेवक विजय मोक्तान जर्मनीमा विभिन्न संघ सँस्थामा आबद्ध र राजनीतिक बिचारको नेपाली जनसम्पर्क समिति जर्मनीको एक कार्यकाल महामन्त्री र सभापतिको समेत जिम्मेवारी समाली सकेका मोक्तानलाई नेतृत्वदायी भुमिकाको बारेमा धेरै ठुलो अनुभव ग्रहण गरेका छन। एनआरएनए जर्मनीको २०१५/२०१७ को कार्यकालमा विजय मोक्तान उम्मेद्वार बनेका थिएनन। उनले नेपाली जनसंपर्क समिती जर्मनीको नेतृत्वमा रहेकोले एनआरएनए जर्मनीको अधिबेसनमा उम्मेद्वार नबन्दा निर्वाचन समितिले २३ जनाको पदको लागी उम्मेद्वारीको माग गर्दा केबल ८ पद मा मात्रै उम्मेद्वारीको निबेदन परेको एनआरएनए जर्मनीको चार्म घटेको सबैलाई महशुस भएको थिथो। अधिबेसन पश्च्यात पद पूर्ति गरिको थियो। ग्लोबलमा कोषाध्यक्ष हिक्मत थापा संयोजक रहेको आर्थिक समितिको कार्यदलमा विजय मोक्तानलाई कार्यदलको युरोप सम्योजक नियुक्त गरेकाछन। एनआरएनएको अभियानमा संकल्पको रुपमा निरन्तरता दिएका छन।
विजय मोक्तानले विभिन्न संघ संस्थाहरुको नेतृत्व देखि लिएर सल्लाहकार संरक्षक र कार्यसमितिमा रहेर काम गरेको धेरै ठुलो अनुभव र नेपाली जनसम्पर्क समिति जर्मनीको महामन्त्री र सभापति समेतको जिम्मेवारीको ठुलो अनुभव संगालेर खारिएर आएका विजय मोक्तानलाई एनआरएनए जर्मनीको आगामी नेतृत्वको प्रमुख दाबेदार र प्रबल सम्भावना भएको देखिन्छ।
गैर आवासीय नेपाली संघ जर्मनीको अधिबेसन नजिकिने क्रममा जर्मनीका समाजसेवक तथा एनआरएनए जर्मनीको एलसीसी एनआरलब्लुको उपसंयोजकको जिम्मेवारी पुरा गरेका साउद २००९/२०११ कार्यकालमा कार्यकारी सदस्य देखि लगातार युवा संयोजक र दुई पटक उपाध्यक्षको जिम्मेवारी निर्वाह गरी सकेका डोर्टमुण्ड निवासी वर्तमान उपाध्यक्ष रण बहादुर साउदले एनआरएनए जर्मनीको अध्यक्षको उम्मेदवारी अनौपचारिक रुपमा पहिले नै प्रेस बिज्ञप्ति द्वारा घोषणा गरी सकेका छन।
एनआरएनए जर्मनीको कार्यकाल २००९/ २०११ मा एलसिसी हाम्बर्कको कार्यकारी सदस्य र लगातार एनआरएनए जर्मनीको कार्यकारी सदस्य, २०१३/२०१५को कार्यकालमा महासचिबको जिम्मेवारी पुरा गरेका वर्तमान उपाध्यक्ष हाम्बर्ग निवासी प्रेम पोमु पनि अध्यक्षका उम्मेद्वारको रुपमा मैदानमा छन।
एनआरएनए जर्मनीको २०११/२०१३ कार्यकालका कोषाध्यक्ष जिम्मेवारी र वर्तमान महासचिबको जिम्मेवारी समाल्दै आएका म्युनिक निवासी प्रेम गुरुङ पनि एनआरएनए जर्मनीको नेतृत्व आफुले गर्ने गरी आगामी कार्यकालको लागी उम्मेद्वार बन्ने तयारीमा जुटेका छन।
एनआरएनए जर्मनीको २००९/ २०११ कार्यकालमा उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका वर्तमान एनआरएनए जर्मनीका संरक्षक र चितवन समाज जर्मनीका अध्यक्ष फोर्डे निवासी यज्ञराज सुबेदी एनआरएनए जर्मनीको आगामी नेतृत्वको लागी आकांक्षी रहेको बताउदै आएका छन।
एनआरएनए जर्मनीको २००९/२०११ कार्यकालमा कार्यकारी सदस्यको भूमिका निर्वाह गरेका र हाल आइसीसीको एक कार्यदल (टाक्स फोर्स) को सदस्यको रुपमा कार्यरत म्युनिस्टर निवासी टंक लम्साल आगामी कार्यकालको एनआरएनए जर्मनीको नेतृत्व आफुले गर्ने गरी चुनावी प्रचार प्रसार गर्न सुरु गरेका छन। @ मेरोजिल्ला |