इजरायलमा २३ औं विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने

तेलअविव – प्रवास भुमी इजरायलमा स्थापित जातीय संघसंस्थाहरुको एक मात्रै साझा संगठन नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा “बिश्वका आदिवासी जनजाती एक होऔ,आफ्नो भेष – भुषा , भाषा , धर्म लिपीको प्रबर्द्धन र संरक्षण गरौं ” भन्ने मूल नारा सहित आगामी ११ अगस्ट २०१७ (शुक्रबार) साँझ ८ बजे देखि तेलअविव स्थित लेभाण्डा ३२ तेस्राे तलामा रहेको हलमा “२३औं विश्व आदिवासी दिवस” भब्यताको साथ मनाउने भएको छ ।
विश्व आदिवासी दिवस हरेक बर्ष अगष्ट ९ तारिख परेता पनि परदेशको काम र छुट्टीको परिस्थितिलाई मध्यनजर गर्दै अगष्ट ११ तारीख मनाउन लागेको हो । बिगतका बर्षहरुमा झै यस बर्षको कार्यक्रमलाई पनि सम्बोधन गर्नुको निमित्त नेपाल आदिवासी जनजाती महासंघ केन्द्रका महासचिव नित्यनन्द ताजपुरिया आउनु हुने भएको छ ।
उक्त कार्याक्रममा आ- आफ्नो जातीय समुदायको जातीय सांस्कृतिक पहिचान झल्किने नृत्य, गानाहरु रहने संस्थाले जनाएको छ । कार्यक्रमलाई भब्यताको साथ सु सम्पन्न गर्नुको निमित्त इजरायलवासी सम्पुर्ण आदिवासी दाजुभाइ तथा दिदिबहिनीहरु साथै गैरआदिवासी नेपालीहरुमा सहभागिताको निमित्त महासंघले हार्दिक अनुरोध सहित निमन्त्रणा गरेको छ |