लोकगायक बद्री पंगेनी पक्राउ
श्रावण ४, २०७४- महाराजगन्ज प्रहरी वृत्तले बाँसबारी क्षेत्रबाट लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ गरेको छ । होहल्ला गरेर अशान्ति मच्चाएको भन्दै स्थानीयले दिएको उजुरीको आधारमा छापा मार्दा गायक पंगेनीसहित ११ जना बुधबार पक्राउ परेका हुन् । गायक पंगेनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत हुन् ।
उनीहरु जमघट भएको भाडाको कोठाबाट २ लाख ४ हजार नगद र केही गड्डी तास पनि बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरु जुवातास खोल्न बसेको हुनसक्ने प्रहरीको आशंका छ ।
प्रहरीले बरामद सामग्रीसहित मुचुल्का गरेर पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएको छ ।