कुवेतमा २३ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने तयारी

नेपाल आदिवासी जनजाति महासंघ कुवेतले २३औ विश्व दिवासी दिवसको आउँदो ११ अगस्ट २०१७ (शुक्रबार) वेडीङ हल ,जिलिब (पुलिस स्टेशन नजिकै) मा भव्यताको साथ मनाउने भएको छ |
कार्यक्रमको लागि नेपालबाट प्रमुख अतिथिको रूपमा नेपाल आदिवासी जनजाति महासंघका पुर्ब महासचिव आङ काजी शेर्पाको उपस्थिति रहने महासंघले जनाएको छ । साथै कार्यक्रममा भिन्न जातिय परम्परागत झाँकी, सांस्कृतिक पहिचान झल्किने नित्यहरु , मौलिक चिनारीहरु विशेष रूपमा प्रदर्शन गरिने बताएको छ ।