हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

नेकपा (माके) प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति पक्षमा पुन:आवाज उठाउने

काठमाडौँ, साउन ३ गते । नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने व्यवस्थालाई पुनः उठाउने भएको छ । सोमबार सुरू भएको पार्टी सचिवालयको विस्तारित बैठकले यो मुद्दालाई राजनीतिक बहसका रूपमा उठाउने कार्य योजना बनाउने बताइएको छ ।

प्रवक्ता पम्फा भुसालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति पार्टीको पहिलेदेखिकै मुद्दा भएको व्याख्या गर्दै आगामी दिनमा यसलाई प्राथमिकतामा राखेर लाने बताउनुभयो । मुख्यतः चुनावी परिणाम र पार्टीको भावी रणनीति तय गर्न आह्वान गरिएको बैठकमा कार्यकारी राष्ट्रपतिको निर्वाचन प्रमुख विषयका रूपमा राखिएको छ । पार्टी स्रोतका अनुसार बैठकमा यसबारे नेताहरूले विस्तृत धारणा राख्नुभएपछि कसरी अघि बढाउने भन्ने योजना बनाइने छ ।
‘हामी यसलाई संविधान संशोधनकै मुद्दाको रूपमा अघि बढाउने योजनामा छौँ,’ एक सचिवालय सदस्यले भन्नुभयो, ‘तर त्यसमा सम्भव भएन भने पनि आगामी दिनमा यो हाम्रो मुख्य मुद्दा बन्ने छ । ’

दुई चरणको स्थानीय तहको निर्वाचनपछि निराशाजनक परिणाम हात पारेको माओवादी केन्द्रले बैठकबाट हारका कारणबारे समीक्षा गर्ने तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको योजना तयार गर्न यो बैठक बोलाएको हो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रदेश इन्चार्जहरूले चुनावबारे आ–आफ्नो संश्लेषण प्रस्तुत गर्नुभएको छ । बैठकको कार्यसूची प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले परिणाम केही निराशाजनक भए पनि आत्तिनुपर्ने नभएको विश्लेषण सुनाउनुभएको थियो ।

उहाँले पराजयका विभिन्न कारणबारे व्याख्या गर्दै त्यसको कारण जनतामा नभई पार्टीभित्र खोज्नुपर्ने बताउनुभएको थियो । ‘चुनाव हाम्रो पक्षमा नभए पनि मुद्दा हाम्रै स्थापित भएको छ । यसलाई सकारात्मक ढङ्गले लिनुपर्छ,’ प्रचण्डको धारणा उद्धृत गर्दै प्रवक्ता भुसालले भन्नुभयो, ‘हामीले मुद्दा स्थापित गर्न गरेको सङ्घर्ष र सरकारमा जाँदा गरेका राम्रा कामको जस लिन सकेनौँ । हाम्रा राम्रा पक्षहरूको प्रचार गर्न नसक्नु हाम्रो कमजोरी रह्यो । ’

प्रचण्डले पार्टीभित्रको गुट, उपगुट तथा नेताहरूको कार्यशैलीका कारण पनि जनताले मत नदिएको भन्दै पार्टीभित्रको गुटगत प्रवृत्ति पूर्ण रूपमा अन्त्य गरिनुपर्ने बताउनुभएको थियो । ‘पार्टीभित्रको गुटहरू सबै विघटन गरौँ ।

सबै गुटहरू भत्काऔँ र नयाँ ढंगको पार्टी निर्माण गरौँ,’ बैठकमा ब्यङ्ग्यात्मक रूपमा प्रस्तुत हुँदै प्रचण्डले भन्नुभयो, ‘हैन भने सबैले घोषित रूपमा गुट निर्माण गरेर जाऔँ । सबैले वैधानिक गुट चलाऔँ । ’

वैठकमा सातवटा प्रदेशका इन्चार्जहरूले कमजोर साङ्गठनिक अवस्था, विपक्षीहरूको आर्थिक चलखेल, पार्टीको कमजोर आर्थिक अवस्थालगायतको कारण चुनावमा सोचेजस्तो परिणाम आउन नसकेको बताउनुभएको थियो ।

-राजेश चाम्लिङ राई






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution