हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

१८ कम्पनीको एफपीओ र आईपीओ आउँदै, किन्ने होइन त सेयर ?

काठमाडौं । पुँजीबजारमा विभिन्न क्षेत्रका डेढ दर्जन कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गर्न लागेका छन् ।
गत असार ३० गतेसम्म बैंक तथा वित्तीय क्षेत्र र जलविद्युत गरी १८ कम्पनीले साधारण सेयर (आईपीओ) र थप सेयर निष्कान (एफपीओ) निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सेयर निष्कासन गर्न लागेका १८ मध्ये ११ जलविद्युत कम्पनी रहेका छन् ।

१८ कम्पनीले ५ करोड ६२ लाख ३ हजार ८५ कित्ता आईपीओ र एफपीओ निष्कासन गर्न लागेका हुन् । यी मध्ये ३ अर्ब २९ करोड १४ लाख २९ हजार रुपैयाँ बराबरको ३ करोड २९ लाख १४ हजार कित्ता आईपीओ र १ करोड ७० लाख कित्ता भन्दा बढी एफपीओ निष्कासनका लागि निवेदन परेको धितोपत्र बोर्डले जनाएको छ ।

यस्तै जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणलाई सेयर निष्कासनका लागि वोर्डमा निवेदन दिएका हुन् । पछिल्लो समयमा जलविद्युत आयोजनाले १० प्रतिशत आयोजना प्रभावित स्थानियबासिन्दालाई अनिवार्य सेयर दिनुपर्ने भएपछि यस क्षेत्रको निष्कासन बढेको हो ।

सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेड रहेको छ । आँखुले आयोजना प्रभावित स्थानियबासिन्दालाई ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्कासनका लागि निवेदन दिएको छ । गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियवासिन्दालाई दिने भएको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले स्थानियबासिन्दालाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार कित्ता साधारण सेयर निष्कासन गर्दे छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन गर्न लागेको छ । प्रिमियरको एफपीओको मुल्य भने निर्धारण भएको छैन । उसले पुँजी बढाउन एफपीओ निष्कासन गर्न लागेको हो ।
शुभम् पावर लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दालाई २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण सेयर निष्कास गर्न लागेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पनि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । यता बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले पनि ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गर्ने भएको छ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले लगानी वित्तीय संस्थाका कर्मचारीलाई ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्दे छ । यसैगरी रसुवागढी हाइड्रोपावर लिमिटेडले पनि लगानी गर्ने संस्थाका कर्मचारीलाई १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार रुपैयाँको सेयर निष्कास गर्ने भएको छ ।

बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेडले पुँजी बढाउन संस्थापक एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले ६१ लख ५८ हजार कित्ता एफपीओ निष्कासन गर्न वोर्डमा निवेदन दिएको छ ।

पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानियबासिन्दालाई ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता साधारण सेयर निष्कासन गर्देछ । नेपाल ग्रामीण विकास बैंकले पनि पुँजी बढाउन एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले ९ लाख ७५ हजार कित्ता एफपीओ निष्कास गर्ने भएको छ ।

एनएमबी बैंकले चुक्तापुँजी बढाउन १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । उसले चुक्तापूँजी बढाउन एफपीओ निष्कासन गर्न लागेको हो ।

यस्तै राधी विद्युत कम्पनी लिमिटेडले पनि सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँको साधारण सेयर सर्वसाधारणलाई निष्कासन गर्न लागेको छ । लङघिङ बुद्धपावर कम्पनी नेपाल लिमिटेडले पनि स्थानियबासिन्दालाई ९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

युनिक हाइडेल कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानियबासिन्दालाई सेयर निष्कास गर्न लागेको छ । उसले ५ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर स्थानियबासिन्दालाई निष्कासन गर्न लागेको हो । युनिकले ३ मेगावाटको मिदीमकरापु खोला आयोजना निर्माण गरिरहेको छ ।

यस्तै जलविद्युत आयोजना निर्माण गरिरहेको सिईडीबी हाइड्रोफण्ड लिमिटेडले पनि सर्वसाधारणलाई २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको २२ लाख ८९ हजार ३ सय कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको बोर्डले जानकारी दिएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution