चीन र पाकिस्तान लड्न २७ लाख करोड रुपियाँ – भारतीय सशस्त्र बल

नयाँदिल्ली , साउन १ गते । वर्तमानमा भारतको चीन र पाकिस्तान जस्ता भौगोलिक रुपमा नजिक राष्ट्र्हरुसँग सम्बन्ध सन्तोषजनक छैन । कुनै पनि समयमा जस्तोसुकै स्थिति निम्तिन सक्नेमा भारत सतर्क पनि छ ।
यसै सतर्कतालाई लिएर भारतले आफ्ना सशस्त्र बलहरुलाई तम्तयारीको अवस्थामा राख्ने योजना गरिरहेको छ र यसका लागि सशस्त्र बलहरुले आगामी पाँच बर्षका लागि सरकारसँग भा.रु. २७ लाख करोडको बजेट माग गरेका छन् । नवभारत टाइम्सका अनुसार यही हप्ता नयाँ दिल्लीमा भएको युनिफाइण्ड कमाण्डरहरुको सम्मेलनमा यति ठूलो बजेटको माग गरिएको भारतीय रक्षा मन्त्रालयका स्रोतले जानकारी दिएको हो । भारतीय रक्षा मन्त्री अरुण जेटलीले सरकार भारतीय सेनालाई जुनसुकै अवस्थाको सामना गर्न सक्ने बनाउने बताएका थिए ।
हाल भारतको रक्षा बजेट भा.रु. २ दशमलब ७४ लाख करोडको छ जुन भारतीय कूल ग्राहस्थ उत्पादन ( जीडीपी ) को १ दशमलब ५६ प्रतिशत हो । भारतीय सेनाले रक्षा बजेट जीडीपीको दुई प्रतिशतसम्म हुनुपर्नेमा जोड दिइरहेको छ । @ गाेरखापत्र अनलाइन |