इजरायलमा २०४ औँ भानु जयन्ती’ बृहत् साहित्यिक कार्यक्रम वनभोज सहित सम्पन्न

तेलअविव – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल ,अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज र साहित्यिक चौतारी नेपाल इजरायलको सयुक्त आयोजनमा आदिकवि भानुभक्त आचार्यको सम्झनामा ‘२०४ औँ भानु जयन्ती’ बृहत् साहित्यिक मनोरञ्जनात्मक कार्यक्रम सहित ‘वनभोज’ कार्यक्रम गरी एतिहासिक रूपमा सम्पन्न गरिएको छ |
नेपाली दुतावास इजरायलको महामहिम राजदूत निरन्जन थापाको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा इजरायललाई कर्मभूमि बनाएर बसेका सम्पूर्ण साहित्यिक श्रष्टाहरु, साहित्य अनुरागी, कलाकार, समाजसेवी,बिभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु, बुद्धिजीवी सञ्चारकर्मी लगायतको उपस्थिति रहेको कार्यक्रम भानुको तस्बिरमा माल्यार्पण गरी उद्घाटन भएको कार्यक्रममा साहित्यिक चौतारी नेपालको बारेमा संस्थाकी संरक्षक तथा प्रमुख सल्लाहकार सावित्रा लुइँटेल घिमिरेले प्रस्ट्याउँदै निकट भविष्यमा नै साहित्यिक चौतारी नेपालको इजरायल शाखा बिस्तार गर्ने तयारी गरिएको बताउनुभएको थियो। उपस्थित साहित्यकारहरुबाट सृजना वाचन कलाकारहरुबाट गायन लगायतका प्रस्तुतिले कार्यक्रमको रौनक तताएको थियो भने कार्यक्रममा अायोजक संस्थाहरुको तर्फबाट उपस्थित सबैलाई भोजको ब्यबस्था पनि मिलाइएको थियो।
लुमि पार्क, तेलअभिव इजरायलमा भएको उक्त कार्यक्रममा विभिन्न स्रष्टाहरुले आफ्नो आफ्नो रचना वाचन गर्नु भएको थियो | कार्यक्रममा साहित्यिक चौतारी नेपालकी सचिव तथा कार्यक्रम संयोजक मुना सिग्देल , साहित्यीक चौतारी नेपालको प्रमुख संरक्षक तथा सल्लाकार सावित्रा लुइँटेल घिमिरे,पाना ख़बर संम्वाददाता राम ढुंगाना,अनेकस अध्यक्ष भोजराज क्षेत्री ,अनेसास सल्लाहकार कृष्ण भण्डारीले कार्यक्रममा अा-अाफ्नो मन्तब्य राख्नु भएको थियो भने अनेसास इजरायल पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्णा थापा,अनेसास सदस्य नुतन भुसाल , कवि मनिषा प्रसाई ,अनेकस महासचिव रानु सुवेदी बस्नेत, कवयत्री निर्मला खड्का,कवयत्री सुनिता काङदान्वा,मुक्तककार श्रेष्ठ बसु,ग़ज़लकार निलम भुसालले साहित्यिक सृजना वाचन गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत निरन्जन थापाले आफ्नो छोटो मन्तव्य राख्दै हामी भाषाका धनी छौ हाम्रो देशमा विभिन्न भाषा भाषी छौ यसरी परदेशको भूमिमा आएर आफ्नो नेपाली भाषाको जगेर्नाको यस्तो कार्यक्रम गर्नु आफैँमा पनि सम्मानजनक देश प्रतिको उत्तरदाईत्व निर्वाह गर्ने काम हो भन्नु भएको थियो |
२०४ औँ भानु जयन्ति कार्यक्रमका सभापति अनेसासका अध्यक्ष भगवती बस्नेतले आफ्नो मिठो कविता वाचन गर्दै कार्यक्रमको अन्त्य भएको जानकारी गराउनु भएको थियो यस ऐतिहासिक कार्यक्रमको शुत्रधार गीतकार लक्ष्मी अनुरागीले गर्नुभएको थियो।