दोलखाको निर्वाचित तामाङ प्रतिनिधिलार्इ काठमाण्डौंमा बधाई तथा सम्मान

-सरोजमोहन मोक्तान
काठमाडाैं । ह्याङला दोलखा–काठमाण्डौं तामाङ समाजद्वारा चाबहिल स्थित ए-वान पार्टी प्यालेस काठमाडौंमा शिनिबार दोलखा जिल्लामा जन निर्वाचित तामाङ जनप्रतिनिधिहरुलार्इ बधाई तथा शुभकामना सहिद प्रसंसा पत्र दिएको छ । कार्यक्रमको अध्यक्षता सरोज मोहन लामाले गर्नुभएको थियो भने संचालन छेवाङतेन्जेङ लामाले । कार्यक्रममा स्वागत मन्तव्य रामकृष्ण लो तामाङले दिनुभएको थियो ।
शनिबारको बधाई तथा शुभकामना एबं विचार गोष्ठी कार्यक्रममा बरिष्ठ बामपन्थी राजनितिज्ञ, समाजसेवी तथा पुर्व सांसद जितविर लामाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । भने विशेष अतिथिद्वय माननीय सांसद पर्वत गुरूङ र पशुपति चैलागार्इ हुनुहुन्थ्यो । त्यस्तै अतिथिहरुमा पुर्व सांसद शान्ति पाख्रिन, नेपाली कांग्रेसका युवा नेता बर्मा लामा, वारेण्टेड म्याग्नेसाइटका अध्यक्ष बसन्तराज कार्की लगायतका नेता, समाजसेवी, बुद्धिजिविहरूको भब्य उपस्थिति रहेको थियो ।
बधार्इ तथा शुभकामना कार्यक्रममा सैलुङ गाउँपालिकाका उपप्रमुख लालमाया योञ्जन, सोही गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष धावावाङ्गेल (प्रेम) तामाङ, मेलुङ गाउँपालिका वडा नं. ३ वडा अध्यक्ष हिरा कुमार तामाङ थोकर, सोही गाउँपालिकाका वडा नं. ४ का वडा अध्यक्ष छत्र बहादुर तामाङ र वडा नं. ६ का वडा अध्यक्ष कुसुम लामा हुनुहुन्थ्यो । त्यस्तै गरि बैतेस्वर वडा नं १ का वडा अध्यक्ष बिर्स बहादुर तामाङ लगायत वडा सदस्यहरुको उल्लेख्य उपस्थिति रहेका थिए ।
कार्यक्रममा सैलुङ गाउँपालिकाका उपप्रमुख लालमाया योन्जनले अनि नेपाल तामाङ घेदुङका अनुशासन बिभागका प्रमुख तथा सोही गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष प्रेम मोक्तान धावावाङगेलले बोल्नु भएको थियोे भने, नेपाली कांग्रेस पार्टीबाट बिजय भएको वडा अध्यक्षको तर्फबाट मेलुङ गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कुसुम लामाले भोल्नुभएको थियो । त्यस्तै नेकपा एमाले पार्टीको तर्फबाट बिजय वडा अध्यक्षको तर्फबाट मेलुङ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष हिरा कुमार तामाङ थोकरले बोल्नु भएको थियो । उहाँहरु सबैले आ आफ्नो दलले समाबेसी समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दोलखा जिल्लामा तामाङ जातिलाई प्रमुख पदमा समाबेश नगरेको कुरालाई प्रष्ट पारिएका थिए । आगामी दिनमा उक्त कुरालाई सच्याउदै तामाङ जातिको अधिकार पाँच प (१ पहिचान, २ पहुँच ३ प्रतिनिधित्व ४ प्रगति र ५ परिवर्तन) को अधिकारलाई पूरा र अधिक रुपमा लागू र कार्यन्वयन गर्ने प्रतिबद्धता गर्नुभयो साथै उक्त कुरामा दलहरू सबै ध्यान पुर्याउनु पर्ने जोडदार रूपमा ध्यानाकर्षण गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथिद्वय माननीय सांसद पशुपति चौलागाईं र पार्बत गरुङले नेकपा एमाले पार्टीले आगामी दिनमा तामाङ जातिको अधिकार र प्रतिनिधित्वलाई विशेष ध्यान दिने र पाँच प को अधिकारलाई पुर्ण कार्यन्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । बिगतमा तामाङ जातिलाई अन्याय नगरेको तर यसपटकको स्थानीय तहको निर्बाचनमा केही त्रुटि भएकोमा स्वीकार गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका युवा नेता बर्मा लामाले दोलखा जिल्लाका तामाङ बाहुल्यता भएको गाउँपालिकाहरुमा ठुला दलहरूले प्रमुख पद दिन हिच्किचाएको र दिएका तामाङ जनप्रतिनिधिलार्इ पनि निर्वाचित गर्न नसक्नु दलहरूको कमजोरी रहेको बताएका थिए ।
त्यस्तैगरि कार्यक्रममा निर्बाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना पुर्ब सांसद शान्ति पाखृन, बसन्तराज कार्कीले दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी जितबिर लामाले सामाजिक सद्भाव सोसियल हार्मोनीयस समाज निर्मान गर्नु आजको चुनौती रहेको बताउनु भयो । उहाँले अझै नेपाली समाजमा क्रान्ति र आमूल परिवर्तन नभएको र अब तामाङ समाजले खाली तामाङ जाती र समाजको कुरा मात्र नगरी नेपाली समाजकै आमूल परिवर्तन र क्रान्तिको कुरा गर्नुपर्ने बताउनु भयो । त्यसमा शिक्षा नै क्रान्ति गर्ने मुल ढोका हो सबै तामाङहरुले अध्ययन, अनुसन्धान देखि उच्च शिक्षा हासिल गर्नुपर्यो त्यसपछि कसैले गरिदिन्छ होईन आफ्फै गर्नुपर्यो अग्रसर हुनुपर्यो उहाँले भन्नुभयो ।
कार्यक्रममा अर्थिक लगायत विभिन्न तवरले कार्यक्रमलार्इ सहयोग गर्नुहुने तामाड़.चाई प्राईभेट लिमिटेडका मेनेजिङ डाईरेक्टर अस्ट्रेलिया मेलवर्न बस्दै आउनुहुने दोलखा साबिक सुरि गाबिस हाल गौरीशंकर गाउँपालिकाका रोशन बिक्रम लो तामाङ, युवा उद्यमी नबाराज योन्जन तामाङ दुधपोखरी, युवा चलचित्र उद्यमी राजु लामा डाँडखर्क, युवा ब्यबासाय हेम कुमार लामा बिप्लब भिनपा, युवा उद्यमी तथा समाजसेवी सृजना गोले तामाङ भेट्पु गरि पाँच जनालार्इ सम्मान गरेका थिए ।