दक्षिण कोरियाका कामदारको ज्यालादर बृद्धि, अब कति पाउँछन् मासिक तलब ?

सोल । दक्षिण कोरिया सरकारले सन् २०१८ का लागि कामदारको न्यूनतम ज्यालामा वृद्धी गरेको छ। न्युनतम ज्याला निर्धारण समितिका का २७ सदस्यका बीच ११ औँ बैठकमा मतदान मार्र्फत साबिक ज्याला ६,४७० वोनको १६.४ प्रतिशत अर्थात ७,५३० वन प्रतिघण्टाका दरले जनवरीबाट लागु हुनेगरि बृद्धि गरेको हो ।
कोरियामा मजदुर पक्षले सरकारसँग न्युनतम ज्यालाका बिषयमा १०,००० वन माग गरि बैठकमा दवाव दिनु र कम्पनी व्यबस्थापनले मजदुरको माग बमोजिम ज्याला बढाउन नसकिने अडान राख्दै आएको थियो। तर सन् २०१८ को ज्याला वृद्धी सम्बन्धि निर्णय अगस्ट ५ भित्रै गरिसक्नु पर्ने व्यवस्था भएकाले मजदुर पक्ष, कम्पनि व्यवस्थापन पक्ष र सरकारका प्रतिनिधि सहित २७ सदस्यका सहितको सहभागितामा भएको छलफलका आधारमा नयाँ ज्यालादर निर्धारण गरिएको कोरियन समाचारले जनाएको छ।
तोकिएको तलब अनुसार अब मजदुरले प्रति महिना २०९ घण्टा सहित १५,७३,७७० वोन(४ १३८७.७६) मासिक ज्यालादर प्राप्त गर्ने गर्दछन्। यो ज्यालादर अतिरित्त काम बाहेकको हो। तर कृषी तथा पशुपालन क्षेत्रमा रहेका कामदारको हकमा भने अतिरित्त ज्यालादर लागु नभै कार्य समयलाई प्रतिघण्टा ज्यालादरमा लागु गरिने छ ।
यसैगरी राष्ट्रपति मुन जे ईन ले आफनो राष्ट्रपतिको पाँच बर्षे कार्यकाल सन् २०२२ सम्ममा मजदुरको प्रतिघण्टा ज्यालालाई १०,००० वोन अर्थात ४८.८१ पुर्याउने प्रतिबद्धता जनाएका छन्।