इजरायलमा २०४ औं भानु जन्मजयन्ती भव्यताको साथ सम्पन्न

-अम्विका याम्फु” अनमोल”
तेलअविव – विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलको आयोजनामा राष्ट्रिय विभूति नेपाली भाषाका आदिकवि भानू भक्त आचार्यको २०४ औं जन्म जयन्ती तथा तेस्रो रचना वाचन कार्यक्रम गत १४ जुलाई २०१७ शुक्रबार साँझ भब्य र सभ्यतापूर्णका साथ सम्पन्न भएको छ ।
अध्यक्ष सानु गुरुड.को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि इज़रायलको लागी नेपाली राजदूत महामहिम निरन्जन थापाको आथित्यमा पानसमा दिप प्रज्जलन गरी राष्ट्रिय विभूति नेपाली भाषाका आदिकवि भानुभक्तको तस्वीरमा माल्या अर्पण गरेर कार्यक्रमको समुद्घाटन गरिएको थियो ।
राजदूतबासबाटै पाल्नु भएका प्रथम सचिव हरिहर कान्त पौडेल र दृतिय सचिव आस्था लिम्बुको उपस्थित हुनुहुन्थ्यो ।
विशेष अतिथिहरु एन आर एन ए इजरायलका अध्यक्ष दीपक ओली ,नेपाल आदिवासी जनजाती महासंघको अध्यक्ष नयन इम्सोङ लिम्बु , साथै संस्थापक सल्लाहकारहरु र अन्य विभिन्न संघसंस्थाबाट प्रतिनिधि गरेर आउनु भएको अध्यक्षहरु एवं प्रतिनिधिहरु र बुद्धिजीवी,कलाकार,समाजसेवी र सञ्चारकर्मीहरुको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रम संचालिका संस्थाको महासचिव अम्बिका याम्फू “अनमोल” ले गरेका थिए । कार्यक्रमको शुभारम्भ गर्नका निमित्त राष्ट्र राष्ट्रीयता प्रति सम्मान गर्दै राष्ट्रीय गान बज्जाई लगातै कार्यक्रायका अतिथि ज्यूहरुलाई गीतमार्फत स्वागत गर्न सदस्य सानु खतिवडा , रेखा पन्त र भिमा कार्कीले कर्ण प्रिय स्वरमा स्वागत गीत गाउनु भएको थियो ।
सक्रिय सदस्य कल्पना चाम्लीगं राईले स्वागत मन्तब्यमा दिएका थिए भने शुभकामन मन्तब्यमा सदस्य बसु श्रेष्ठले दिनु भएको थियो । भानुभक्तको बारे आलेख संस्थाको सचिव विमला शर्मा ढंगानाले भन्नु भएको थियो ।
यसै गरि विशेष अतिथिहरु एन आर एन ए इजरायलका अध्यक्ष दिपक ओली,नेपाल आदिवासी जनजाती महासंघको अध्यक्ष नयन इम्सोङ लिम्बुका साथै संस्थापक सल्लाहकार कृष्ण रायमाझी, तमु समाज इजरायलका प्रथम उपाध्यक्ष निर्मला गुरुड,संघीय समाज इजरायलका अध्यक्ष सुन्दर सिंह लामा तामाङ, (एमाले) प्रवासी नेपाली मज्चका अध्यक्ष तीर्थ गौतमले शुभकामना मन्तब्य दिनु भएको थियो ।
इज़रायलको बसाईलाई बिट मार्दै सदाको लागि जन्म भूमि फर्कनु पर्ने हुदा सक्रीय सदस्य कल्पना चाम्लिड राईलाई संस्था प्रति उहाँले दिनु भएको योगदानलाई उच्च कदर गर्दै प्रशंसा पत्र द्वारा सम्मान गर्दै विदाई गरिएको थियो ।
संस्थामा नयाँ सदस्यता लीनुहुने बिना लामा गुरुड,रेखा पन्त,सीता अधिकारी तिमील्सिना र सम्झना पन्तलाई अविर र खदाले स्वागत गरिएको थियो ।
साथै मीठो मीठो सृजना वाचन गरेर कार्यक्रम साहित्यिकमय भएको थियो । सर्जकहरु शान्ती राई “स्मृति”,शान्ता खवास,सुरेन्द्र प्रसाई ,सावित्र लुईटेल घिमीरे ,सानु खतिवड ,रेखा पन्त ,सम्झना पन्त,अनिता राई,भिमा कार्की,अम्बिका याम्फु”अनमोल,बसु श्रेष्ठ ,कल्पना चाम्लाड., विमला शर्मा ढंगाना,सिन्धु पौडेल,सानु गुरुड.आदि सर्जकहरुले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो ।
अन्त्यमा उपस्थित सम्पुर्ण महानुभाव हरुलाई स धन्यवाद दिदै सभापति सानु गुरुड.ले कार्यक्रम समापन गराउनु भएको थियो ।