हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

भारतीय सैनिकले सिक्किममा राजाको दरवारमा घेरा हालेर यसरी कब्जा …..

रेहान फजल/बीबीसी

न्युयोर्क। ६ अप्रिल, १९७५ को विहान सिक्किमका चोग्यालले आफ्नो भवन बाहिर गेटमा भारतीय सैनिकको ट्रकको आवाज सुने। उनी दौडिएर झ्यालमा पुगे, त्यतिबेलसम्म उनी बसेको राजदरबार भारतीय सैनिकले चारैतिरबाट घेराहालिसकेका थिए।

त्यति नै बेला मेसिलगन चलेको आवाज सुनियो। र राजदरबारको गेटमा तैनाथ बसन्तकुमार क्षेत्रीलाई गोली लाग्यो र उनी भुँइमा ढले। त्यहाँ उपस्थिति पाँच हजार भारतीय सैनिकलाई राजदरबारलाई सुरक्षा दिइरहेका २४३ सुरक्षाकर्मीलाई नियन्त्रणमा लिन ३० मिनेट समय पनि लागेन।

त्यो दिन १२ बजे ४५ मिनेटसम्म सिक्किमको स्वतन्त्र मुलुकको हैसियत समाप्त भइसकेको थियो। चोग्यालले ह्याम रेडियोबाट सो घटनाको सूचना पुरै विश्वसामु सुनाए। त्यो सूचना बेलायतको एक गाउँमा एक अवकाश प्राप्त डाक्टर र जापान र स्वीडेनका दुई जनाले सो आपतकालीन सूचना सुनेका थिए।

दिल्लीका म्युनिसिपल कमिश्नर बीएस दास दिउँसोको खाना खाँदै थिए। उनलाई विदेश सचिव केवल सिंहले फोन गरे र भने तत्काल भेट्न आउनू।

७ अप्रिल १९७३। जसै दास विदेश मन्त्रालय पुगे, केवल सिंहले उनको भव्य स्वागत गरे। दासको स्वागत गर्दै केवलले भने, ‘तपाइँलाई सिक्किम सरकारको जिम्मेवारी दिन तत्काल गाङटोक पठाइँदैछ। तपाइँसँग तयारीकालागि केवल २४ घण्टाको समय छ।’

जब भोलिपल्ट दास सिलिगुढीबाट हेलिकप्टरमा गाङटोक पुगे, त्यहाँ उनको स्वागतार्थ चोग्यालका विरोधी काजी लेनडुप दोर्जी, सिक्किमका मुख्य सचिव, प्रहरी आयुक्त र भारतीय सेनाका प्रतिनिधि उपस्थित थिए।

दासलाई जुलुसमा सहभागी हुँदै उनको निवाससम्म लगियो। भोलिपल्ट दासले चोग्यालसँग भेट्ने समय मागे तर चोग्यालले बहाना बनाउँदै आफू ज्योतिषीसँग सल्लाह गरेर मात्र भेट्ने जवाफ दिए।

‘यो त एक वहाना थियो, वास्तवमा उनी मलाई मेरो ओहोदालाई मान्यता दिन चाहँदैनथे,’ दासले भने। त्यसको भोलिपल्ट चोग्यालले दासलाई बोलाए। तर बैठक निकै कटुतापूर्ण माहोलमा सुरु भयो। चोग्यालको पहिलो शब्द थियो। ‘मिस्टर दास! यो सोचनमा नबस्नु होला, कि सिक्कम गोवा हो।’

उनले अन्तिमसम्म यही कोसिस गरेकी सिक्किमलाई भुटानजस्तै दर्ता दिइयोस। ‘सिक्किम एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न देश हो। तपाइँले हाम्रो संविधान अनुसार काम गर्नुपर्छ। भारतले तपाइँको सेवा मेरो सरकारलाई दिएको छ। यो विषयमा कुनै पनि षड्यन्त्र गर्न पाँइदैन, बिर्सिएर पनि हामीलाई दबाउने कोसिस नगर्नुहोला,’ चोग्यालले चेतावनी दिँदै भने। सिक्किमलाई भारतमा विलय गर्न बीएस दासको मुख्य भूमिका थियो।

भोलिपल्ट बीएस दास सिक्किममा रहेका आफ्ना साथी शंकर बाजपेईसँग भेट गर्न इण्डिया हाउस पुगे। शंकर बाजपेईले दाससँग भने, ‘तपाइँले केवल सिंहको के निर्देशन लिएर आउनु भएको छ ?’

‘मसँग सिक्किमका जनताको आकांक्षा पूरा गर्ने बाहेक केही पनि निर्देशन थिएन,’ दासले सम्झिए, ‘सधैंकै जस्तो इन्दिरा गान्धीले कुनै औपचारिक राजनीति वाचा पनि गरेकी थिइनन्। विलय शब्दलाई त प्रयोग नै गरिएको थिएन।’

दासका अनुसार केवल सिंहले पनि उनीसँगको कुराकानीमा विलय शब्दको प्रयोग गरेका थिएनन्। ‘हामीलाई केही निर्देशन नभएपनि मलाइ र शंकर बाजपेईलाई थाहा थियो की हामीले के गर्नुपर्छ।’

दिवंगत चर्चित राजनीतिक विश्लेषक इन्द्र मल्होत्राले बारम्बार भन्ने गर्थे,‘सिक्किमलाई भारतमा विलय गराउने सोच १९६२ मा भएको चीन–भारत युद्धपछि सुरु भएको थियो।’

सुरक्षा विशेषज्ञले अनुभव गरेका थिए–चीनको चुम्बी उपत्यका नजिक भारतको केवल २१ माइलको गर्दन छ,जसलाई ‘सिलिगुढी नेक’ भनिन्छ।
उनीहरुले चीन कुनै पनि बेला एकै झड्कामा सो गर्दनलाई अलत गरेर उत्तरी भारतमा घुस्न सक्ने बताउँथे।

सिक्किमका राजा चोग्यालले अमेरिकी नागरिक होप कुकसँग विवह गरेका थिए। विवाहपश्चात रानीले राजालाई उक्साउन सुरु गरिन्। राजा चोग्याललाई लाग्यो की यदि आफूले सिक्किमलाई पूर्ण रुपमा स्वतन्त्र बनाउने माग राख्दा अमेरिकाले आफूलाई सहयोग गर्छ। तर सो कुरा भारतले स्वीकार गर्नै सक्दैनथ्यो।

चोग्यालकी अमेरिकी श्रीमतीको पूरा व्यक्तित्व रहस्यमयी थियो। चोग्याललाई भारतको विरुद्ध उक्साउन उनको ठूलो भूमिका थियो। होप कुकले स्कुलको पाठ्यपुस्तक परिवर्तन गरेकी थिइन्। युवा अफिसरलाई प्रत्येक हप्ता बोलाएर बैठक गराउँथिन्।

जब उनी चोग्यालकी रानीको भूमिका निर्वाह गर्थिन्, त्यतिबेला उनी सिक्किमको कपडा लगाएर निकै विनम्र भएर प्रस्तुत हुन्थिन्। तर जव उनी रिसाउँथिन्, उनले कुनै पनि कुराको प्रवाह गर्दिन थिइन्।

चोग्यालको आवश्यक भन्दा धेरै मदिरा पिउने बानीले गर्दा उनीहरुबीच धेरै झगडा हुने गरेको थियो। एकपटक चोग्याल रानीसँग यतिधेरै रिसाएकी रानीको रेकर्ड प्लेयर झ्यालबाट बाहिर फ्याँकिदिए।

अन्ततः होप कुकले सिक्किमलाई छोडेर अमेरिका जाने फैसला गरिन्। चोग्यालले मुस्किल समयमा अमेरिका नजान आग्रह पनि गरे। तर रानी होप कुकले राजाको कुरा अस्विकार गरिन्।
दास रानी होप कुकलाई विदाइ गर्न गए। उनको अन्तिम शब्द थियो, ‘मिस्टर दास मेरा श्रीमानको हेरविचार गर्नुहोला, अब मेरो यहाँ कुनै भूमिका छैन।’
‘मलाइ यो भन्दा निकै लाज लागिरहेको छ, कि त्यतिबेलासम्म होपले राजदरबारका कयौं बहुमूल्य कलाकृति र पेन्टिङ चोरी गरेर अमेरिका पुर्याएकी थिइन,’ दासले भने।

दासले भने, ‘चोग्यालले ८ मे मा भएको सम्झौतामा हस्ताक्षर गरेपछि पनि सो सम्झौतालाई भित्रैबाट कहिल्यै स्वीकार गरेनन्। उनले बाहिरका मानिससँग सधैं सहयोग मागे।’

चोग्यालले एकजना महिला वकिललाई ८ मे मा भएको सम्झौतालाई गतल सावित गर्न वकालत गर्नु उनको काम थियो। जव चुनावको घोषणा भयो त्यतिबेला चोग्याल दक्षिण सिक्किमको भ्रमण गर्ने इच्छा व्यक्त गरे। दासले त्यसो नगर्न सल्लाह दिए।

पहिला जव उनी ती क्षेत्रमा जान्थे, जहाँ सडकमा उभिएर सर्वसधारणले उनको भव्य स्वागत गर्थे। तर यो पटक उनको शालिमा जुत्ताको माला लगाइएको देखियो।

चुनावमा चोग्यालको समर्थन रहेको नेशनलिस्टले ३२ मध्ये केवल १ सिटमात्र जित्यो। नयाँ सदस्यले जितेर आए। उनले चोग्यालको नामबाट शपथ लिन अस्विकार गरेका थिए।

दासकालागि यो निकै धर्मसंकटको स्थिति थियो, किनभने उनी नयाँ संसदका सभामुख पनि थिए। यसबीचमा चोग्याल नेपालका राजाको राज्याभिषेकमा राजकीय अतिथिका रुपमा नेपाल गए। जहाँ उनले पाकिस्तानी राजदूत र चीनका उपप्रधानमन्त्री चिन सि लिउसँग भेटवार्ता गरी आफूलाई सहयोग गर्न आग्रह गरे।

बीएस दासले चोग्याललाई एउटा लिखित दस्तावेज दिएका थिए। जसमा लेखिएको थियो, ‘तपाइँ बाहिरी सहयोग लिने चक्करमा नपर्नु होला। तपाइँको राजवंश कामय रहन्छ। तपाइँका छोरा तपाइँका उत्तराधिकारी हुनेछन्। तर तपाइँले स्वीकार गर्नुपर्नेछ, तपाइँ सुरक्षित हुनुहुन्छ र ८ मे मा भएको सम्झौतालाई स्वीकार गर्नुपर्छ।’

इन्दिरा गान्धीसँग अन्तिम भेटमा चोग्यालले इन्दिरा गान्धीलाई आफ्नो पक्षमा पर्ने निकै कोशिस गरे। इन्दिरा गान्धीको सचिव भइसकेका पीएन धर आफ्नो पुस्तक ‘इन्दिरा गान्धी, द इमरजेन्सी एण्ड इण्डियन डेमोक्रेसी’ मा लेख्छन्, ‘जसरी चोग्यालले इन्दिरा गान्धी समक्ष आफ्ना सबै कुरा राखे, म चोग्यालबाट निकै प्रभावित भएँ, उनले भने भारत जसरी सिक्किमको राजनीतिज्ञमाथि दाउ लगाउँदै छ, त्यो विश्वास योग्य छैन।’

इन्दिरा गान्धीले त्यतिबेला भनिन्, ‘तपाइँ जुन राजनीतिज्ञको कुरा गर्दै हुनुहुन्छ, उनीहरु जनताद्वारा चुनिएका प्रतिनिधि हुन्।’ चोग्याल थप कुरा गर्न चाहन्थे तर इन्दिरा गान्धी चुप भइन्।

इन्दिरा गान्धी आफ्नो मौनतालाई नकारात्मक प्रतिक्रियाका रुपमा प्रयोग गर्न खप्पित थिइन्। उनी बसेको ठाउँबाट उठिन्, सदस्यमय ढंगबाट मुस्कुराइन् र दुई हात जोडेर नमस्कार गरिन्। चोग्यालकालागि यो इसारा काफी थियो।

रमाइलो त के थियो भने यी तिनै चाग्याल थिए, जो १९५८ मा नजाहरलाल नेहरुको अतिथि भएर दिल्ली गएका थिए र उनको निवास तीनमूर्ति भवनमा बसेका थिए। चोग्याल एक अनौठो व्यक्तिका धनी थिए।

उनले कहिल्यै पनि छुट्टै सिक्किमको पहिचानका विषयमा कुनै सम्झौता गरेनन्।
जब सिक्किम भारतमा विलयको सुरुवात भयो, चीनले त्यसको तुलना १९६८ मा रुसको चेकोस्लोवाकियामा गरेको आक्रमणसँग तुलना गर्यो।
त्यसपछि इन्दिरा गान्धीले चीनले तिब्बतमा गरेको आक्रमणलाई याद दिलाइन्।

तर सिक्किम विलयको सबैभन्दा ठूलो विरोध नेपालमा भयो। किनभने सिक्किमा ७५ प्रतिशत जनसंख्या नेपालीमुलका थिए। भारतभित्र पनि यसको विरोध भएको थियो। सिक्किम भारतका विलय हुनुमा राजनीतिक कारण भएपनि भारतीय खुफिया एजेन्सी रअको महत्वपूर्ण भूमिका थियो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution