छ महिना भित्र स्वयम्भूनाथ मन्दिर प्लाष्टिकमुक्त क्षेत्र बनाउने

काठमाण्डौ, महानगरपालिका वडा नं – १५ मा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ मन्दिर क्षेत्रलाई अगामि ६ महिना भित्र प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने मुख्य उदेश्यका साथ स्वयम्भूनाथ मन्दिर क्षेत्रको सरसफाई अभियानमा नागर्जुना नगरपालिका–८ रामकोट, डाँडागाउँमा रहेको ढ्रुक अमिताभ माउन्टेन (सेतो गुम्बा)का आनी (भिक्षुणी)हरु आजबाट जुटेका छन् ।
प्लास्टिकजन्य वस्तुहरु र अन्य फोहोर मैलाहरुले स्तुपा क्षेत्र दिन दिनै कुरुप बन्दै गएकाले पर्यावरण संरक्षण गर्न र मन्दिर क्षेत्रलाई स्वच्छ र सफा वातवरणमा राख्नको लागि यो अभियान सञ्चालन गरेको सरसफाई अभियानको संयोजक आनी तेन्जिङले बताउँनु भयो । यसैगरी आनी (भिक्षुणी)हरुको टोलीले हरेक महिनाको दोस्रो र अन्तिम शनिबार स्वयम्भूनाथ स्तुपा क्षेत्रको सरसफाई गरिने र ठाँउठाँउ मा आवश्यकता अनुसार डस्टबिनहरु राख्ने, सन्देश मुलक सुचना पाटीहरु राख्ने जानकारी समेत दिनु भयो ।
साथै स्तुपा क्षेत्रलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई सफल बनाउन सरोकारवाला निकाय र अन्य सर्वसाधरणहरुलाई पनि सहयोग गरि दिनु हुन अनुरोध गर्नु भयो । यस सरसफाई अभियानमा १ सय ५० आनी (भिक्षुणी)हरुको सहभागीता रहेको थियो ।