हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

किन हुन्छ महिनावारी अनियमित ?

-प्रा.डा. गेहनाथ बराल

महिनावारी किशोरी अवस्थामा सुरु हुन्छ । प्रायः ११ देखि १४ वर्षमा महिनावारी सुरु हुन्छ । प्रथम पटक महिनावारी भइसकेपछि महिनावारी अनियमित हुन्छ ।

महिनावारी हुने इन्टरभल (समयावधि) ३ देखि ५ हप्ता हो । औसतमा ४ हप्ता वा महिना–महिनामा हुने हुनाले नै मिन्सुरेन्सलाई महिनावारी भन्ने गरिएको हो । यदि ५ हप्ताभन्दा पनि बढी समयमा मात्रै महिनावारी भयो भने त्यसलाई ढिलो वा अनियमित भनिन्छ । महिनावारी नियमित र अनियमित दुबै हुन्छ ।

इन्टरभल त्यति धेरै फरक परेन भने नियमित भनिन्छ । तर कहिले धेरै छिटो त कहिले धेरै ढिलो अथवा लगातार रक्तश्राव हुनुलाई अनियमित भनिन्छ । महिनावारी सुरुदेखि बन्द नहुने अवधि प्रजनन् अवधि हो । सुरुको महिनावारीलाई रजस्वला (मेनार्की) भनिन्छ भने अन्तिम वा बन्द भएको महिनावारीलाई रजनोवृत्ति (मेनोपज) भनिन्छ ।

किशोरावस्था, वयष्क र ४० वर्ष उमेर नाघेका महिलामा फरक–फरक कारण महिनावारी अनियमित हुन्छ ।

महिनावारी भएपछि घटबढ हुन्छ

महिनावारी भइसकेपछि पनि अनियमित हुन्छ । छिटोढिलो हुनु भनेको मेच्युरिटी नभएर हो । कसै कसैको पहिलो पटक भएर २÷४ वर्ष नै हुँदैन, त्यसपछि फेरि हुन्छ । त्यो सामान्य हो, त्यसले केही असर गर्दैन । तर धेरै वर्षसम्म नै भएन भने पछि बच्चा नहुने हुन्छ, त्यसैले चिकित्सकलाई देखाउन जरुरी छ ।

महिनावारी घटबढ हुँदा औषधि खानुहुँदैन । औषधिले झन् समस्या ल्याउँछ, असर गर्छ । औषधि दिनेलाई सबै कुरा थाहा हुँदैन । औषधि (हर्मन) दिने हो कति मात्रा, कति समय खाने भन्ने थाहा नहुँदा वा तरिका नजानेर पनि महिनावारी घटबढ हुन्छ । विभिन्न महिलाहरुले श्रीमान विदेश गएपछि परिवार नियोजनको साधन चक्की औषधि सेवन गर्न छोड्छन्, त्यसले समस्या ल्याउँछ । त्यो छोड्नु हुँदैन, कण्डम प्रयोग गरे जसरी औषधि पनि यौन सम्बन्ध राख्दा मात्रै खानुहुँदैन । चिकित्सकले दिएको सुझावअनुसार खानुपर्छ । तर कतिले सुझावअनुसार गर्दैनन्, त्यसले पछि समस्या ल्याएर फेरि चिकित्सककहाँ जानुपर्ने बाध्यता हुन्छ ।

किशोरावस्थामा अनियमित हुने कारण

मेच्युरिटी नपुगेर पनि नहुने हुन्छ । ब्रेनदेखि ओभरीसम्मको कन्ट्रोल गर्ने मेकानिजम मेच्योर नहुञ्जेल महिनावारी नियमित हुँदैन । त्यसैले पहिलो पटक भएपछिको १÷२ वर्ष अनियमित हुने वा महिनावारी नै नहुने पनि हुन्छ । यो मेच्युरिटी नपुगेर हो ।

वयष्क उमेरमा अनियमित हुने कारण

गर्भसँग सम्बन्धित समस्याहरु जस्तै– गर्भपतन, सुत्केरी हुने र शालबाट उत्पन्न हुने ट्युमरहरुका कारण हुन्छ । परिवार नियोजनका साधनहरुको अनियमित प्रयोग तथा तिनिहरुको साइड इफेक्टले पनि अनियमित हुन्छ ।

प्रजनन् तथा यौन अंगको संक्रमण वा प्रजनन् अंगमा हुने ट्युमर पलाउने जस्ता अवस्थाहरु र कतिपयको अनियमित गराउने कारणमा राम्रोसँग हर्मोनल औषधि राम्रोसँग सेवन नगरेको कारणले गर्दा पनि अनियमित हुन्छ ।

४० वर्ष उमेर नाघेका महिलामा

गर्भसँग सम्बन्धित कारणले

हर्मन असन्तुलन हुनाले

क्यान्सर वा ट्युमर पलाउने अवस्थाका कारण

महिनावारी बन्द भइसकेपछि पनि अनियमित रगत जाने हुन्छ । त्यो महिनावारी होइन, त्यसलाई महिनावारी भन्दैनन् । योनीमार्गको सतहहरु पातलो भई सानो रक्तकोषिका फुटेर रगत जाने हुन्छ । मेडिकल भाषामा यसलाई भजाइनल एट्रोफि भनिन्छ । अर्को पाठेघरको भित्रको सतह पनि पातलो भई रगत जाने हुन्छ, यसलाई एट्रोफिक इन्डोमेट्राइटिस भनिन्छ । यसले पनि रक्तश्राव हुन्छ । पाठेघर वा पाठेघरको मुखको क्यान्सर वा प्रि क्यान्सर हुँदा पनि रगत जान सक्छ ।

जटिलताहरु

रक्तअल्पता वा एनिमिया हुने

व्यक्तिगत तथा सामाजिक अस्वस्थता

यौन जीवनमा समस्या

बाँझोपनको समस्या

यौनाङ्ग क्यान्सरको समस्या

यदि शल्यक्रिया गर्नुपर्ने अवस्था आयो भने त्यसपछिका समस्या झन् थपिँदै जटिलताहरु आउँछन् । समयमा नै उपचार नभए मृत्यु समेत हुन सक्छ ।

बच्ने उपाय

अनियमितता भएपछि सम्बन्धित विशेषज्ञसँग नै परिक्षण गराउने

समयमा नै र उचित रुपमा औषधि सेवन गर्ने

क्यान्सर स्क्रिनिङ टेस्ट गर्ने

प्रिक्यान्सर स्टेजमा नै रोग पत्ता लाग्दै उपचार गर्न सके क्यान्सर हुनबाट बचाउन सकिन्छ ।

 

खानेकुरा

रक्तअल्पतालाई कम गर्न नियमित रुपमा आइरन, फोलिक एसिडलगायतका भिटामिन तथा लवणहरु चिकित्सकको सल्लाह बमोजिम सेवन गर्नुपर्छ । भिटामिन तथा पोषणयुक्त खानेकुरा खानुपर्छ ।

(परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका डा. बरालसँग बाह्रखरीकर्मी यसिमा महतले गरेको कुराकानीमा आधारित)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution